स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
रामसुन्दर श्रेष्ठ
भारतले हरेक साल आफ्नो सेनाको ओसिएको बारुद र काम नआउने गोली गट्ठाको बारुदलाई लिलाममा पठाई अरबौँ रुपैयाँ जोगाउँछ । ती बारुद र पड्किने सामानले पटका, रकेट (उड्ने) खेलौना बनाउँछन् ।
भारत आकार र जनसङ्ख्याले ठूलो देश भएको हुँदा ती पड्किने सामान विभिन्न प्रान्तमा पुग्ने र खेलौनामार्फत खर्च गराइन्छ वा नष्ट गरिन्छ । त्यसको केही अंश नेपालमा पनि खुला वा चोरी निकासी हुन्छ । नेपाली जनताको ठूलै रकम अनावश्यक सोखमा खर्च हुन्छ । दुई छाक खान नपाउने गरिबका छोराछोरीसमेत पटकाहरूमा खर्च गर्छन् ।
कहिलेकाहीँ पटका र रकेटजस्ता आगो लाग्ने खेलले घर र झोपडीहरू आगो लागेको, केटाकेटीको हात, आँखा, मुख र जीउमा चोटपटक लागेको र मृत्युसमेत भएका समाचारहरू आउँछन् । भारत र नेपालका केही ठाउँहरूमा ठूलो विस्फोट भई घरहरूमा आगो लागेको र दर्जनौँ मानिस हताहत भएको पनि समाचारपत्रहरूले दिएकै हुन् ।
यसकारण सरकारले तत्कालै गाउँ र नगरहरूमा पटका र रकेटका व्यापारीहरूलाई पक्राउ गरी ती सामानहरू तुरुन्तै जफत गर्ने र सीमामा त्यस्ता वस्तु भित्रिन नदिन कडाइ गर्नु आवश्यक छ ।
भारतमा डाँकूहरू पटका पड्काएर खेलहरू खेल्दै अर्को गाउँमा गोली पड्काउँदै ठूलठूला डकैती काण्ड र लुटका काण्डहरू पनि गर्छन् । त्यो कुसंस्कार र अपराध नेपालमा भित्रिन नदिन पनि सुरक्षा निकायको ध्यान दक्षिण सीमा र नाकाहरूमा कडाइ गर्न आवश्यक छ ।
Leave a Reply