स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
सुवर्ण महर्जन, कीर्तिपुर नयाँ बाटो
कुनै समय थियो, माओवादीहरू माओ त्सेतुङको जन्म दिवस धुमधामसँग मनाउँथे । माओका भनाइ उद्वरण गरेर लामो लामो भाषण र लेख लेख्थे । माओकै नाममा सपथ खान्थे । तर, तिनै मानिसले यो वर्ष माओको जन्म दिवसमा माओको नामसमेत उच्चारण गरिएको सुनिएन । देशमा ‘कम्युनिस्ट’ पार्टीको सरकार भएको भनिन्छ । माओको नाममा राजनीति गरेका दलहरू नै सरकारमा छन् । हिजो गुफा र जङ्गलमा माओ दिवस मान्ने मानिसहरू आज सिंहदरबारको कुर्सीमा पुग्दा माओलाई चटक्क बिर्सिएको देख्दा उनीहरूको कृतघ्नताप्रति दुःख लागेको छ ।
माओको जन्म दिवस मनाउनु भनेको कोही आमुक व्यक्तिको पूजा गर्नु होइन । माओको जन्म दिवस मान्नुको अर्थ माओको नेतृत्वमा चीनमा भएको क्रान्तिको स्मरण गर्नु हो । त्यो क्रान्तिले मानव जातिलाई सिकाएको पाठबारे चर्चा गर्नु हो । माओले चीनमा गरेको क्रान्ति नेपालको सन्दर्भमा जस्ताको तस्तै लागू हुन सम्भव छैन । माओले जसरी चीनको परिस्थितिअनुसार माक्र्सवाद लेनिनवाद लागू गरे, आज नेपाली जनताले पनि नेपालको परिवेश सुहाउँदो गरी त्यो विचारधारा लागू गर्नसक्नुपर्छ । तर, हिजो माओलाई पुजा गर्नेहरू आज सत्तामा पुगेपछि माओकै खेदो खन्न थाल्नु भनेको दोहोरो चरित्र हो । उनीहरूले कि भन्नुपर्छ, हिजो हामी गलत थियौँ अथवा आज गलत छौँ । जे गर्दा पनि ठीक हुने व्यवहार कसरी सही हुनसक्छ ? त्यो त अवसरवादी प्रवृत्तिमात्र हो । ती राजनीतिक दलले जनतालाई झुक्याउनमात्र माओको नाम भजाएको कुरा घटनाक्रमले पुष्टि गरेको छ ।
Leave a Reply