फर्कनेको होइन, बिदेसिनेको लर्को
- भाद्र १०, २०८३
क्रिश्चिना
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले व्यापक नेपाली जनतामा ठूलो खुसी र जिज्ञासाको लहर फैलिएको थियो भने केहीलाई सा¥है असमञ्जसमा पारेको थियो । तर, भारतका प्रधानमन्त्रीहरूको बरोबर हुने भ्रमणबारे राम्रा पक्ष र नराम्रा पक्षबारे कहिले उच्चारण गरेको देखिएन । ‘सी विचारधारा’ मात्रै होइन चीनबाट आर्थिक सहयोग लिँदा पनि सचेत बनौँ भन्ने शीर्षकमा चन्दा चौधरीको एक जिज्ञासापूर्ण लेख पढियो १ कार्तिक २०७६ को ‘ङातापोल एक्सप्रेस’ मा । उठाइएका जिज्ञासाको सार निम्न छन् ।
१. नेकपा (एमाले+एमाओवादी) र चिकपाको वैचारिक आदानप्रदान वा सी चिन फिङको विचारधाराको अध्ययनबारे नेकपाको वैचारिक स्खलन हो ।
२. वैचारिक प्रभुत्ववाद वा कन्फ्युसियसको शान्ति पुरस्कार, चिनियाँ अहङ्कार हो†
३. राष्ट्रपति सी चिन फिङको भ्रमण केही योजनाको निर्माणबारे सम्झौता, श्रीलङ्काबाट सिक्नुपर्ने†
४. श्रीलङ्काको भोगाइ हाम्वनटोटा बन्दरगाहको चीनसँगको सम्झौता, चिनियाँ ऋण र राष्ट्रपति महिन्द्र राजपाक्षे हविगतमा ध्यान दिनुपर्ने†
५. चीनमा भ्रष्टाचारीहरूलाई लिने ज्यान सजाय र नेपालमा चिन्ता†
६. चीनको मुक्तिपछि छिमेकी भारत र कोरिया युद्धमा चिनियाँ सेना र डोक्लान घटनाबाट पाठ सिक्ने†
७. सोभियत कम्युनिस्ट पार्टी र चिकपाको विचारको लडाइँ† गोपाल खनाल
८. १९८९ को थेनआनमेन चोकको घटना – ‘विद्यार्थीहरूको कत्लेआम’
९. मदन भण्डारीको जनताको बहुदलीय जनवाद र चिकपाको दासता स्वीकार†
१०. प्रचण्डपथ ?
(क) नेपाली काँग्रेस सरकारमा रहँदा भारतीय समाजवादी दलका नेताहरू जयप्रकाश नारायण, डा.लोहिया र अन्य नेताहरूको सम्बन्ध र राजनैतिक विचारको आदानप्रदान नेपालमा कहिले आपत्तिको विषय थिएन । त्यस्तै सुवासचन्द्र वोस र भगतसिंहहरूको विचारबारे पनि नेपालमा अध्ययन गरिन्थ्यो र गर्दै छन् । नेहरूका साथै पूर्व भारतीय र काङ्ग्रेस पार्टीका तत्कालीन अध्यक्ष अब्दुलक लाम आजादको ‘भारतको स्वतन्त्रता’ जस्ता पुस्तकको अध्ययन गरिन्थ्यो र गर्दैछन् ।
(ख) भारतमा बुद्ध र नेपालमा गान्धी महात्माको अध्ययन गर्दा सामान्य र कन्फ्युसियसको अध्ययनमा किन डर लाग्नु ? नोबेल पुरस्कार पहिलेदेखि नै विवादमा पर्दै आएको थियो । पास्तरनाकको ‘जिवागो’ र सेल्सिस्टीनको ‘क्यान्सर वार्ड’ सोभियत सङ्घविरोधी भएकै कारण नोबेल पुरस्कार प्राप्त गरेको थियो । त्यस्तै लेनिन शान्ति पुरस्कारको पनि आफ्नो मापदण्ड छ । भारतकै अनेक राष्ट्रिय पुरस्कारहरूबारे आजभोलि पनि ठूलै विवाद छ । के चीन र अरु देशमा बुद्ध धर्मको अध्ययन हुँदैन ? यस्ता विषयमा ‘वैचारिक प्रभुत्ववाद’ भनिँदैन । के संसारको यस्तो प्रजातान्त्रिक आन्दोलन होला, जहाँ बेलायती पुँजीवादी क्रान्ति अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सेली राज्य क्रान्ति तथा पेरिस कम्युन र रुसी समाजवादी क्रान्तिको प्रभाव नपरेको होस् । माक्र्स र लेनिनका रचनाहरूको प्रभाव बी.पी. कोइराला र अन्य नेताहरूमा पनि परेको सर्वविदित छ ।
(ग) नेपाल र चीनको भौतिक विकाससम्बन्धी सम्झौतामा कहिले कुनै अप्ठेरो परेको अनुभव गरिएको छैन । तर, मित्र राष्ट्रहरूले दिएका उद्योगधन्दा र सेवाहरू निजीकरण भन्दै देशी वा विदेशीहरूलाई बेचिनबखन गर्ने हामी नेपाली नै हौँ । तर नेपालले कहिले पनि चीनको ऋणबारे असमझदारी भएको कुरा उठाएको छैन ।
(घ) भारतले तमिल टाइगरलाई मद्रासमा तालिम गरेर २५ वर्षसम्म गृहयुद्ध गर्न दियो र लाखौँ जनता मरे, श्रीलङ्काली राष्ट्रपति राजापाक्षले चीनसँग आर्थिक सम्झौता ग¥यो ।
(ङ) समाजवादको अर्थ साम्यवादी समाजमा जाने सङ्क्रमणकालीन अवस्था हो । यसकारण समाजवादमा पुँजीवादका प्रभावहरू अर्थात् नवजात शिशुमा गर्भका रगतका टाटाहरू रहेजस्तै भ्रष्टाचार पनि रहनु स्वाभाविक हो । समाजलाई अगाडि बढ्न नदिने तत्वहरूलाई सजाय दिने बन्दोबस्त रहेको राज्य व्यवस्थाको ऐन कानुनमा हुन्छ । बेलायत, संरा अमेरिका, भारत आदि पुँजीवादी देशहरूमा पनि हुन्छ ।
अहिले चीनमा पनि लाखौँ कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरू जेलमा भएको, ठूलठूलो सजाय पाएको चीन सरकारले खुलासा गरेकै छ । अन्य दक्षिण–पूर्वी एसियाली देशहरूमा पनि अनेक अपराधमा मृत्युदण्डको बन्दोबस्त छ । नेपालमा मृत्युदण्ड भने प्र.म. कृष्णप्रसाद भट्टराईको पालामा बनेको संविधानमा खारेज गरिएको थियो, यसकारण नेपालमा भ्रष्टाचार प्रबलरूपले बढ्यो । अपराधीहरू त्यस निर्णयले नतर्सिनु स्वाभाविक छ ।
(च) चीनको मुक्तिपछि सन् १९५० मा संरा अमेरिकाले कोरिया प्रायःद्वीपमा आक्रमण ग¥यो । त्यसको विरोधमा कोरियाली जनताले आफ्नो देशको मुक्तियुद्धमा अमेरिकालाई दक्षिण कोरियासम्म धपायो । तर अमेरिकाले कोरिया कब्जा गरी चीनमाथि आक्रमण गर्ने योजनालाई ध्वस्त पार्न ३ लाख चिनियाँ स्वयंसेवकहरू कोरियाली जनताको सहयोगमा गए । अन्तर्राष्ट्रिय सम्झौताअनुसार ३७ औँ समान्तर रेखालाई उत्तर र दक्षिण कोरियालाई अस्थायी विभाजन रेखा मानियो । एक वर्षभित्र निर्वाचन गराई विजयी पक्षहरूलाई सरकार सुम्पेर विदेशी सेना फर्कनुपर्ने थियो । तर अमेरिकी सेना आजसम्म दक्षिण कोरियामा बाँकी छ फिर्ता बोलाइएको छैन ।
बेलायती सर्भेयर मैक माहोनले ब्रिटिश इन्डियाकै पालामा एकतर्फी ढङ्गले भारत र चीनको सीमा कोरेर झगडाको बीउ रोपेको थियो । पश्चिमी देशहरूकै कारण सन् १९६२ मा मोरारजी देसाइकै उक्साइमा भारत चीन सीमा भिडन्त भयो । दोक्लान त्यसैको सिलसिला हो ।
(छ) सन् १९८७ मा समाजवादी देशहरूको बैठक र १९६० को संसारका कम्युनिस्टहरूको मस्को सम्मेलनमा साम्राज्यवादको चरित्र क्रान्तिका सिद्धान्त र अन्तर्राष्ट्रिय प्रश्नहरूमा ठूलो मतभेद भएको थियो । त्यो सैद्धान्तिक मतभेद रुस र चीन दुई पार्टीको मात्रै थिएन । त्यसबेला संसारकै कम्युनिस्ट आन्दोलन क्रान्तिकारी र संशोधनवादी शिविरमा विभाजित भएको थियो ।
(ज) सन् १९८९ को थेनआनमेन चोकमा साम्राज्यवादीहरूको षड्यन्त्र केही लाख प्रतिक्रियावादीहरूले शान्तिपूर्ण आन्दोलनको नाममा चीनको मुक्ति सेनाको बन्दुक लुटेर हत्या– हिंसा सुरु गरे । चीनको जनमुक्ति सेनाको ठूलो धैर्यलाई झन् भड्काउने र संसारमा चीनलाई बदनाम गर्ने षड्यन्त्र उदाङ्गियो र प्रतिक्रियावादी र साम्राज्यवादीहरू उदाङ्गिए ।
(झ) जहाँसम्म मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ को प्रश्न छ, त्यो एक पुँजीवादी प्रजातन्त्र नै हो । नेपालमा ‘बहुदलीय प्रजातन्त्रको वकालत गर्ने पहिलो व्यक्ति बी.पी. कोइराला थिए । यसकारण ‘बहुदलीय’ प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र नै हो । प्रजातन्त्र, जनतन्त्र, जनवाद, लोकशाही र लोकतन्त्रको अङ्ग्रेजी पर्यायवाची शब्द वा अनुवाद ‘डेमोक्रेसी’ नै हो ।
यसकारण मदन भण्डारीलाई नेपालको पहिलो ‘वर्नस्टिन’ मध्ये एक भनिएको हो । वर्नस्टिन जर्मनीको पहिलो माक्र्सवादविरोधी संशोधनवादी हुन् ।
(ञ) नेपालको कम्युनिस्ट आन्दोलनमा ‘वाद’ विचारधारा र ‘पथ’ बारे अनेक अस्पष्टता छन् । ‘वाद’ को अर्थ एक सार्वभौमिक सिद्धान्त हो । माक्र्सवाद–लेनिनवाद संसारमा जहाँसुकै लागू हुने सार्वभौम सिद्धान्त हो । ‘माओ त्सेतुङ्ग विचारधारा’ बारे अध्यक्ष
बाँकी पृष्ठ ६ मा
चिनियाँ…
माओ र चिनियाँ कम्युनिस्ट पार्टीले ‘माओवाद’ लाई स्वीकार गर्दैन । अध्यक्ष माओ त्सेतुङ्गले म एक माक्र्सवादी, लेनिनवादी हुँ, मेरो कुनै वाद छैन भन्नुभएको थियो भने चिनियाँ कम्युनिस्ट पार्टीले ‘माक्र्सवाद–लेनिनवादलाई चीनको धरतीमा लागू गर्दाको अनुभवको सार’ को रूपमा लिएको अवधारणा हो । यो एक सार्वभौम सिद्धान्त होइन । त्यो एक निर्देशक सिद्धान्तको रुपमा मात्र लिन सकिन्छ, त्यो कहीँ लागू हुन्छ, कही लागू हुँदैन ।
कुनै एउटा आन्दोलन र सशस्त्र सङ्घर्ष गर्दैमा कुनै पार्टीको ‘पथ’ हुने भए ‘भियतनाम पथ’, ‘होचिमिन्ह पथ’, ‘क्याष्ट्रो पथ’, ‘अल्वानियाली पथ’ आदि पथ हुने थियो । पेरुको ‘साइनिङ्ग पथ’ को नक्कल गर्न खोजिएको थियो । आज न पेरुको साइनिङ्ग पथ’ बाँकी छ न त नेपालको ‘प्रचण्ड पथ’ !
‘कम्युनिस्टले धनी हुने बाटो होइन’ र ‘कम्युनिस्टहरू भ्रष्टाचारी हुँदैनन्’ वा ‘भ्रष्टाचारीहरू कम्युनिस्ट हुँदैनन्’ भन्ने भावनाले नेकपाका नेताहरूलाई आज ठूलो झट्का लागेको अनुमान छ ।
त्यो झ्टकाले नेकपाका नेताहरूभन्दा काँग्रेस नेताहरू तर्सेको देखिन्छ, किनभने नेकपाभन्दा नेपाली काँग्रेसका नेताहरू नै पहिले घाँटीसम्मै भ्रष्टाचारमा डुबेका थिए । नेपाली उखान छ, ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ ।’
Leave a Reply