भर्खरै :

सिरियामा अमेरिकी आक्रमणको नेमकिपाद्वारा विरोध

काठमाडौं, २८ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संरा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले स्वतन्त्र र सार्वभौम देश सिरियामाथि टोमहक मिसाइल आक्रमण गरेकोमा पार्टीको तर्फबाट विरोध एवं भत्र्सना गर्नुभयो ।
संसदको विशेष समयमा बोल्दै सोमबार सांसद सुवालले सन् २०११ देखि संरा अमेरिकाले सिरियाका राष्ट्रपति बसार अल असादलाई सत्ताबाट हटाउन कथित विद्रोहीहरूलाई उक्साइरहेको र सन् २०१४ देखि अमेरिकी नेतृत्वको युद्ध विमानले बेलाबेलामा सिरियामा आक्रमण गरी जनताको हत्या गरेको उल्लेख गर्नुभयो ।
एकसाता यता अमेरिकाले सिरियामा पुनः हवाई आक्रमण गरी जनताको जनधनको क्षति पु¥याएकोमा निन्दा गर्दै सांसद सुवालले सिरियामा अमेरिकी नरसंहारको नेपाली जनता र सरकारले विरोध गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद सुवालले अमेरिकाले अफगानिस्तान, इराक र लिवियामा आक्रमण गरी आफ्नो कठपुतली सरकारमार्फत तेल कब्जा गरेको उल्लेख गर्दै बलियो देशले कमजोर देशमाथि हमला गर्दा नेपालले विरोध नगरे आगामी दिनमा नेपालमाथि यसरी नै आक्रमण भए कसैले मद्दत नगर्ने बताउनुभयो ।
अमेरिकी युद्धपोत सिंगापुरबाट कोरियाली प्रायःद्वीपतर्फ तैनाथ गरिएकोमा विरोध एवं निन्दा गर्दै सांसद सुवालले अमेरिकाको यो गतिविधिले एसिया तनावपूर्ण हुने हुँदा यस्तो गतिविधि अविलम्ब रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रजग कोरियाले सार्वभौमिकता रक्षा र ऊर्जाको लागि आणविक परीक्षण गरेको हुँदा नेपाल सरकार र नेपाली जनताले समर्थन गर्नुपर्ने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीले प्रजग कोरियालाई समर्थन गरेको बताउनुभयो ।
सांसद सुवालले भेनेजुयलाको अदालतले राष्ट्रपतिको पक्षमा फैसला गरेपछि अमेरिकाको ट्रम्प सरकारले राष्ट्रपतिविरूद्ध भेनेजुयलामा उपद्रव मच्चाएको उल्लेख गर्दै सिरिया आक्रमणविरूद्ध ट्रम्पको व्यवसायिक कार्यालय अगाडि अमेरिकी जनताले विरोध जनाएको चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *