अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २८ भदौ । श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २१ औंँ वार्षिक साधारणसभा शनिबार सम्पन्न यहाँ सम्पन्न भयो ।
संस्थाका संस्थापक सदस्यहरू र भेगीय सदस्य प्रतिनिधिहरूले २१ औँ वर्षको प्रतीक २१ वटा पानसमा दीप प्रज्ज्वलन गरी साधारणसभाको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले सहकारी संस्था सामूहिक छलफलका आधारमा सामूहिक हितको भावनाले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी आन्दोलन र आर्थिक अधिकार जनताको राजनीतिक अधिकारको प्राप्तिसँगै अगाडि बढेको बताउँदै उहाँले सहकारी संस्था सहकारी आन्दोलनको मर्म र सिदान्त अनुरुप नै चल्नुपर्ने बताउनुभयो ।
कम्युनिस्ट भनिएको वर्तमान ओली सरकारले किसानलाई आवश्यक रसायनिक मलमा पहिले दिँदै आएको अनुदान कटौती गरेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारेको बताउँदै किसान नेता दुवालले श्रमजीवी जनताले वर्गसङ्घर्षको विचार त्याग्न नहुनेमा जोड दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरका विभिन्न स्थानमा डेँगु रोग फैलिरहेकोबारे चर्चा गर्दै डेँगु रोकथामकका लागि नगरपालिकामात्र लागेर नपुग्ने सबै नगरवासी नै सक्रिय हुनुपर्ने औँल्याउनुभयो ।
सहकारी संस्थासित धेरै व्यक्ति र परिवारको आशा र भरोसा जोडिएको बताउँदै उहाँले सहकारी संस्था बिग्रेमा धेरैको भावनामा चोट पुग्ने र आर्थिक अवस्था डावाडोल हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का प्रतिनिधि चण्डिका छुकांले समुदायमा आधारित सहकारीमा सदस्यहरू चनाखो र सक्रिय भएमा मात्र संस्थाको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष गणेशलाल फोँजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू मदन खाताखोले सहकारी ऐन सहकारीमैत्री बन्न नसकेको बताउनुभयो । संस्थाका उपाध्यक्ष बिकुलाल सुवालले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका सचिव पुण्यराम दुवालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद लागेले आयव्ययको यथार्थ स्थिति तथा अनुमान, लेखा सुपरीवेक्षण समितिका सदस्य कञ्चन ज्याख्वले लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा असल बचतकर्ता, असल बालबचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो भने सहकारी भावनामा आधारित गीतहरूमा नृत्यसमेत प्रस्तुत गरिएका थिए ।
Leave a Reply