एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियललाई भनपामा स्वागत
- कार्तिक १०, २०८३
भक्तपुर, २१ भदौ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको साधारणसभा तथा अधिवेशन नेपाल मजदुर किसान पार्टीका प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईंले शनिबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सांसद सुरेन्द्रराज गासाईले अहिलेसम्म शासन सत्तामा गएका सरकारहरूले खेलकुदलाई प्राथमिकता नदिँदा खेलकुदको विकास नभएको बताउँदै आफ्नो मान्छे, नातावाद, क्रिपावादका कारण सक्षम खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा लज्जास्पद हार व्यहोर्नु परेको बताउनुभयो ।
उहाँले केन्द्रीय सङ्घ र राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भ्रष्टाचार गरेकै कारण विकृति र विसङ्गति भित्रिएको बताउनुभयो ।
उहाँले समाजवादी देश र कम्युनिस्टहरूले खेलकुदलाई मौलिक हकको रूपमा लागू गर्ने वा अनिवार्य सैनिक तालिम लागू गर्ने गर्छ तर नेपालको अहिलेको कम्युनिस्ट सरकारले खेलकुदलाई प्राथमिकतामा नरोखेको बताउनुभयो । उहाँले समाजवादी देश क्युवा, प्रजग कोरिया र चीनमा खेलकुदमा अगाडि रहेको उदाहरण दिँदै संसद्मा खेलकुदमा भइरहेको विसङ्गति र विकृति र भ्रष्ट्राचारविरुद्ध आवाज उठाउने बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसीले बक्सिङ सङ्घको केन्द्रीय समितिमा अध्यक्षले मनपरी गरी विकृति फैलाएको बताउनुभयो । उहाँले बक्सिङ खेलको विकास गर्न चाहने पदाधिकारीहरूलाई बञ्चित गर्ने नेपाल बक्सिङ सङ्घका अध्यक्षले चालेको कदम गलत भएको बताउनुभयो ।
कार्यक्रममा नगर खेलकुद समितिका पूर्वसंयोजक एवम् वडा नं ७ का वडाध्यक्ष उकेश कवांले प्रजातन्त्र हुँदै गणतन्त्र आए पनि खेलकुद जगतमा परिवर्तन नआएको गुनासो गर्दै राजनीतिक बेइमानीका कारण खेलकुद पछाडि परेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य एवम् अधिवेशनका प्रतिनिधि प्रनिर अधिकारीले नेपाल बक्सिङ सङ्घ विधि विधानसम्मत नचलेको र भक्तपुरमा यही सङ्घ आधिकारिक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ सङ्घका निवर्तमान अध्यक्ष राजिव श्रेष्ठले अहिलेको नेपाल बक्सिङ सङ्घले नोभिस प्रतियोगिता एउटामात्र आयोजना गरेको त्यो पनि आजका विशिष्ट अतिथि वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडाध्यक्ष श्यामकृष्ण खत्री, भलिबलका पूर्वराष्ट्रिय खेलाडी विनोदचरण राय, भक्तपुर बक्सिङ सङ्घका अध्यक्ष केशव त्वानाबासु, सचिव रामकृष्ण प्रजापति, लक्ष्मीप्रसाद दुवाललगायतले बोल्नुभएको थियो ।
अधिवेशनको बन्द सत्रले रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन ग¥यो । उपाध्यक्षमा राजन कुम्पाख, सचिवमा साजन लघु, कोषाध्यक्षमा लक्ष्मीप्रसाद दुवाल, सदस्यहरूमा कृष्णसुन्दर प्रजापति, गौतम सुजखु, गणेश सांगामी, राजाराम साखकर्मी, केदार तुईतुई, राधेश्याम दुवाल र दिनेश बासुकला हुनुहुन्छ ।
Leave a Reply