अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, ५ असोज । बेखाल बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समितिको १२ औं वार्षिक साधारण सभा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद हयौंमिखाले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले क्यान्सर अस्पतालमा पूर्व सञ्चालक समिति पदाधिकारीहरू भ्रष्टाचारमा लिप्त भएको र मजदुरहरूको श्रम शोषण गरेकोले क्यान्सर अस्पताल जोगाउन र बिरामीको उपचारलाई निरन्तर जारी राख्न कर्मचारी सङ्गठन र सचेत जनताको अनुरोधमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन भएको जानकारी दिनुभयो । उहाँले वडाको विकास निर्माणबारे जानकारी चर्चा गर्दै डेँगु रोग यसबाट जनतालाई सचेत बनाउन नपाले विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
बेखाल साकोसका अध्यक्ष राम अवालको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का प्रतिनिधि राजाराम गोसाई, मित्र सहकारी संस्था भक्तपुर साकोसका सचिव लक्ष्मीप्रसाद कुसी, थालाछें बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामकृष्ण सांगाछे, आयोजक संस्थाको ऋण उपसमितिका संयोजक कृष्णगोपाल अवाल, सचिव देव अवाल, कोषाध्यक्ष सुरेन्द्र राजचललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ह्यौंमिखाले ज्येष्ठ नागरिक ३ जना लक्ष्मण अवाल, काजीलाल मुलगुठी र सुर्वणकेशरी सैंजु, एसईई परीक्षा उतीर्ण १६ जना शेयर सदस्यका छोराछोरीहरूलाई र असल बचतकर्ता कृष्णप्यारी शिल्पकार र असल ऋणकर्ता सानुमाया कायष्ठलाई प्रमाण–पत्र वितरण तथा सम्मान गरिएको थियो । १२ औँ साधारण सभाले कृष्णगोपाल अवालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सञ्जय शाक्यको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसमितिले चयन ग¥यो ।
समदर्शीको सत्रौँ साधारणसभा सम्पन्न
भक्तपुर, ५ असोज । समदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं साधारण सभा जेष्ठ सदस्य पशुपतिभक्त रायसहित आठ जना जेष्ठ सदस्यहरू र आठ जना बाल सदस्यहरूले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सचिव जगनाथ प्रजापतिले भक्तपुरमा ४७२ वटा भएकोमा जिल्ला सङ्घमा १९८ सदस्य रहेको जानकारी दिनुभयो । उहाँले समाज र सदस्यहरूको निम्ति कार्य गर्नुपर्ने समुदायमा आधारित सहकारीहरूले आम्दानी खर्च, बजेट, वार्षिक नीति तथा कार्यक्रमबारे सुसूचित गर्न साधारण सभा प्रत्येक वर्ष गर्नुपर्ने बताउनुभयो ।
सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले स्थानीय भाषा, पोशाक र स्थानीय उद्योगलाई जगेर्ना गर्नुपर्ने बताउँदै नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनमा हाकुपटासी लगाएर मौलिक पोशाकको जगेर्ना र स्थानीय उद्योगको प्रबद्र्धन गरेकोमा धेरै खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा भएको सभामा प्रबन्ध निर्देशक हरिराम लवजू, निवर्तमान अध्यक्ष विश्वबहादुर दुवाल, जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य सावित्री धौभडेल, लेखा परीक्षक हिरारत्न बज्राचार्य, डाईमण्ड साकोसका तुल्सी राम घेमोसू, हर्ट एण्ड डाइवेटिजका बिरेन्द्र काजी प्रधानाङ्ग, लेखा समिति संयोजक लक्ष्मी प्रसाद प्रजापति, कोषाध्यक्ष रोशना मुस्याख्व, सचिव रामकृष्ण मानन्धर, सदस्य सुर्वण दुवाललगायतले पनि बोल्नुभएको थियो ।
नित्यनाथको ११ औँ साधारणसभा
भक्तपुर, ५ असोज । नित्यनाथ बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का उपाध्यक्ष हरि बल्लले सभाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष बल्लले सहकारी ऐन २०७४ अनुसार एक व्यक्ति एक सहकारी नीति व्यावहारिक नभएको र सङ्घीय ऐन, प्रदेश ऐन र स्थानीय ऐन एक आपसमा बाझिएको कुरा बताउनुभयो ।
उहाँले सहकारी विभागले हालै जारी गरिएको सन्दर्भ व्याजदर समुदायमा आधारित सहकारीहरूको लागि अनुकूल भएको छ भने नाफामुखी सहकारीहरूले भने बेवास्ता गरिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष आशाराम त्वायनाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवकुमार त्वायना, सल्लाहकार न्हुछेकुमार त्वायनालगायतले बोल्नुभएको थियो ।
समारोहमा ज्येष्ठ सदस्य सम्मान, असल बचतकर्ता, असल ऋणी, सर्वाधिक शेयर खरिदकर्ता एवं २०७५ को एसईई परीक्षामा सफल सदस्यका छोराछोरीहरूलाई सम्मान पत्र एवं बधाई पत्र प्रदान गरिएको थियो । घट्खा दाफा धिमे खलः, वाइज ल्याण्ड स्कूल, जगाती भक्तपुरबाट बाल नृत्य प्रस्तुत गरिएको थियो ।
सिद्धि गणेशमा शिक्षा शिविर सम्पन्न
भक्तपुर, ५ असोज । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सदस्यहरूलाई संस्थाको सेवा र सुविधासँगै सहकारीताबारे जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर सम्पन्न भयो ।
कार्यक्रमका संस्थाका अध्यक्ष राजन लाखाजुले सिद्धि गणेश साकोसले स्थापनाकालदेखि सदस्य शिक्षामा जोड दिँदै शिक्षा शिविर सञ्चालन गर्दै आएको र हाल सहकारी मापदण्डले शिक्षा शिविरलाई वार्षिक न्यूनत्तम ६ पटक अनिवार्य सञ्चालन गर्न निर्देशन जारी गरेको जानकारी दिनुभयो ।
उहाँले सिद्धि गणेश साकोसले समय सापेक्ष सदस्यको मागमा आधारित प्रविधिमैत्री सेवा दिने क्रममा मोवाइल बैकिङ्ग तथा ब्त्ः कार्ड सेवा प्रदान गर्दै आइरहेको भन्नुहुँदै संस्थाको परिकल्पना, ध्येय र उद्देश्य लगायतका संस्थाको अवधारणागत पक्षहरूसँगै सहकारी ऐन, नियमावली र सम्पत्ति शुद्धिकरण ऐनबारे जानकारी दिनुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले जनताको आधारभूत आवश्यकताहरूको पूर्ति गर्नु सरकारको जिम्मेवारी भएको तर सरकार सत्ता र कुर्सीका खेलमा अल्झिरहने भएकोले व्यक्तिले आफ्नो वित्तीय आवश्यकता सँगसँगै अन्य आवश्यकता परिपूर्तिका गर्ने क्रममा सहकारी उत्पत्ति भएको बताउनुभयो ।
आयोजक उपसमितिका संयोजक रुद्रनारायण लाखाको सभापतित्वमा भएको कार्यक्रममा किरण बनमालाले पनि बोल्नुभएको थियो ।
Leave a Reply