भर्खरै :

भारतीय कवि कपिलेश भोजका दुई कविता

हुनेछ विकास एक दिन
उनीहरू भन्छन्
यो लोकतन्त्रमा
भोट खसाल्नु
अधिकार हो तिम्रो
त्यसैले
अवश्य खसाल
प्रयोग
आफ्नो अधिकारको
अवश्य गर मतदान
र छान
आफ्नो मनपर्दो
गाउँ पञ्चायतको प्रधान
क्षेत्र पञ्चायत र
जिल्ला पञ्चायतको
सदस्य,
विधायक
र सांसद पनि
फेरि गर्दै जाउ
तिनीहरूलाई स्वागत
पहि¥याइ राख तिनीहरूलाई माला
सुन्दै जाउ
तिनीहरूको भाषण
र दिँदै राख
तिनीहरूलाई ज्ञापन
यसप्रकार
पाँच वर्षमा नभए
अर्काे पाँच वर्षमा
वा
त्यसपछिको अर्को पाँच वर्षमा
सुस्तसुस्त भएपनि
हुनेछ
जरुर हुनेछ
भएरै छोड्नेछ
तिम्रो विकास
आखिर एक न एक दिन
तिमीले पाउनेछौ रोजगारी
पाउनेछौ स्कूल, अस्पताल र बाटो
त्यसैले धैर्य गर
एक न एक दिन
तिमी पनि जोडिने छौ
विकासको मूलधारमा
 
जसले खालि कवितामा जलाउँछन् मशाल
वर्षौँदेखि
उनले
निकै ओजस्वी स्वरमा
सुनाउँदै आएका छन्
आफ्ना ती कविताहरू
जसमा गरिएको छ आह्वान
मशाल जलाउने आह्वान
कविता सुनाउँदा सुनाउँदै
र स्रोताहरूबाट
हरेकपल्ट
वाहवाही लुट्दा लुट्दै पनि
कतै जलेन
उनको आसपास
यौटा पनि मशाल
र जति पनि मशालहरू
जल्दै छन् कुनाकन्दरामा
तीसँग छैन
उनको कुनै सरोकार
तर पनि
गजबको धैर्य छ उनमा
किनकि कत्ति पनि कमी आएन
अहिले पनि
उनको ओजस्वी वाणीमा
अनि
आफ्नो उहीँ दमदार
वर्णन शैलीमा
उनी गरिरहेकै छन् आह्वान
जारी छ
श्रोताहरूको
तालीको गड्गडाहट पनि

बलिरहेछ
मशाल
जस्ताको तस्तै
उनका कविताहरूमा…..
(कपिलेश भोज भारतको उत्तराखण्ड प्रदेशनिवासी प्रगतिशील कवि हुन् । कुमाउली संस्कृतिको छाप पाइने उनका ‘यो जुन समय छ’, ‘ताकि वसन्तमा फक्रिन सकून फूल’ जस्ता कविता सङ्ग्रहहरू प्रकाशित छन् । पँुजीवादी राजनीतिप्रति तीव्र कटाक्ष गर्ने उनका कविताले क्रान्तिको फगत आह्वान मात्रै गर्दैनन्, त्यसका निमित्त जनताको चेतनास्तर उकास्नु उनका कविताको अर्को ध्येय हो । अनु. सुरेश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *