मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
अन्तहीन यात्री
बिदा दिँदै गरेको
एक दुब्लो काँधजस्तो
यो साँझ
अँध्यारोमा छुट्दै गरेको
चुपचाप बुढो रुख
अन्त हुनतिर आउँदैन कहिल्यै के
एक मेटिएको सिन्दुरजस्तो यो धुलो मैलो सडक ?
एक दिन के मलाई नै पिइदिन्छ
यो यात्राको प्यास, अबुझ, अथाह ?
के यही सबै मेरोसाथ जानेछन्
सुस्ताएको बस्ती, पुरानो पुल ?
गोडामा नै बेरिएको धनुषजस्तो घुम्रिएको नदी
बाँधि राख्ने छन् के मलाई ?
एक वाक्य
चेकबुक पहेँलो होस् या रातो
रकम सिक्का होस् या धन दौलत
भनिदेऊ उनलाई
जो किन्न आएका छन् तिमीलाई
हर भोका मानिस बिकाउ हुने गर्दैनन् !
भाँचिएको पाङ्ग्रा
म रथको भाँचिएको पाङ्ग्रा हुँ
तर मलाई नँयाँक्नु
के थाहा कहिले
यस दुरुह चक्रब्युहमा
कौरव सेनालाई चुनौती दिँदै
कुनै दुस्साहसी अभिमन्यु घेरामा पर्ने हुन्
आफ्नो पक्षको असत्य जान्दा जान्दै पनि
जब ठूला–ठूला महारथी
एक्लो निहत्था आवाजलाई
आफ्नो ब्रह्मास्त्रले कुल्चिदिन चाहन्छन्
तब म
रथको भाँचिएको पाङ्ग्रा
अभिमन्युको हातमा
ब्रह्मास्त्रसित टक्कर लिनसक्छु ।
म रथको भाँचिएको पाङ्ग्रा हुँ
तर मलाई नँयाँक्नु
इतिहासहरूको सामूहिक गति
अचानक झूटो देखिन थालेपछि
के थाहा
सत्यले भाँचिएका पाङ्ग्राको शरण लिनसक्छ ।
– नेपाल भावानुवाद ः आरोही
Leave a Reply