भर्खरै :

दैलेखमा अन्ना लुइस स्ट्रङको १३४ औँ जन्म दिवस

दैलेख, ९ मंसिर । क्रान्तिकारी पत्रकार अन्ना लुइस स्ट्रङको १३४ औँ जन्मदिनको अवसरमा नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं ७ पालेतडा टोल समितिले मंसिर ८ गते प्रशिक्षण कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले क्रान्तिकारी पत्रकार स्ट्रङको जीवनीबाट व्यापक गरिब र निमुखा जनताको हितमा काम गर्ने प्रेरणा लिन सकिने बताउनुभयो ।
नेमकिपा चामुण्डा विन्द्रासैनी ७ का अध्यक्ष खगेन्द्रबहादुर शाहीले समाज परिवर्तनमा पार्टी कार्यकर्ताको अहम् भूमिका रहने बताउनुभयो ।
वडा नं ७ का निर्वाचित वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईँले इमानदारीपूर्वक काम गर्दै जनताको सेवा गर्न कार्यकर्ता लागिपरेको बताउनुभयो ।
नेमकिपा टोल समितिका अध्यक्ष धनिराम शर्माको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीबहादुर विकले पनि बोल्नुभएको थियो ।
चामुण्डा ७ मा भेला
नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं. ७ को समिति पुनःगठन गरिएको छ । पार्टी सदस्यहरूको भेलाले खगेन्द्रबहादुर शाहीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको हो ।
निर्वाचित सदस्यहरूलाई सपथग्रहण गराउँदै नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पार्टी कार्यकर्ताहरूले इमानदारीपूर्वक जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
देउरालीमा प्रशिक्षण
नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं. ३ को आयोजनामा देउरालीमा मंसिर ५ गते प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य नीरकबहादुर शाहीले नेमकिपाले देशको सार्वभौमिकता रक्षाको आन्दोलन अगाडि बढाइरहेको बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य एवं गुराँस गाउँपालिकाका अध्यक्ष उदयजङ्ग शाहीले पार्टी कार्यकर्ताको सक्रियता नै पार्टीको जीवन हो भन्नुभयो ।
नेक्राशिसङ्घका जयप्रसाद तिमिल्सेनाले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने भारतीय शासकविरुद्ध सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । नेपाल प्राध्यापक समाजका सदस्य प्रेमबहादुर विष्टले देश सङ्कट परेको बेला सबै देशभक्त नेपाली एक हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *