शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २६ भदौ । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुर शाखाको नाममा बिहीबार पत्राचार गरी संस्थाको ध्यानाकर्षण गरेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र विकृति रोक्न भक्तपुर नगरपालिकाले गठन गरेको अस्पताल व्यवस्थापन समितिमा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष पनि सदस्य रहेको र पुरानो व्यवस्थापन समितिको सदस्य रहेकोले द्वैधचरित्र देखिएको हुँदा सो समितिले संस्थाको ध्यानाकर्षण गरेको हो ।
भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाको हस्ताक्षरमा पत्राचार भएको पत्रमा उल्लेख गरिएको छ – विगत एक महिनादेखि भक्तपुर नगरपालिका, नेपाल अर्बुद रोग निवारण संस्था र भक्तपुर क्यान्सर अस्पतालबीच भएको असहज अवस्थाबारे तपाईँलाई जानकारी नै छ । मिति २०७६ साउन ३० गते भक्तपुर नगरपालिकाको प्रमुखज्यूको अध्यक्षतामा बनेको भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिमा तपाईँ सदस्य रहनुभएको र पुरानो व्यवस्थापन समितिमा पनि तपाईँ सदस्य यथावत रहेकोले तपाईँको द्वैधचरित्र देखिन आएको हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रमा अगाडि उल्लेख गरिएको छ – एकातिर आर्थिक घोटाला भयो भनेर भक्तपुर शाखाले विज्ञप्ति जारी गरी सात सदस्यीय छानबिन समिति गठन गर्ने अर्कोतिर यस अस्पतालका सम्पूर्ण कर्मचारीहरू भ्रष्टाचारीविरुद्ध लागिरहेको वर्तमान अवस्थामा तपार्इँले आरोपित भ्रष्टाचारी पदाधिकारीलाई साथ र समर्थन गरेको देखिन आएकोले यसमा हामी सम्पूर्ण कर्मचारीहरूको तर्फबाट घोर भत्र्सना गरेको जानकारी गराउन चाहन्छौँ । अन्यथा यसप्रकारको प्रवृत्तिबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी संस्था नै हुनेछ ।
Leave a Reply