नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
२५ चैत २०७३ को दिन संरा अमेरिकाले स्वतन्त्र र सार्वभौम देश सिरियाको सारात हवाई अड्डामा ५९ टमहक क्रुज क्षेप्यास्त्र प्रहार ग¥यो । ६ वर्ष लामो सिरियाको सङ्घर्षमा संरा अमेरिका पहिलोपटक सिरियामा पनि हाकाहाकी आक्रमणमा उत्रियो । पहिले संरा अमेरिकाले आइएसआइएस भनिने विद्रोही समूहलाई अगाडि सारेको थियो भने अब आफै आक्रमणमा उत्रेको छ ।
यदि ट्रम्पले दक्षिण कोरियासँग मिलेर युद्धअभ्यासमार्फत प्रजग कोरियालाई तर्साउन खोजेको हो भने त्यो असफल प्रयत्न हुनेछ । युद्धअभ्यास साँचो युद्धमा बदल्न सक्नेबारे प्रजग कोरिया जरुरै परिचित होला किनभने कोरिया युद्ध (१९५०–५३) मा कोरियाली जनता र सेना संरा अमेरिकासँगै भिडेको थियो र संरा अमेरिकाले हार खाएको थियो ।
संरा अमेरिकाले दोस्रो विश्वयुद्धमा संसारमा पहिलोपटक जापानमाथि आणविक अस्त्र प्रयोग गरी हिरोसिमा र नागासाकीमा लाखौं जनताको हत्या ग¥यो र ठूल्ठूला सहरहरू ध्वस्त बनाएको थियो । आज पनि त्यस आणविक अस्त्रको असरले विकलांग नवजात शिशुहरू जन्मदै छन् । त्यसपछि कोरिया प्रायःद्वीपमा पनि लाखौं लाख बमहरू खसालेर संरा अमेरिकाले लाखौं कोरियाली जनताको हत्या ग¥यो र कोरियालाई ध्वस्त पा¥यो । भियतनाम, लावस र कम्बोडियामा पनि १९६० को दशकमा त्यस्तै नरसंहार ग¥यो । पहेंलो रंगको रसायनिक विष छरेर लाखौं जनतालाई मा¥यो र आज पनि ती देशमा अपांग शिशुहरू जमिंदै छन् र त्यस रसायनिक विषको प्रभावले जनता पीडित छन् ।
अफ्गानिस्तान, इराक र लिवियामा पनि अमेरिका र साम्राज्यवादी सैनिक संगठन (नाटो)का अन्य देशहरूले पनि हवाई आक्रमण गरी लाखौं जनताको हत्या गरे तथा सयौं सहर, बस्ती, अस्पताल, कारखाना, पुल–सडक, विद्यालयहरू ध्वस्त गरे । ती देशका निर्वाचित सरकारहरूलाई ‘तानाशाह’ भन्ने आरोप लगाउँदै संरा अमेरिका आफैले विद्रोहहरू गराउँथ्यो, लडाइँमा रसायनिक ग्यास प्रयोग ग¥यो भनी आरोप लगाउँदै आफैले ती देशमा हवाई आक्रमण र क्षेप्यास्त्र आक्रमण ग¥यो साथै नेताहरूलाई छानीछानी हत्या गर्न लगायो ।
यसरी ती देशहरूमाथि संरा अमेरिकाले नाटो देशहरू मिलेर कब्जा ग¥यो र त्यहाँ पेट्रोल खानीहरू र अन्य प्राकृतिक स्रोतहरू कब्जा ग¥यो । २६ चैतको दिन अमेरिकाले सिरियामाथि पुनः आक्रमणको धम्की दियो । (नयाँ पत्रिका–२७ चैत २०७३)। अमेरिकी साम्राज्यवादको सिरिया आक्रमणलाई टर्की, फ्रान्स, बेलायत, जर्मन आदि नाटो साम्राज्यवादी देशहरूले समर्थन गरे । अमेरिकाद्वारा सञ्चालित विद्रोहीहरूले त्यस आक्रमणको समर्थन गरे । ‘चोरलाई चौतारो’ भनेको यही हो ।
अमेरिकी आक्रमणलाई रुसले विरोध ग¥यो र अमेरिकाको लस एञ्जल्समा प्रदर्शनी गर्दै अमेरिकी जनताले विरोध गरे । रुसले अमेरिकासँगको सम्पर्कलाई बन्द ग¥यो र रुसी लडाकू जहाजहरू सिरियातर्फ गएको समाचार पत्रहरूले दियो । यसबाट अमेरिकी आक्रमणले रुस र अमेरिकी सम्बन्धमा तिक्तता आउने अनुमान गर्न सकिन्छ र संसारका सारा न्यायप्रेमी जनताले अमेरिकी आक्रमणको विरोध गर्नेछन् ।
सिरियामाथि अमेरिकी आक्रमणबाट साधारण रुपमा सिरियामा मात्रै युद्धलाई चर्काउन खोजेको देखिए पनि ल्याटिन अमेरिका अर्थात् भेनेजुयलामा समेत उपद्रव सुरु गरिएको छ भने अमेरिकी लडाकू जहाजहरू सिंगापुरबाट कोरिया प्रायःद्वीपतिर बढ्दै गएको छ ।
(नयाँ पत्रिका–२८ चैत २०७३)
यदि ट्रम्पले दक्षिण कोरियासँग मिलेर युद्धअभ्यासमार्फत प्रजग कोरियालाई तर्साउन खोजेको हो भने त्यो असफल प्रयत्न हुनेछ । युद्धअभ्यास साँचो युद्धमा बदल्न सक्नेबारे प्रजग कोरिया जरुरै परिचित होला किनभने कोरिया युद्ध (१९५०–५३) मा कोरियाली जनता र सेना संरा अमेरिकासँगै भिडेको थियो र संरा अमेरिकाले हार खाएको थियो । अमेरिकी युद्धपोतको धम्कीले प्रजग कोरियालाई तर्साउन सक्दैन बरु त्यो युद्ध सिरियाको जस्तो मात्र हुनेछैन भन्ने पक्का छ । कोरिया प्रायःद्वीपको समस्या ६ पक्षीय बैठक र विदेशी हस्तक्षेपविना शान्तिपूर्ण ढंगले दुई कोरियाको मेलमिलापबाट मात्रै सम्भव छ । तर यी समस्या र युद्धको स्रोत संरा अमेरिका नै हो र त्यसलाई कमजोर बनाउन सारा संसारका जनताले युद्धको विरोध र शान्तिको पक्षमा सङ्घर्ष गर्नु आवश्यक छ ।
श्रमिक साप्ताहिकको सम्पादकीय
Leave a Reply