‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार नयाँ कृषि प्रविधि र समसामयिक विषयमा शुक्रबार किसानहरूको भेला सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा नगरपालिकाले चालेको कदमबारे प्रस्ट पार्दै क्यान्सर अस्पतालको पूर्वसञ्चालक समितिले निजी संस्थाको रूपमा चलाई मनोमानी ढङ्गले नाफा कमाइरहेको तथ्य प्रस्तुत गर्नुभयो ।
उहाँले भ्रष्टाचारविरोधी जिल्लाभित्र क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र अनियमिततालाई रोक्न भनपाले क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन गरी त्यहाँको कार्य नियमित र सहज ढङ्गले सुचारु गरिरहेको बताउनुभयो ।
उहाँले डेङ्गु रोग सामान्य रोग भए पनि महामारीको रुपमा पैmलिरहेको हुँदा भक्तपुर नगरपालिकाले नगरभित्रका वडा र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले समय र परिस्थितिअनुसार कृषि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिहरूको प्रयोग गरेर किसानहरू अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका उपाध्यक्ष तथा भक्तपुर नपा वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले सरकारले कृषि उत्पादन वृद्धि गर्न भूगोल र मौसम सुहाउँदो बीउ–बिजनको बन्दोबस्त गर्नुपर्ने र कृषिविज्ञहरूलाई आफ्नो देशै बसेर काम गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजनीतिप्रति जनताको वितृष्णा देशको लागि हितकर नभएको बताउँदै शासन सत्तामा पुग्ने राजनीतिक नेताहरूमा इमानदारिता र जनताको सेवा गर्ने भावना हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखा कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवाल, कृषि प्राविधिक तालिमका प्रशिक्षक रमेश वैद्य, प्रशिक्षार्थीको तर्फबाट लक्ष्मीभक्त दुवाललगायतले बोल्नुभएको थियो ।
Leave a Reply