सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
पीसु पाठक
पञ्चायतलाई तीस वर्ष विरोध गर्नेहरू,
पालैपालो सरकारमा गएर
पञ्चायती शैलीमा शासन गर्नेहरू,
के यसैकारण तिमीहरूसँग
नेपाल–भारत खुला सीमा बन्द गर्ने
आँट नभएकै हो ?
के बेलुका नेपालमा सुतेका नेपालीलाई
बिहान उठ्दा भारतीय बनाउनु
तिमीहरूको वीरता हो ?
तिमीहरूको देशभक्ति धुवाँको पर्दा हो र
तिमीहरूको आत्मसमर्पणकै कारण
देश अर्को सिक्किम वा जम्मु–काश्मीर बन्दै छ र
के खुला सीमामा
नेपाली पिटिएको र लुटिएको
तिमीहरूलाई थाहा छैन ?
के खुला सीमामा सीमा स्तम्भ
उखेलिएको र नेपालतर्फ सारिएको
सरकारी आँखाले नदेख्ने हो र ?
सरकारी खर्चमा नयाँ वर्ष २०७६ को
शुभकामना दिनेहरू,
के तिमीहरूलाई थाहा छ ?
विसं २०७६ को वर्षामा
कतिवटा सीमा स्तम्भ बगाइए ?
नेपालको सिमानाका दशगजामा
भारतले बनाएका, बाँध र तट्बन्धले
कति दिन तराई डुबानमा पारे ?
सिमानाका नेपालीको कति रात निद्रा भङ्ग भयो ?
कति बुझ पचाउँछौ तिमीहरू
के तिमीहरूलाई लाज लाग्दैन ?
भारतीय सुरक्षाकर्मीबाटै
नेपाली सुरक्षाकर्मीलाई तालिम दिलाउन र
के बिरालोको साक्षी दही हुनसक्छ ?
के देशको सीमा रक्षाको काम
सीडीओ र एसपीको काँधमा पन्छाउन मिल्छ ?
के प्रधानमन्त्री र मन्त्री भाग्न मिल्छ ?
के तिमीहरूलाई शरम छैन ?
नेपालको परराष्ट्र नीतिलाई
भारतको पिछलग्गू बनाउने
पच्चीस बुँदाको संयुक्त वक्तव्यमा
हस्ताक्षर गर्न !
के दुईतिहाइ सरकारको ध्येय
नङ्गा नाच हजार दाउ हो ?
Leave a Reply