भर्खरै :

आहुतिको खोटो बुझाइ

टेलिसिरियल रामायणका मुख्य पात्र रामलाई नै असली राम हो भनी पूजा गर्ने मेरी आमा र नयाँ घर उपन्यासका लेखक विश्वभक्त दुलाल उर्फ आहुतिलाई पनि आफैले लेखेको उपन्यासको म पात्रजस्तै दिनदुखीहरूको समस्या बुझ्ने इमानदार नेता होलान् भन्ने मेरो विश्वास दुवै भ्रममात्र रहेछ ।
नेपाल वैज्ञानिक समाजवादी पार्टीका संस्थापक अध्यक्ष हुन् आहुति । आहुतिले पार्टीको नाममा एक थान साइनबोर्ड झुन्ड्याउनुबाहेक अरू केही पनि काम गर्न सकेका छैनन् । धेरैले त यसलाई राजनीतिक पार्टीभन्दा नि फेसबुके पार्टी भन्छन् । नेमकिपा र नारायणमान बिजुक्छेँविरुद्ध लेख्ने आहुतिकोे विगतको राजनीतिक पृष्ठभूमि रुपलाल विश्वकर्माबाट सुरु भएको थियो । रुपलाल विश्वकर्मा, जसलाई नेमकिपाले पार्टी अनुशासनमा बस्न नसकेको कारण पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि सर्वहारावादी श्रमिक सङ्गठन नामक पार्टी खोलेको थियो । विश्वकर्माबाटै प्रशिक्षित एक कार्यकर्ता थिए आहुति । पञ्चायतकै समयमा कम्युनिस्ट पार्टी खोल्ने हिम्मत गरेका विश्वकर्मा कालान्तरमा माक्र्सवाद ठीक छैन भन्ने निष्कर्षमा पुगेर काङ्ग्रेसमा विलिन हुन पुगेका थिए । कम्युनिस्ट आन्दोलनको विषयमा उपन्यास लेख्ने आहुतिले पनि लेनिनका पुराना ढाँचाहरूले अबको समाजको समस्या समाधान गर्न नसक्ने भन्दै संशोधनवादी नीति अपनाएको देखिन्छ । आफ्नो गुरुजस्तै उनी पनि काङ्ग्रेसमा प्रवेश गर्ने दिन नआउलान् भन्न सकिंदैन ।
नारायणमानको उमेरको विषयमा प्रश्न उठाउने आहुतिलाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास नलिई किन पार्टी खोल्दै हिँड्नुभयो भन्ने प्रश्न सोधिएको बेला स्टिफन हकिङ दुईवटा मात्र औँला चलाएर महान् वैज्ञानिक बनेको र आजको विज्ञान प्रविधिको समयमा शरीर बुढो भए पनि विचारले बुढो मान्छेलाई पनि हजार गुणा तन्नेरी बनाइदिन सक्छ भनेर जवाफ दिन्छ ।
– रामसुन्दर बासीको फेसबुक पेजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *