फुटसल प्रतियोगिताको सातौँ दिन आज पनि तीन वटा खेल हुने
- जेष्ठ ११, २०८३
–सुविज्ञा थापा
खेलकुदले मानिसलाई स्वस्थ राख्न टेवा पु¥याउने तथ्यमा कुनै विवाद छैन । खेलले शारीरिकरूपमा मात्र नभई मानसिकरूपमा बलियो बनाउने गर्दछ । कराते, तेक्वाण्डो, उसु, बक्सिङ र जुडोजस्ता लडाकू खेलको अभ्यास त आत्मरक्षाका लागि अत्यन्त सहयोगी छन् । छोरी वा महिलाहरूको सुरक्षाको चिन्ता बढेको बेला छोरीहरूलाई यस्ता खेलकुदमा लगाउन सके उनीहरूको आत्मरक्षा उनीहरू स्वयम्ले गर्नसक्ने स्थिति बन्नेछ ।
भर्खरै सम्पन्न ते¥हौँ साग खेलकुदमा चेलीहरू अर्थात् महिला खेलाडीहरूको प्रदर्शनलाई पनि कम भन्न मिल्दैन । सागमा नेपालले प्राप्त गरेको ५१ मध्ये २९ स्वर्ण पदकमा महिला खेलाडीहरूले एक्लै वा समूहगत रूपमा जिताएका हुन् । स्वर्ण पदक जिताएका महिला खेलाडीहरूको नाम लिनुपर्दा आयशा शाक्य, मनिता शाही, गौरिका सिंह, सन्तोषी श्रेष्ठ, सञ्जु सुनिता महर्जन, चौधरी, काजल श्रेष्ठलगायत धेरैजना छन् । रजत र कास्य पदक जितेका र खेलमा देशको नाम राख्न सङ्घर्ष गरेका अरू पनि महिला खेलाडीहरू छन् । घरपरिवारको साथ र हौसला तथा राम्रो प्रशिक्षण पाएको खण्डमा नेपाली चेलीहरूले पनि विदेशीहरूले झैं स्तरीय खेल प्रदर्शन गर्नसक्छन् भनी पुनः एकपटक पुष्टि भएको छ ।
विडम्वनाको कुरा स्वर्ण जितेका कैयौँ महिला खेलाडीहरूले परिवारसँग लुकेर, समाजको घृणा खेपेर र गरिबी सहेर पनि आफू खेलकुद प्रशिक्षणमा लाग्नु परेको अनुभव सुनाएका छन् । नेपालमा महिला खेलाडीहरूले परिवार र समाजको सङ्कीर्ण सोच र व्यवहारको घेराबाट उम्कन गर्नुपर्ने सङ्घर्ष अन्त्य नभएको उनीहरूले बताएका छन् । खेल सिकेर के नै गर्लान् र ? भन्ने हाम्रो रुढीवादी सोचाइले गर्दा छोरीहरूको व्यक्तित्व र प्रतिभा विकासमा बाधा पुगिरहेको छ । शिक्षा नै नपाएका र खेलकुदमा नलागेका छोरी र महिलाहरूले पनि केही गर्न सक्दैनन् । नियमित प्रशिक्षण र अभ्यास गरेमा छोरीहरूले पनि खेलकुदको माध्यमले देशको र आफ्नो नाम विश्व समुदायमा फैलाउन सक्छन् । खेलकुद प्रतियोगिताको पदक र पुरस्कार जितेर र भविष्यमा खेल प्रशिक्षक बनेर पनि आत्मनिर्भर बन्न सक्छन् । तसर्थ छोरीहरूलाई उनीहरूको रुचि र क्षमताअनुसारको खेलकुद प्रशिक्षणमा लगाऔं ।
Leave a Reply