भर्खरै :

नेकपाभित्रको खैलाबैला के हो ?

हिजोको कट्टरपन्थी राजावादी वा निरङ्कुश राजतन्त्रका पक्षपाती, एक समयको गोर्खा परिषद्का सदस्य, निरङ्कुश पञ्चायती व्यवस्थामा पक्का पञ्चायतवादी, पञ्चायतको अन्त र राजदरबार हत्या काण्डपछि प्रजातन्त्रवादी (नेका), एमाले, एमाओवादी आदि गणतन्त्रवादी भएर प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डका सहयोगी र सदस्य भई केन्द्रीय सदस्य, सांसद र मन्त्री हुनु के ‘समाजवादउन्मुख’ संविधानलाई हाँसोमा उडाउनु र गिज्याउनु होइन ?
नेकपाको स्थापनाकालमा कुनै व्यक्ति र नेपाली नागरिकलाई सदस्यता दिँदा परीक्षणकालको प्रावधान हुनेगथ्र्यो । घुसेको प्रतिक्रियावादी, गुप्तचर, विदेशी एजेन्ट, कामचोर, लुच्चा, लफङ्गा, जनविरोधी, देशद्रोही वा ठग, कालाबजारिया, जनतालाई शोषण गर्ने र दुःख दिने समाजको मूल्य–मान्यताविरोधी अनैतिक आदि देखिएमा साधारण सदस्यतासमेत दिइन्नथ्यो ।
दामोदरशमशेर पञ्चायतवादी, धनुषा र तराईको ठूला सामन्त र राजावादी थिए । तर, उनले डा. माझीको नेतृत्वको नेकपालाई दोस्रो महाधिवेशन गर्न आफ्नो फोहरा दरबार उपयोग गर्न दिए । आर्थिक अवस्थाका पीडित कम्युनिस्ट, तराईका कार्यकर्ता र नेताहरूलाई उनी आर्थिक सहयोग गर्ने गर्थे ।
पञ्चायतकालमा बैड्ढ र सहकारी संस्थाले समेत शिखर कम्युनिस्ट नेताहरूलाई सहयोग गरेकै थिए । सोभियत सङ्घका राजदूत नियुक्ति हुँदा अमेरिकासँग मिलेको भन्दै कति दिन र महिना आफ्नो देशमा बोलाइएको थिएन । त्यसैबेला डा. माझीले सोभियत सङ्घ गई सिफारिस गरेपछि उनी रूसको राजदूत बने । अहिले नेकपाकै नेताहरूमध्ये अमेरिकी पक्षका मन्त्रीहरू भएको नेकपाको बैठकको छलफल चुहिँदा सबै संवेदनशील जनता आश्चर्यमा परेको अनुभव गर्छन् ।
मेडिकल माफियाको अर्को खुलासा
मेडिकल कलेज सञ्चालन गरेर विभिन्न बहानामा रू. ४०–७० लाखसम्म लिई जनता र अभिभावकहरूलाई ठग्ने र लुट्नेहरूलाई ‘मेडिकल अपराधी’ (मेडिकल माफिया) शब्द चर्चामा आयो । यो एक पक्षमात्रै हो ।
अर्को पक्ष स्वास्थ्यमन्त्री बन्ने ‘कम्युनिस्ट’ र ‘वाम नेताहरू’ समेत घम्साघम्सीमा लागे । तिनीहरूको उद्देश्य देशमा राम्रो स्वास्थ्य सेवाको बन्दोबस्त गर्नुभन्दा औषधि कम्पनीहरूबाट सयकडा १५ प्रतिशत एजेन्टको भाग खाई आफू र आफ्नो दललाई ‘समृद्ध’ बनाउने हो । सरकारले वर्षमा १० अर्बभन्दा धेरै बढी रकमको औषधि र मेडिकल सामानहरू (एक्सरे मेसिन, अल्ट्रासाउन्ड) प्रयोशालाका सामान (माइक्रोस्कोप) आदि सामान निश्चित देशको त एक प्रकारले एकाधिकार बनाएको हल्ला छ । कम्पनीले नेपालका एक ठूला व्यक्तिलाई एजेन्ट बनाउँछ र ती एजेन्टले जिल्ला वा अस्पताल, स्वास्थ्य केन्द्र वा अन्य स्वास्थ्य संस्थाहरूमा आवश्यक सामान पु¥याई बीचमा ‘छ्वाय्’ खाने गर्छन् ।
ती बिचौलिया वा एजेन्टहरूले मेसिनमा साना–तिना सामान फेर्नुपर्ने भयो भने त्यसमा सम्झौताअनुसार सर्त पूरा गर्दैन बरू पूरै मेसिन किन्न प्रेरित गर्छन् वा बाध्य पार्छन् । त्यस्तामध्ये एउटा कम्पनी ‘बाय्स मेडिकल कन्सर्न’ बताइन्छ । त्यसका एजेन्टहरूले केही सय वा हजार हुनेमा देशको लाखौँ–लाख र करोडौँ–करोड रूपैयाँको सामान किन्न बाध्य पार्छन् । सरकार र जनता यस्ता एकाधिकार कम्युनिस्टबाट सचेत होऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *