अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २९ भदौ । वागीश्वरी मा.वि. च्याह्मासिंहमा तीसौँ राष्ट्रिय बाल दिवस मनाइएको छ । यस उपलक्ष्यमा विभिन्न झाँकीसहित बाल ¥यालीले नगर परिक्रमा गरेको थियो । ¥याली विद्यालय प्राङ्गण च्याह्मासिंहबाट सूर्यमढी, दत्तात्रय, इनाचो, सुकुलढोका, लालाछेँ, महालक्ष्मीस्थान, थालाछेँ, साकोलाँ, क्वाठण्डौ, लामगाल हुँदै पुनः विद्यालय प्राङ्गणमा टुङ्गिएको थियो ।
¥यालीपछि आयोजित औपचारिक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले बाल अधिकारको सम्मान गर्नुको अर्थ उनीहरूको लेखपढमात्र नभई खानपान र खेलकुदमा पनि आवश्यक ध्यान दिनु हो भन्नुभयो ।
डेँगु रोगको चर्चा गर्दै उहाँले वरपर पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्ने उपाय गर्न सुझावका साथ डेँगुको शङ्का लागेमा स्वास्थ्य संस्थामा तुरून्त सम्पर्क गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छाले सभापतिको आसनबाट शुभकामना दिँदै केटाकेटीलाई जङ्कफूड (पत्रु खाना) बाट जोगाउन अभिभावकहरूलाई आग्रह गर्नुभयो ।
सहायक प्रअ ज्ञानसागर प्रजापतिले ज्यान बढाउन सन्तुलित पौष्टिक आधार खाएजस्तै ज्ञान बढाउन व्यवस्थित ढङ्गले पुस्तक पढ्नुपर्छ भन्नुभयो ।
प्रा.वि. इन्चार्ज कृष्णमान मलेपति, शिक्षिका मीना प्रजापति, विद्यार्थी प्रतिनिधि सम्वृद्धि लामिछानेले पनि बाल दिवसको उपादेयताबारे प्रकाश पार्नुभएको थियो ।
विद्यार्थी दिया लाखाद्वारा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटित उक्त कार्यक्रममा कक्षा १ का विद्यार्थीहरूले बेलुन उडाएका थिए ।
कार्यक्रमपछि प्ले ग्रुपदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट अभिभावक र विभिन्न खेलकुदका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो ।
शिद्धि शारदामा पनि बाल दिवसको अवसरमा कार्यक्रम
अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय बाल दिवसको अवसरमा शिद्धि शारदा आधारभूत विद्यालयमा पुरस्कार वितरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
विद्यालयको ४९ औ जन्म स्थापना दिवसको अवसर पारेर गरिएको उक्त पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिका नगर शिक्षा अधिकारी वैकुण्ड झाको आतिथ्यमा भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र सिजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र ज्याख्व, मैयाँलक्ष्मी मानन्धर, मैयाँ श्रेष्ठ, विद्यालयका प्रअ धनेशराज राजोपाध्याय र सर्जिना ताम्राकारले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा विद्यार्थीहरूबाट सांस्कृतिक प्रस्तुति भएको थियो ।
Leave a Reply