‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
काठमाडौँ, १८ असोज । जनसेवा माध्यमिक विद्यालय २०४० समूहले विजया दसँैको अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापकहरुलाई शनिबार एक विशेष कार्यक्रम गरी सम्मान गरियो ।
कार्यक्रममा प्रधानाध्यापक बुद्धशरण मानन्धरले विद्यालयका पूर्व विद्यार्थीहरुबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै समाजका अग्रज व्यक्तित्वहरुलाई नियमितरुपमा सम्मान कार्यक्रमको आयोजना गरी हौसला बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पूर्व प्रधानाध्यापक रामदेवी महर्जनले सङ्घर्षशील जीवनमा मेहेनत र लगनशील भएर अघि बढ्न २०४० समूहका विद्यार्थीहरुलाई आग्रह गर्दै सेवा नै धर्म हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णभोला महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी ईश्वरमुनी बज्राचार्य, विद्यार्थी अर्जुन महर्जन, मैंया श्रेष्ठ, मधुकर महर्जनले पनि बोल्नुभएको थियो ।
विद्यालयको प्रगतिको क्रममा बुद्धशरण मानन्धरले ८ वर्ष, रामदेवी महर्जनले १७ वर्ष र नन्दकुमारी महर्जनले १० वर्ष प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभई विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा ठूलो योगदान दिनुभएको थियो ।
Leave a Reply