भर्खरै :

‘बुद्धको अमृतमय वचन सार’ सार्वजनिक

काठमाडौँ, २८ चैत । बौद्धनाथ क्षेत्र विकास समितिले ‘बुद्धको अमृतमय वचन सार’ नामक पुस्तक प्रकाशन गरेको छ ।
कृतिमा बौद्ध धर्ममा आस्था राख्नेका लागि चैत्य घुम्ने विधि, शुद्ध तथा पवित्र भई बौद्ध सूत्रको पाठ गर्ने तरिका आदि समावेश गरिएको छ । बौद्धकालमा हिमाली भोट भाषामा रचना गरिएका कृतिमा रहेका उपदेश बौद्ध विद्धान् टीका शेर्पाले नेपालीमा अनुवाद गर्नुभएको हो ।
यहाँ आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालबाट प्रादुर्भाव भएको बौद्ध दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बौद्ध साहित्य तथा दर्शनका कृतिलाई प्रकाशन गर्ने संस्थाको नीतिअनुसार सोे पुस्तक प्रकाशन गरिएको जानकारी गराउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *