भर्खरै :

आइलाग्नेमाथि जाइलाग्न तयार छौं–प्रजग कोरिया

कोरियाली प्रायःद्विपमा संरा अमेरिकी जहाज पठाएकोमा प्रजग कोरियाले कडा प्रतिक्रिया दिएको छ । सोमबार ढिला राति प्रजग कोरियाली विदेशमन्त्रालयका प्रवक्तालाई उद्र्धत गर्दै आणविक हतियारसहितको युद्धपोत पठाएर पेन्टागनले प्रजग कोरिया कब्जा गर्ने गम्भीर मोडमा पुगेका संकेत गरेको अभिव्यक्ति सार्वजनिक गरेको हो । कार्ल भिनसन नामको आणविक हतियारबाहक युद्धपोतको कोरियाली प्रायःद्विपको समुद्रमा परिचालनप्रति प्रतिक्रिया दिंदै प्रवक्ताले भने,‘यदि संरा अमेरिकाले कुनै सैनिक हमला गर्न खोजे, उसले चाहेजस्तै युद्ध लड्न प्रजग कोरिया तयार छ ।’
आजको अवस्थाले आत्मरक्षाको लागि आणविक हतियार र अरु सैनिक बन्दोबस्तको सामग्री बनाउने प्रजग कोरियाको निर्णय सही भएको प्रमाणित गरेको प्रजग कोरियाले दाबी गरेको छ । उनले संरा अमेरिकी ट्रम्प सरकार मूर्ख भएको बताएको छ ।
‘हामी कहिल्यै शान्तिको भिख माग्दैनौं । तर हामी आफ्नो रक्षाको लागि आइलाग्ने माथि जाइलाग्न तयार छौं । त्यस्तो प्रतिरक्षा बलियो सशस्त्र हतियार मार्फत पनि गर्न तयार छौं । हामीलाई आफूले चुनेको बाटोमा अघि बढ्न कसैले रोक्न सक्ने छैन ।’, प्रवक्ताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *