जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौं, २९ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतको निर्देशनमा देशघाती संविधान संशोधन विधेयक संसद पेश गरेको सो विधेयकमा नेका, माओवादी प्रचण्ड सरकारले सो विधेयक फिर्ता गरी थप देशघाती संशोधन दर्ता गर्न लागेकोमा विरोध गर्नुभयो ।
संसदको समसामयिक समयमा मङ्गलबार बोल्दै सांसद सुवालले विदेशी भाषालाई नेपाल सरकारको कामकाजी भाषा बनाउने, बसको टिकटजस्तै अङ्गीकृत नागरिकता दिने र प्रत्येक प्रदेशबाट ८–८ जना राष्ट्रिय सभाको सदस्य निर्वाचित हुनेलाई ३–३ जना कायम गर्ने साविकको संशोधनलाई नयाँ संशोधन प्रस्तावको कायम राख्नु देशघाती नै हुने उल्लेख गर्नुभयो ।
सांसद सुवालले प्रदेश नं. २, तराई मधेसको मात्र कायम गरी संविधान जारी गरेको गल्ती भएको स्वीकार गरेकाहरूले प्रदेश नं. ४ र ५ को सीमा हेरफेर गरी प्रदेश नं. ५ लाई तराई मधेसको मात्र बनाउने संशोधन प्रस्ताव अगाडि बढाएको देशको हितमा नभएको स्पष्ट गर्नुभयो ।
स्थानीय चुनावको लागि संविधान संशोधन आवश्यक नभएको उल्लेख गर्दै सांसद सुवालले सांसद सुविधा र थ्रेसहोल्डसहितको दलसम्बन्धी विधेयक एक मतले पारित गरेका सत्ता पक्ष र प्रमुख प्रतिपक्षले देशघाती संविधान संशोधन विधेयक पारित गर्ने जनतामा आशङ्का पैदा भएको स्पष्ट गर्नुभयो ।
सांसद सुवालले देशघाती संविधान संशोधन विधेयक पारित गरी सिक्किमको लेण्डुप दोर्जेको भूमिकामा नउभिन सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरूलाई सचेत गराउनुभयो ।
भारतीय विस्तारवादले एकएक गरी नेपाललाई आफ्नो प्रदेशसरह व्यवहार गरिरहेको उल्लेख गर्दै सांसद सुवालले यसपछि झापा, मोरङ्ग, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला पनि पहाडबाट अलग्ग गर्र्नुपर्ने संविधान संशोधन पेश हुने खतरा भएको औंल्याउनुभयो ।
संसदमा कानुनमन्त्री अजय शङ्कर नायकले सरकारको तर्फबाट संविधानको दोस्रो संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पेश गरी सो प्रस्ताव पारित भएको हुँदा सरकारले संसद सचिवालयमा अर्को संशोधन प्रस्ताव दर्ता ग¥यो ।
नयाँ प्रस्तावमा राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलका स्थानीय तहका प्रमुख र उपप्रमुखको मताधिकार हटाइएको छ । यो विधेयक पाँच दिनपछि परिपक्व हुने हुँदा संसदको अर्को बैठक २०७४ वैशाख ७ गते दिउँसो १ बजे बस्दैछ ।
Leave a Reply