भर्खरै :

श्रमिक साप्ताहिक र मजदुर दैनिक जनताको पत्रिका

श्रमिक र मजदुर सहयोगी, चितवन
आदरणीय शिक्षक नमस्कार !
म तपाईँको कुरालाई सम्झना गर्दै केही शब्दहरू कोर्न मन लाग्यो । स्विकारिदिनुहुन्छ भनी विश्वास राख्दछु ।
म पत्रिकाको निम्ति विज्ञापन माग्न हजुरको संस्थामा पुगेँ । हजुरले भन्नुभयो, यो श्रमिक साप्ताहिकमा विज्ञापन दिएर हामीलाई के फाइदा छ ? हामी विनाफाइदाको काम गर्दैनाँै ।
आदरणीय शिक्षक, प्रत्यक्ष रुपमा हजुरले फाइदा पाउनु भएन होला वा देख्नु भएन होला । तर, अप्रत्यक्षरूपमा देश, देशवासी र समाजको निम्ति यस पत्रिकाले खेलेको भूमिका पनि देख्नुभएन । तपार्इँहरूले पत्रिकालाई गर्नु भएको सहयोग खेर गइरहेको छैन भनी विश्वास दिलाउन चाहन्छु  ।
हामीलाई विश्वास छ कि यस पत्रिकाले समाजको निम्ति खेल्दै आएको भूमिका अतुलनीय छ । व्यापार विस्तारको लागि समाचारमा प्रत्यक्ष संस्थाको गुणगान नगाए तापनि देश, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको सत्यतथ्य टीका–टिप्पणी यो पत्रिकाले निरन्तररूपमा गर्दै आएको छ ।
कुनै लोभ, लालच नलिई निःस्वार्थ समाजको निम्ति सूचना, समाचार, समाचार विश्लेषण गर्ने र प्रकाशित गर्ने पत्रिकाहरू कमै होलान् । तिनमा मजदुर दैनिक र श्रमिक साप्ताहिक अग्रपङ्क्तिमै पर्छन् । ठूलठूला दैनिकर पत्र पत्रिका, टेलिभिजनहरूमा विदेशीको लगानी भएको र बेला–बेलामा विवादमा पर्दै आएको कुरा हामीले देखेका सुनेका छौँ । विदेशी र अरुको सीता खाएको पत्रिकाले थिचोमिचो र समाजमा अन्यायमा पर्दा ती पत्रिकाले बोल्न सक्दैन ।
देश र समाजको परिवर्तनमा समाचारमाध्यमको ठूलो भूमिका हुनेमा विवादै छैन । हाम्रो पत्रिका यस सवालमा अग्रस्थानमा छ । श्रमिक साप्ताहिक र मजदुर दैनिकलाई सहयोग गर्नुहुँदा अप्रत्यक्ष रुपमा समाजको सेवा भइरहेको हुन्छ ।
तपाईँहरूको साथ र सहयोग अवश्य पनि खेर गएको छैन । प्रत्यक्ष फाइदाको लागि मात्र लगानी गर्ने तपाईँको मानसिकतामा परिवर्तन आउने अपेक्षा छ । यस पत्रिकालाई साथ र सहयोग गरी प्रेरणा र हौसला दिनुहुने सम्पूर्णमा धन्यवाद पनि व्यक्त गर्दछु । आगामी दिनमा सकारात्मक सल्लाह सुझावको अपेक्षासहित छोटो प्रतिक्रिया राख्दै बिदा हुन्छु नमस्कार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *