अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
दार्चुला, २९ भदौ । अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यतिबेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए । अहिले उहाँको बारीमा झन्डै चार–पाँच सय बोट स्याउ छन् ।
सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ । नजीकको बजार खण्डेश्वरी हो । अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झन्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ ।
अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन । अस्थायीरूपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ । गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु. ४० भाडा पर्छ ।
सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन । अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ । यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत समेत स्याउ खेती गरिएको छ । अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको छ ।
स्याउ सुपर जोन कार्यक्रम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका धामीलाई यो वर्ष उत्पादन भएको स्याउ बिक्री गर्न धौधौ छ । स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालिम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन् ।
अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो रु. १५० मा बिक्री हुन्छ । सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन ।
मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५०० ओटा स्याउका बोट छन् । दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ । वि. सं २०६७ देखि स्याउ खेती सुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउन नै मुस्किल भएको छ । उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उहाँ निराश हुनुहुन्छ ।
स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
व्यासको छारुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ ।
चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कुल रु. एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ ।
Leave a Reply