भर्खरै :

चिनियाँ चमत्कार विश्वको गरिबी निवारण गर्न सहयोगी हुने

पैचिङ २९ डिसेम्बर । सन् २०१९ मा चीनमा ९५ प्रतिशतभन्दा बढी गरिबी जनसङ्ख्याको विपन्नता हटाउनुका साथै करिब ९० गरिबी जिल्लाबाट गरिबी घटाउने अनुमान छ । चीनले पूर्णरूपमा गरिबी निवारण गर्ने र सम्पन्न समाजको चौतर्फीरूपमा निर्माण गर्ने लक्ष्यका लागि प्रयास गरिरहेको छ ।
गरिबी निवारण गर्न चीनको सतारूढ पार्टी तथा सरकारले जनतालाई केन्द्रमा राखेर गरिबी निवारणलाई आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य बनाउँदा स्पष्ट कार्य तालिकाको तर्जुमा गरी विपन्नता हटाउने नयाँ तरिका खोज्दैआएको छ । साथै खुलापन तथा सुधार भएको लगभग चालीस वर्षमा चीनले प्रशस्त आर्थिक आधार सड्ढलन गरेको छ । सबै शक्ति सड्ढलन गरेर ठूलो कार्य गर्नसक्ने परिपाटी भएको हुनाले सरकारबाट आममानिससम्म सबै सहभागी भएको गरिबी निवारण मोडलको स्थापना भएको छ । अर्बौँ चिनियाँ जनता गरिबीबाट मुक्त गरिएको यो कार्य मानवजातिको विकास इतिहासमा महान कार्य हुनुका साथै विश्वको विकासका लागि पनि नमुना भएको राष्ट्र सङ्घीय महासचिवको दक्षिण–दक्षिण सहयोगका विशेषदूत जोर्गे छेडिकले टिप्पणी गर्नुभएको छ ।
विश्वव्यापीकरण विरुद्ध, विकासको असन्तुलन, आतङ्कवादको वृद्धि आदि कारक तत्वको प्रभावमा वर्तमान विश्वमा ७० करोड गरिबी जनसङ्ख्या रहेको छ । राष्ट्र सङ्घीय ‘सन् २०३० दिगो विकास एजेन्डा’ ले चरम गरिबी निवारणलाई प्रथम लक्ष्य बनाएको छ । विश्वमा गरिबी जनसङ्ख्या सबैभन्दा बढी भएको र सहस्राब्दी विकास लक्ष्यको साकार तुल्याउने मुलुकको हैसियतमा चीनबाट प्रस्ताव भएको उद्योगद्वारा गरिबी घटाउने, लक्षितरूपमा गरिबीउन्मूलन गर्ने आदि विचार र कदमको अनुभवलाई विकासोन्मुख मुलुकमा बाँड्न अन्तर्राष्ट्रिय जगतबाट व्यापकरूपमा स्वीकार गरिएको छ ।
उदाहरणका लागि सन् २०१८ मा ७३ औँ राष्ट्र सङ्घीय महाधिवेशनबाट पारित गाउँको गरिबी निवारण निर्णयपत्रमा चीनको लक्षितरूपमा गरिबी उन्मूलन भन्ने सिद्धान्त तथा व्यवहार पनि लेखिएको थियो । सन् २०१९ नोभेम्बरमा विश्व बैड्ढबाट प्रकाशित “ई–वाणिज्यको विकासः चीनबाट आएको अनुभव” शीर्षकको प्रतिवेदनका अनुसार, आर्थिक वृद्धि, उद्योगको नयाँ सिर्जना, रोजगार तथा गरिबी निवारण, समुदायको सुधार आदि क्षेत्रमा चिनियाँ ई–वाणिज्यको उन्नत अनुभवलाई विकासोन्मुख मुलुकहरूले सिक्नुपर्छ ।
अनुभव र विचारबाहेक चीनले सक्दो प्रयासमा अरू विकासोन्मुख मुलुकलाई कुनै राजनीतिक सर्तविहिन सहायता दिएको छ । यो चिनियाँ राष्ट्रनायकबाट प्रस्तुत ‘गरिबविहिन र साझा विकास हुने मानव भाग्य समुदायको निर्माण’ प्रस्तावको व्यवहार हो । जसले विश्वको गरिबी निवारण कार्यमा चीनको जिम्मेवारीबोध देखाएको छ ।
त्यसका साथै वैदेशिक खुलापन तथा सहयोगमा चीनले आपसी हितकर सहयोगमाथि महत्व दिएर आयात तथा लगानीको वृद्धिद्वारा दिगो विकासको क्षमता माथि उकास्न अरू विकासोन्मुख मुलुकलाई सहयोग गरेको छ । विश्व बैड्ढको अनुसन्धान प्रतिवेदनका अनुसार, ‘बेल्ट एण्ड रोड’ प्रस्तावले सम्बन्धित मुलुकहरूमा लगभग ७६ लाख गरिबीलाई चरम गरिबबाट र ३ करोड २० लाख जनालाई मध्यगरिबबाट मुक्त गराएको छ ।
निर्धारित योजनामा चीनले सन् २०२० मा सम्पन्न समाजको चौतर्फीरूपमा निर्माण पूरा गर्ने छ । यो मानवजातिको इतिहासमा चिनियाँ चमत्कार हुनुका साथै अन्तर्राष्ट्रिय जगतलाई पनि प्रोत्साहन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *