भर्खरै :

दैलेखमा भक्तपुर काण्डको भत्र्सना सभा

दैलेख । नेपाल मजदुर किसान पार्टी नगर समिति चामुण्डा बिन्द्रासैनीको आयोजनामा राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोधमा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति सदस्य एवम् पार्टी जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यका साथ षड्यन्त्रमा लागेको पञ्चायत आफँैं समाप्त भएको बताउनुभयो ।
हरेक पार्टी कार्यकर्ताले विरोधीको जालझेलबाट सजग रहनुपर्ने बताउनुहुँदै देश र जनताको सेवामा लाग्नु नै पार्टी कार्यकर्ताको कर्तव्य भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला सदस्य नीरकबहादुर शाही, गम्भीरसिंह विक, इन्द्रप्रसाद चौलागाइँ, धनकुमारी शाही , नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला अध्यक्ष पुरे कामी, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला कोषाध्यक्ष दिपक शाही, विष्णु रेग्मी, मनबहादुर विक, शिवराज जैसीलगायतले बोल्नुभएको थियो ।
यसैबीच डुङ्गेश्वरमा पनि भक्तपुर काण्डको भत्र्सनामा जनसभा भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले देश र जनताको इमान्दारीपूर्वक सेवा गरेको कुरा प्रतिक्रियावादी वर्गलाई अपाच्य नभएकोले नै नेमकिपाविरुद्ध पञ्चायतदेखि आजसम्मका शासक वर्गले षड्यन्त्र गरेको बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका हस्त गुरुङ, उदयजङ्ग शाही, नेक्राविसङ्घका प्रेम गुरुङ, हिरामणि न्यौपाने, डिल्ली न्यौपाने, बिन्दुलाल रेग्मी, जगत वलीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *