तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ३ असोज । नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारी खुलास्थानमा आयोजित भव्य समारोहबीच पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उद्घाटन गर्नुभयो । काठमाडौँको कोटेश्वर र भक्तपुरको च्याह्मासिंहबाट आएको विशाल जुलुस सल्लाघारीको खुलास्थानमा पुगेर महाधिवेशनको उद्घाटन समारोहमा परिणत भएको थियो ।
विभिन्न सांस्कृतिक बाजागाजासहित मौलिक भेषभूषामा सहभागी दसौँ हजार जनता महाधिवेशनमा सहभागी बनेका थिए । सहभागीहरूले फहराएका राता झन्डाले अरनिको राजमार्ग रातै देखिएको थियो ।
महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विदेशमुखी अर्थतन्त्रकै कारण देशको सबै क्षेत्रले दुर्दान्त परिस्थिति सामना गरिरहेको बताउनुभयो । उहाँले शिक्षामा देखिएको स्तरहीनता र असमानता, स्वास्थ्य सेवामा देखिएको अराजकता, अकर्मण्यता र जिम्मेवारीहीनता, डाक्टरी पढ्न लाखौँ लगानी आदि सबै विश्व व्यापार सङ्गठन (डब्लूटीओ) को सदस्य भएपछि हुने परिणामबारे नसोच्दा देखिएको स्थिति भएको बताउनुभयो ।
उहाँले विदेशी बैङ्कहरूको छेलोखेलोले नेपालको अर्थतन्त्र विदेशीको हातमा पुग्नु नियोजित पाइला भएको र प्रशासन, प्रहरी, गुप्तचर विभाग र सेनामा समेत विदेशी छाया परेको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “विदेशीले फैलाएको चाणक्य नीतिमा नेपाल फस्दै छ र यसमा नेपाली काङ्ग्रेस, एमाले र एमाओवादीका प्रधानमन्त्रीहरू तथा मधेसवादी, राप्रपा र अन्य जाति र धर्मका राजनैतिक दलका नेता र मन्त्रीहरू सबै जिम्मेवार छन् ।”
आफ्नै देशमा जनतालाई दुःख हुने, नाकाबन्दीको समर्थन गर्ने र चर्काउने विभीषणहरू देशभक्त हुन् वा देशद्रोही हुन् भनी प्रश्न गर्दै उहाँले भन्नुभयो, “देशको यस परिस्थितिमा आउनुमा नेपाली जनताको अहितमा र विदेशीको हितमा हस्ताक्षर गर्ने सबै प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार छन् ।”
प्रधानमन्त्री को हुन् वा को भयो भने मूल विषय नभएकोमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले प्रमुख विषय कसले देशको हितमा काम ग¥यो र कसले विदेशीको लागि काम ग¥यो भन्ने महत्वको विषय भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “७० लाख युवाहरू विदेश पठाउने नीति ल्याउने, लाखौँ–लाख विदेशी ज्वाइँ र भान्जा–भान्जी परिवारलाई नागरिकता दिन लगाउने नीतिमा हस्ताक्षर गर्ने राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू, विदेशको हातमाथि हुने गरी टनकपुर, माथिल्लो कर्णाली र अन्य जलविद्युत् योजनाहरूमा हस्ताक्षर गर्ने प्रधानमन्त्री र मन्त्रीहरू देशभक्त हुन् वा देशद्रोही हुन् निक्र्यौल गर्नु आवश्यक छ ।”
समसामयिक राजनीतिबारे चर्चा गर्दै उहाँले देशको कुटनीति मगन्ते कुटनीति भएको र एउटा सार्वभौम देशको कूटनीति मगन्ते कूटनीति हुन नसक्ने बताउनुभयो ।
“अब नेपाललाई दिने विदेशी सहयोगसमेत भारतमार्फत् आउने भएको सङ्केत छ । अब नेपाल विदेशी सहयोगको नाममा ‘अमेरिका र भारतको जालमा फस्दै छ”, उहाँले भन्नुभयो ।
देशका विभिन्न राजनीतिक दलबारे पार्टीको धारणा प्रस्ट बनाउँदै बिजुक्छेँले काङ्ग्रेसको सिद्धान्तहीनताको कारण पार्टी कार्यकर्ता र ठेकेदार सदस्यहरूको गुन्डा र भ्रष्टहरू प्रतिद्वन्द्वीहरूलाई नै निर्वाचनमा पैसा र सिद्धान्तहीन समर्थन गरी देशको राजनैतिक अराजकता फैलाएको बताउनुभयो ।
सत्तारूढ नेकपाबारे बोल्दै उहाँले भन्नुभयो, “एमाले र माओवादी पार्टीहरू निर्वाचनमा बहुमत ल्याएर नेकालाई ठेगान लगाउने र आफ्नो अस्तित्व जोगाउन सिद्धान्तहीन राजनीतिमा हाम फालेका हुन् । आफूहरूसँग पटक्कै नमिल्ने क्षेत्रवादी र अवसरवादीहरूसँग पनि मिलेर निर्वाचनलाई प्रयोग गरी सरकारमा जाने उद्देश्य राख्नु आफै माक्र्सवाद नभई संशोधनवाद र अवसरवाद हो ।”
उहाँले भन्नुभयो, “माक्र्सवादलाई विश्वासघात गर्ने संशोधनवादी र भारतीय फासीवादको अगाडि झुक्ने नीति र विचार बोक्ने पुँजीवादी शासक दलहरूसँग नेमकिपाको निरन्तर सैद्धान्तिक सङ्घर्ष चालू छ ।”
उहाँले भन्नुभयो, “कोरा सिद्धान्तवादको अर्थ समय र परिस्थितिबारे राम्रो मूल्याङ्कन नै नगरी क्रान्तिको फलाको गर्नु जडसूत्रवाद र उताउला कम्युनिष्ट हुन् भने क्रान्तिको परिस्थिति हुँदा–हुँदै क्रान्तिको आह्वान नगर्नु संशोधनवाद हो । मुुखले समाजवाद र जनतालाई ठूल्ठूला आश्वासन दिने तर व्यवहारमा वचन पूरा नगर्ने पाखण्डी र विश्वासघाती हुन् ।”
नेमकिपा क्रान्तिकारी संसद्वादको पक्षमा रहेको भनाइ राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेमकिपाले क्रान्तिकै निम्ति दीर्घकालीन सोच राखेर संसद्लाई कामदार जनता, देशको स्वतन्त्रता र सार्वभौमिकता, सर्वहारा अन्तराष्ट्रवाद र समाजवादको समर्थनमा प्रयोग गर्नु भनेको ‘क्रान्तिकारी संसदवाद’ हो ।”
अन्तर्राष्ट्रिय परिस्थितिबारे धारणा राख्दै उहाँले संरा अमेरिका–भारत–जापानको त्रिकोणात्मक भूमरीमा नेपाल पर्न नहुने बताउनुभयो । भारतको मोदी सरकार दक्षिणपन्थी, धार्मिक कट्टरता भएको, ठूलो राष्ट्र अहङ्कारवादी फासीवादी सरकार भएको प्रस्ट पार्दै उहाँले मोदी सरकारले भारतीय मुसलमान, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, दलित र अन्य धर्मावलम्बीहरूलाई मात्रै होइन अरू राजनैतिक दल र भारतीय जनताको राजनैतिक र मौलिक अधिकारहरू हनन गरेको र एउटा अलग झन्डा, अलग संविधान भएको देशलाई विशेष सम्बन्धको जालमा पारेर काश्मीरमा लाखौं सेना र सुरक्षाकर्मी पठाएर काश्मिरी जनतालाई बन्दी बनाएको बताउनुभयो ।
उहाँले २१ औँ शताब्दीको त्यो पहिलो एकचौथाइ अवधिमा संसारको एकल महाशक्ति सम्झिने संयुक्त राज्य अमेरिकी साम्राज्यवाद एक ¥हासोन्मुख पुँजीवादी देश सावित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अत्याधुनिक नरसंहारकारी हातहतियारको उत्पादनमा अति अधिक लगानी, अफगानिस्तान, इराक, लिबिया र सिरियामा भइरहेको आक्रामक युद्ध र संसारभरि आफ्नो युद्ध उन्मादी सैन्य अखडाहरूको स्थापनाले अमेरिकी पुँजीको अपव्यय र अनुत्पादक खर्चका कारण अमेरिकी साम्राज्यवादको अर्थतन्त्र ¥हासोन्मुख अवस्थामा छ ।”
चीन र संरा अमेरिकाबीचको व्यापार युद्ध सबैको चिन्ताको विषय भएको प्रस्ट पार्दै उहाँले अमेरिकी अहङ्कारको कारण चिनियाँ सामानका कर बढाएको बताउनुभयो । अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “ट्रम्प प्रशासनको चीनप्रतिको त्यस्ता विष वमनबारे एसिया, अफ्रिका र ल्याटिन अमेरिकी ती देशका सरकारका जिम्मेवार व्यक्तिहरूले चीन आफ्नो राम्रो व्यापार साझेदार हो, चीनसँग आफ्नो व्यापार बढ्दै गएको, चीनसँगको आफ्नो व्यापार अमेरिकासँग भन्दा बढी भएको र चीनको सहयोग ‘ऋण पासो’ नभई विकास निर्माणका आधारभूत सहयोग भएको बताए ।”
कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई बलीको बोको बनाउन खोजिएको हुनाले नेमकिपाले इन्डो–प्यासिफिक सैन्य गठबन्धनको विरोध गरेको धारणा राख्नुभयो ।
संरा अमेरिकाको दबाबमा सरकारले प्रजग कोरियाली लगानी सबै फिर्ता लान दबाब दिएको भन्दै सचिव सुवालले संरा सङ्घले प्रजग कोरियाविरूद्ध आणविक हतियार बनाएको आरोप लगाएको झूठ भएको र संसारका सबभन्दा बढी हतियार उत्पादन गर्ने देश भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजग कोरियाको साम्राज्यवादविरोधी सङ्घर्षलाई नेपालजस्तो सानो देशले समर्थन गर्नुपर्ने नेमकिपाको मत हो ।”
उहाँले प्रतिनिधिसभामा नेमकिपाले देश र जनताको हितमा गर्दै आएको सेवाबारे प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले आगामी ५ वर्षपछि देशको सबै क्षेत्रमा निजी क्षेत्रको लगानी ५५ प्रतिशत पु¥याउने लक्ष्य लिएकोप्रति विरोध गर्दै निजीकरणलाई जोड दिनेहरू कम्युनिस्ट हुनै नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीयताको अर्थ अधिकारको विकेन्द्रीकरण हो । स्वायत्तता र विकेन्द्रीकरणलाई राम्रोसँग कार्यान्वयन गरिएमा नेपालमा सङ्घीयताको आवश्यकता नभएको नेमकिपाले बारम्बार उठाउँदै आएको हो । सङ्घीयता कार्यान्वयनपछि केन्द्र र प्रदेश सरकारहरू स्थानीय तहलाई अधिकार दिन चाहिरहेका छैनन् । स्थानीय तह केन्द्रको मातहतमा बस्नुपर्छ भन्ने पुरानो सोच केन्द्र सरकारमा बस्नेहरूसँग अद्यापि छँदै छ । स्थानीय तह प्रजातन्त्रको जग हो । स्थानीय तह विकास नभएसम्म देशको विकासले पूर्णता पाएको हुँदैन ।”
समारोहमा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कर्णालीका जनताका समस्याबारे बोल्दै कर्णालीका जङ्गलमा पाइने जडिबुटी र च्याउको खेती प्रविधिको अनुसन्धान गरेर जनताको खेतबारीमा उत्पादन गर्ने प्रविधि मागिरहेको तर सरकार चुप लागेर बसेकोमा खेद व्यक्त गर्नुुभयो । उहाँले कर्णालीमा अवसरवादीहरूले नेमकिपालाई सिध्याउन खेल खेलिरहेको तर कर्णालीमा नेमकिपाले पञ्चायत र प्रतिगमनविरूद्ध जसरी रातो झन्डा फहराएजस्तै समाजवादी गणतन्त्रको झन्डा पनि फहराउने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले दुईतिहाइ बहुमतको नाममा सरकारले आफ्ना कार्यकर्तामार्फत देशमा निरङ्कुशता लागू गर्न खोजेको भन्दै ‘अति भए पछि पति जान्छ’ भन्ने उखानजस्तै राणा, पञ्चायत, नेकाको सरकार र हालको सरकारको घमण्ड पनि बिलाएर जाने बताउनुभयो । उहाँले कर्णाली अञ्चलमा स्थानीय तहमार्फत भइरहेका भ्रष्टाचार र बेथितिले शासक दलबाट जनता आजित भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले नेकपाभित्र मौलाइरहेको भ्रष्टाचारबाट पार्टीभित्रका इमानदार कार्यकर्ता नै आजित भएको बताउनुभयो । बहुमत प्राप्त सरकारले जनताका समस्याबारे औँल्याउने मानिसलाई लोकतन्त्रविरोधीको आरोप लगाएर दमन गर्ने गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह विकले शासक दलहरूको सिद्धान्त र व्यवहारमा तालमेल नभएको बताउनुभयो । उहाँले समाज रूपान्तरणमा सिद्धान्त र व्यवहारको तालमेल अत्यावश्यक भएको चर्चा गर्दै समाजवादी राज्य व्यवस्थाले मात्र समाजका सबै प्रकारका सामाजिक विभेद र कुसंस्कार अन्त्य गर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले छाउपडी, बोक्साबोक्सीलगायत अन्धविश्वास हटाउन विद्यालय पाठ्यक्रम र पाठ्यपुस्तकमै समावेश गर्नुपर्ने र प्रभावित क्षेत्रमा सरकारले मनोचिकित्सक, डाक्टर, नर्सलगायत विषयविज्ञ खटाई विशेष कार्यक्रम चलाउनुपर्ने बताउनुभयो ।
पुँजीवादी व्यवस्थाका विकृति पक्षको विरूद्ध अझ सशक्त भएर सङ्घर्षरत रहन आवश्यक भएको र वर्गीय सङ्घर्षले नै सबै दुःख कष्टबाट मुक्ति दिलाउने उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले विदेशी शक्तिसामु झुक्ने परम्परालाई तोड्दै, विदेशी दासता स्वीकार्न अस्वीकार गर्दै आत्मसमर्पणवादी प्रवृत्तिविरूद्ध नेमकिपाले राजनीतिक क्षेत्रमा स्वाभिमान र आत्मगौरवको झन्डालाई उँचो पारेको बताउनुभयो ।
प्रदेश सभामा नेमकिपाको भूमिकाबारे प्रकाश पार्दै उहाँले भन्नुभयो, “शासक वर्गको पक्षपाती प्रवृत्ति, भागवन्डाको घृणित कार्यशैली, सङ्कीर्ण सोच, मिचाहा मनोवृत्ति र बडाराष्ट्र अहङ्कारवादी चिन्तन प्रदेशसभामा पनि छताछुल्ल हुँदै छ । तसर्थ प्रदेश सरकारको अप्रजातान्त्रिक तथा पञ्चायती कार्यशैली तथा व्यवहारको विरूद्ध प्रदेश सभामा नेमकिपा सङ्घर्षरत छ । प्रदेश सभामा नेमकिपा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै छ । प्रदेश सभालाई ‘दाइ जिविस’ बनाउने, प्रदेश सरकारलाई केन्द्रको लाचार छायामा बदल्ने र मुख्यमन्त्रीलाई पञ्चायती अञ्चलाधीश बनाई सङ्घीयतामाथि प्रहार गरिरहेको शासक दलका नेता तथा मन्त्रीको गलत नीति तथा शैलीको विरोध नेमकिपा गर्दै छ ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य सृजना सैंजूले संरा अमेरिका भारतीय विस्तारवाद र एकाधिकार पुँजीको बुई चढेर नेपाल हुँदै चीनसँग निहुँ खोजिरहेको र बिम्स्टेक तथा हिन्द–प्रशान्त रणनीति त्यसैको परिणति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीनविरूद्ध भारतीय शासक वर्गलाई उक्साइरहेको अमेरिकी साम्राज्यवादले नेपाली भूमिलाई युद्ध मैदान नबनाउला भनेर विश्वास गर्ने आधार के ? व्यापार युद्ध झट्ट हेर्दा आर्थिक युद्धमात्र देखिए पनि यो साम्राज्यवाद र समाजवादबीच चलिरहको एकप्रकारको युद्ध हो । व्यापार युद्धका दुष्परिणामबारे नेमकिपा जनतालाई सचेत पार्दै छ ।”
वैकल्पिक केन्द्रीय सदस्य सरोजकुमार साहले तराईको समाजमा रहेका सामाजिक समस्या समाधान गर्न सरकारले ध्यान नदिएको बताउनुभयो । उहाँले तराईमा अन्धविश्वास, बोक्सा–बोक्सी, दहेज प्रथा, छुवाछुतलगायतको नाममा गरिब जनता शोषित पीडित हुनुका साथै अनाहकमा धेरैले ज्यान गुमाएको बताउनुभयो । उहाँले भारतले नेपालको ठाउँ–ठाउँमा सिमाना अतिक्रमण गर्नुका साथै तराईका विभिन्न स्थान डुबान हुने गरी तटबन्ध निर्माण गरेको तर मधेसवादी दल र शासक वर्गले विरोधमा नबोलेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गुप्तबहादुर शाही, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सविन ख्याजूलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काभ्रेको वालाम्हेन्दो सांस्कृतिक समूहको तामाङ गीत, कालीकोटको हुड्के नाच, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको गीत प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागीहरूले आफूलाई आवश्यक खाजाको आफैँ व्यवस्था गरेका थिए । सम्मेलनस्थलमा स्वयम्सेवकहरूले सरसफाइ पनि गरेका थिए । चर्को घामको पर्वाह नगरी नाराबाजी र बाजागाजाका साथ सहभागीहरू महाधिवेशनको जुलुसमा सहभागी बनेका थिए । जुलुसको बीच–बीचमा स्थानीय बासिन्दाले पिउने पानीको व्यवस्था गरेका थिए ।
महाधिवेशनको बन्द बैठक शनिबार र आइतबार हुने पार्टी स्रोतले बताएको छ ।
Leave a Reply