नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
आफ्ना ऋण माफीको माग गर्दै तामिलनाडुका किसानहरुले नयाँ दिल्लीस्थित संसदभवन अघि नाँगो प्रदर्शन गरेका छन् । उनीहरु आफ्नो मागमाथि सुनुवाई गर्न झण्डै एक महिनाअघि नयाँ दिल्ली आएका थिए । उनीहरु सबै नयाँ दिल्लीको जन्तरमन्तरमा बसेर आफ्नो माग सरकारसमक्ष पु¥याउन हरेक उपाय गरे । तर उनीहरु कुनै पनि उपायमा सफल हुनसकेनन् । उनीहरुले मार्च १४ का दिन भारतको राजधानीमा विरोध प्रदर्शन गर्दा पनि कसैले केही नसुनेपश्चात बाध्य भएर नाँगो प्रदर्शनमा उत्रेका हुन् । २५३ को संख्यामा आएका किसानहरुले हातमा ऋण तिर्न नसकेर आत्महत्या गरेका आफन्तहरुको तस्वीर र भीख माग्ने कटौरा बोकेका थिए । नग्न प्रदर्शनमा सहभागी सबै महिला पुरुष किसानहरुले नाँगो भएर प्रदर्शन गरेका थिए । तर उनीहरु एकै पटक यसप्रकारको नाँगो प्रदर्शनमा उत्रेका होइनन् । यसअघि उनीहरुले आधा टाउको ढाकेर, आधा जुँगा खौरेर, कम्मरमा पेटी बाँधेर आधा नाँगो प्रदर्शन गरिसकेका छन् ।
संसद भवनअघि भएको यो प्रदर्शनका कारण भारतको मोदी सरकारको किसानविरोधी रवैया संसारसमक्ष छताछुल्ल भएको छ । भारत संसारकै सबभन्दा बढी किसानले आत्महत्या गर्ने देश हो ।
Leave a Reply