अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशनको प्रचारको क्रममा मङ्गलबार भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जापानिज र चिनियाँ भाषाका प्रशिक्षार्थीहरूबीच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले मातृभाषामा पोख्त भएमा अरू भाषा सिक्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको विश्वमा भाषालाई ‘सफ्ट पावर’ को रूपमा लिइन्छ । भाषिक ज्ञान भएन भने केही नहुने बराबर हुन्छ । विविध भाषाको जानकारीको लागि नियमित अध्ययन र अन्तरक्रिया चालू राख्नुपर्छ ।”
सबै विषयको सम्बन्ध राजनीतिसँग जोडिने भएकोले राजनीतिक परिचयविनाको ज्ञान अपुरो हुने चर्चा गर्दै सांसद गोसाईले भन्नुभयो, “राजनीतिक पद्धति र संस्कारको अभावमा जीवन अपूर्ण हुन्छ ।”
नेमकिपाको सातौँ महाधिवेशनको क्रममा असोज ३ गते हुने उद्घाटन ¥यालीमा सहभागी हुन उहाँले सबैमा आग्रह गर्नुभयो ।
सांसद गोसाईंले भन्नुभयो, “समाजलाई शिक्षित र जनताको जीवनस्तर उकास्न नेमकिपा सङ्घर्षरत छ । देश र जनताको निःस्वार्थ सेवा गर्नु नै नेमकिपाको उद्देश्य हो । नेमकिपाले गरेको काम बेजोड छ । नेमकिपाले जस्तै अरू पार्टीले काम गरेको भए देश र जनताको यस्तो स्थिति हुने थिएन र विदेशीको अगाडि झुक्नुपर्ने थिएन ।”
कार्यक्रममा भनपा वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा र नगर कार्यपालिका सदस्य रोशनमैया सुवालले महाधिवेशन सफलताको लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply