भर्खरै :

ए, मेरा द्रोणाचार्य र अर्जुनहरू !

प्रधान
द्रोणाचार्य महाभारतका आदर्श गुरु
अर्जुन योग्य, मेधावी र अब्बल शिष्य !
खोइ त आज धनुर्धर पिताका पुत्र
भीमका घतोत्कच र अभिमन्यु ?
के ती आज तिनीहरूको गन्तव्य खाली
संयुक्त राज्य, बेलायत र अस्टे«लिया हुन् ?
खोइ आज तिनीहरूले मातृभूमिमा
बगाएको रगत र पसिना, परम्परा ?
न्यायको निम्ति प्राण आहुति गर्ने ऊर्जा ?
समर्पित गर्ने र कर्तव्यमा डट्ने आफ्नो क्षेत्रमा ?
उफ् ! भाँडा माझ्ने हाम्रा वीर योग्य पुत्रहरू ?
दुई डलर र दुई टुक्रा रोटीमा बिक्ने छाउरा ?
द्रोणाचार्य ! छलमा मात्तिए अस्वस्थामा पुत्र !
गुरु, पापको कर्म थियो अन्यायको पक्ष लिएको !
छिमेकी दुष्ट हुँदा छोरीहरूको अस्मिता जोगाउन
घर बेचेर गएर अन्तै बुबा विक्षिप्त भएर !
सत्तरी लाख युवाहरूलाई द्रव्यदास बनाएको
आधुनिक गुरुहरूले कक्षामै शिक्षा दान गरेको ?
ए, सन्त गुरु आधुनिक नेपाली राजनीतिमा
आफ्ना शिष्यहरूलाई रातभर सोमरसमा मस्त ?
आई.जी. भर्नामा पैँतालीस करोड घूस !
विदेशी दूतावासको रकम अनुशासन भङ्ग गर्न ?
वाशिङ्गटनमा हस्ताक्षर छपन्न अरब रकमको,
हिन्दू–प्रशान्त सैन्य गुटमा गोर्खाको चढाउन बली ?
ए, पुष्पलाल र मनमोहन प्रविधिका गुरूहरू,
तिम्रा अर्जुनहरू खाली दलाली भाग खानेहरू ?
अहो ! कत्रो दुर्भाग्य ! एँगेल्स भीष्म पितामहले जस्तै
बीउ छरे अजिङ्गरको, तर निस्क्यो स–साना कीरा !
ए, देशका द्रोणाचार्य र अर्जुनहरू ! द्रव्यकै निम्ति
जीउने–मर्ने र ज्ञान हो ? पूजा–पाठ कलश पनि ?
समाजको सम्पति व्यक्तिलाई ? ठेक्का र भाग खोज्न
हे लोकतन्त्र र गणतन्त्र ? पप्पु र घरपति नै तिम्रो गुरु ?
ए, ‘महामानव’ बी.पी., खोइ समाजवाद तिम्रो ?
निजीकरण समाजवाद, हरेक दुई सय युवा एक क्षेत्रबाट ?
‘जा, हे द्रव्यदास, सेवा देशको होइन, नाफाको निम्ति
पराइको, पापीको, उल्लूको आँखै नदेख्ने दिउँसै !
सीमा जोगाउने रक्षकहरू, आँखा छैन जङ्गे स्तम्भमा
आँखा गाड्ने दलाली भागमा, ठेक्का दिन उल्लूलाई ?
होसमा आऊ, हे ! द्रोणाचार्य र अर्जुनहरू समयमै
मालिककै वाणका सिकार हुनेछौ, सिग्मन री १ र
थुकी २ सरी
१) दक्षिण कोरियाका ‘राष्ट्रपति’ सिग्मन री
२) थुकी दक्षिण भियतनामका राष्ट्रपति

Leave a Reply

Your email address will not be published. Required fields are marked *