भर्खरै :

उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न

भक्तपुर, ३० कार्तिक । द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरको आयोजनामा कार्तिक २९ र ३० गते भएको उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भयो ।
समापन तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सहिद स्मृति खेल मैदानमा भएको थियो ।
कार्यक्रममा उहाँले खेलाडीहरूले देशको सार्वभौमिकता रक्षा र आत्मसुरक्षाको निम्ति खेल खेल्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले खेललाई मानव जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्ने उद्देश्यअनुरुप भक्तपुर नगरपालिकाले खेलाडीकेन्द्रित गतिविधिमा जोड दिइरहेको बताउनुभयो ।
वर्षका उत्कृष्ट खेलाडी, रेफ्री तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई मेडल जित्न सफल खेलाडीहरूलाई हरेक वर्ष सम्मान गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल तेक्वान्डो सङ्घ प्रदेश नं. ३ का अध्यक्ष केशव पुरीले तेक्वान्दो खेललाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गर्दै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न प्रतियोगिताले टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रायोजकको तर्फबाट लीलानाथ गौतम, कार्यक्रमका सभापति एवम् दोजाङ्ग प्रमुख विश्वराम मुस्याख्व र समितिका कोषाध्यक्ष सुरेश ब्वेंजुले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा विजयी र सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि तथा अतिथिहरूले सम्मान पत्र, शिल्ड तथा मायाको चिनो वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *