नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संसारका जुनसुकै कुनामा आइपर्ने मानवीय तथा प्राकृतिक विपत्तिका समयमा मानवीय सेवाभावका साथ पुगेका हुन्छन्–क्युवाली डाक्टरहरु । २०७२ सालमा नेपालमा गएको भूकम्पको बखत क्युवाली चिकित्सकहरुले नेपाली जनताको सेवा गरेर लगाएको गुण नेपाली जनताले कसरी भुल्न सक्छन् र ? हाइटीमा हैजा फैलिंदा होस् वा लाइबेरियामा इबोला भाइरसको महामारी फैलिंदा होस्, क्युवाली डाक्टरहरुले गरेको सेवा संसारका सामू घाम जतिकै छर्लङ्ग छ । क्युवाली चिकित्सकहरुको यस्तो सेवाभावले संसारलाई स्वास्थ्य सेवा मात्र दिएको छैन, बरु समाजवाद र पूँजीवादबीचको अन्तरबारे केही नबोलेरै प्रष्ट बनाइरहेका छन् ।
मार्चमा पेरुमा विनाशकारी बाढी पहिरोले धेरै मानवीय तथा भौतिक क्षति ग¥यो । मानिसको सेवाको लागि एसियाका विकट गाउँ गाउँसम्म हिंडेका क्युवाली डाक्टरहरु आफ्नै छिमेकमा संकट पर्दा सेवाका लागि अघि नसर्ने कुरै भएन । संरा अमेरिकाले सिरिया र इराकमा हतियार बोकर पुगे जस्तै होइन, क्युवाली डाक्टरहरु औषधि बोकेर पेरुमा पनि पुगे । अप्रिलको पहिलो साता पेरुमा पाइला टेकेको क्युवाली टोलीले हालसम्म ३ हजार ६ जना मानिसको उपचार गरेका छन् ।
‘थोरै थोरै गर्दै हामी रोग विरुद्ध लडिरहेका छौं । हामी अधिकतम इच्छाशक्तिका साथ रोगलाई पराजीत गर्न लागिपरेका छौं ।’ क्युवाली टोलीका सदस्य डा.इमानुएल भिजिलले भने ।
यसरी क्युवाली स्वंयसेवीहरुबाट सेवा पाउने पेरुभेलीहरु अधिकांश महिला र बालबालिका छन् । अधिकांश उनीहरु श्वासप्रश्वास तथा ग्यास्ट्रिक संक्रमणका बिरामी भएको त्यहाँ पुगेको चिकित्सकहरुले जानकारी दिएका छन् । बाढी पहिरोका कारण लामखुट्टेले रोग संक्रमण गरेको अवस्थामा चिकित्सकहरुले कसरी जमेको पानी र बस्ने ठाउँमा सुधार ल्याउने विषयमा काम गरिरहेको छन् ।
‘थोरै थोरै गर्दै हामी रोग विरुद्ध लडिरहेका छौं । हामी अधिकतम इच्छाशक्तिका साथ रोगलाई पराजीत गर्न लागिपरेका छौं ।’ क्युवाली टोलीका सदस्य डा.इमानुएल भिजिलले भने ।
पेरुमा आएको बाढी र पहिरोका कारण हालसम्म ९८ जनाले ज्यान गुमाइसके, २० जना बेपत्ता छन् र १ लाख २० हजार ८ सय ९० जना प्रभावित भएका छन् । बाढीले १ हजार ६ सय ३१ माइल सडक बगाएको छ भने २ सय ४२ वटा पुल बगाएको छ । २ लाख त घरहरु मात्र बगाएको छ । पेरुको कारापोंगो क्षेत्रको ह्वायकोलोरो नदी वरपर बनाइएका कमजोर संरचनाका घरहरु अधिकांश बाढीले बगाएको हो ।
पेरुका सबभन्दा बढी जनसंख्या भएका दश वटा शहरहरु पानीमा डुबेका थिए ।
क्युवाको हेनरी रिभ प्रकोप तथा गम्भीर महामारी विशेषज्ञ चिकित्सक अन्तर्राष्ट्रिय टोलीको एउटा समूह चिकित्सकहरु पाँच फरक फरक मौसममा बसेर जनताको सेवा गरिरहेका छन् ।
पेरुको तथ्याङ्क विभागका अनुसार बाढीले कृषि तथा पशुपालन क्षेत्रलाई ठूलो क्षति पु¥याएको छ । ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ ।
क्युवाबाट त्यहाँ पुगेको टोली अरु देशहरुमा पनि यसअघि गएर प्रकोप पीडित जनताको सेवा गरेका छन् । हालसम्म ७ हजार २ सय ५४ जना चिकित्सक स्वंयसेवकहरुले १९ वटा देशहरुमा गएर सेवा गरिसकेको ग्रान्मा अखबारले जनाएको छ । हेनरी रिभ चिकित्सक टोली यसअघि विश्व स्वास्थ्य संगठनबाट विभिन्न देशमा गरेको सेवाको कदर स्वरुप पुरस्कार पनि जितेको थियो ।
Leave a Reply