भर्खरै :

वडा नं. २ मा तीनदिने कौसी खेती तालिम सुरु

भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा वडा नं. २ द्वारा आयोजित तीनदिने कौसी खेती तालिमको बिहीबार उद्घाटन भयो ।
कार्यव्रmममा प्रमुख अतिथि प्रजापतिले कम जग्गामा धेरै उत्पादन कसरी गर्न सकिन्छ भन्ने हिसाबले नगरपालिकाले कौसी खेती तालिमलाई प्राथमिकता दिएको बताउँदै नगरवासीहरूले नक्साबमोजिम घर बनाउनुपर्ने बताउनुभयो ।
उहाँले मौलिक शैलीमा घर निर्माण गर्नेलाई नगरपालिकाले अनुदानको व्यवस्था गरेको जानकारी दिँदै तरकारी, फलफूल दिनदिनै महँगिदै गएको अवस्थामा आप्mनै कौसीमा तरकारी उत्पादन गर्न सके आर्थिक र स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो ।
कृषि प्राविधिकको सहयोगमा कृषि कर्म गरे उत्पादनमा वृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले बालीमा कीटनासक औषधिको प्रयोगमा ध्यान जानु आवश्यक भएको बताउनुभयो ।
वडा नं. ३ का वडाध्यक्ष एवम् कृषि समितिका संयोजक राजकृष्ण गोराले अन्य देशबाट आयात हुने विषादीयुक्त तरकारी र फलफूलहरूको सेवनले गर्दा शरीरमा नकारात्मक असर पुगेको हुँदा नगरपालिकाले प्रत्येक परिवारलाई पुग्दो तरकारी उत्पादन गर्न सहयोग मिल्ने ढङ्गले कौसी खेती तालिममा जोड दिइरहेको बताउनुभयो ।
उहाँले बजार अनुगमनको व्रmममा मिठाइ पसलहरूमा अत्यधिक अखाद्य रङ्ग मिसावट गरेको पाइएको हुँदा उपभोक्ताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नगरपालिकाले गरेको विभिन्न गतिविधिअन्तर्गत सबै वडामा कौसी खेती तालिम सञ्चालन गरिरहेको बताउँदै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजनाबारे जनतासँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक रमेश वैद्यले युवा कृषकहरूलाई कृषि क्षेत्रमा अगाडि बढाउन तालिम आवश्यक भएको जानकारी गराउँदै कृषि पेशालाई सम्मानजनक ढङ्गले हेर्नु आवश्यक छ भन्नुभयो ।
वडाका कृषि समितिका संयोजक एवम् सभापति रत्नकाजी नातरी र कृषक राजाराम बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *