स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
रास, भक्तपुर
जाडो मौसममा घरभित्र आगो बालेर सुत्दा धुवाँमा निसासिएर मृत्यु भएको खबर बेलाबखत आइरहेको हो । बन्द कोठा वा अगेना वा सुत्ने कोठाका सबै झ्याल–ढोका बन्द गरी निदाएको अवस्थामा यस्तो दुर्घटना हुने गरेको पाइन्छ । हावाको आवतजावत नै नहुने अवस्थामा दूषित हावा भित्रै रहने र बाहिरको ताजा हावा भित्र छिर्न नपाउँदा यस्तो परिणाम आउने गर्दछ ।
कोइला, गोल, ब्रिकेट, दाउरा आदि बाल्दा निस्किने धुवाँमा हुने कार्बनमोनोअक्साइड ग्यास सबभन्दा खतरनाक वा विषालु हुन्छ । कुनै पदार्थ बल्नको निम्ति अक्सिजन ग्यास अनिवार्य छ भने जैविक पदार्थ बलेपछि कार्बनडाइक्साइड ग्यास उत्सर्जन हुन्छ । झ्याल–ढोका थुनेर आगो बाल्दा कोठाभित्रको अक्सिजन सकिँदै जान्छ । भेन्टिलेसन बन्द भएको अवस्थामा तातो हावा सजिलै बाहिर निस्किन र चिसो हावा भित्र छिर्न सक्दैन । बन्द कोठामा लामो समयसम्म आगो बालेको अवस्थामा कोठाभित्रको अक्सिजनको मात्रा घट्दै जान्छ । कम अक्सिजन भएको ठाउँमा कुनै जैविक पदार्थ राम्ररी बल्न सक्दैन र कार्बनडाइअक्साइड बन्नुको साटो कार्बन मोनोअक्साइड ग्यास पैदा हुन्छ । कार्बन मोनोअक्साइड ग्यास गन्धहीन, रङ्गहीन र स्वादहीन हुन्छ । यो ग्यासबारे शरीरले सुरुमा कुनै चालै पाउन सक्दैन । त्यसैले मानिसले शरीरमा यसले नकाम गरिरहेको चालै हुन्न । उल्टो मानिसलाई लठ्ठ पार्छ र निद्रा लाग्ने बनाउँछ ।
कार्बनमोनोअक्साइड ग्यास हाम्रो शरीरभित्र छिरेर रगतमा मिसिन्छ र हेमोग्लोबिन नामको तत्वसँग मिलेर कार्बाेक्सिहेमोग्लोबिन बनाउँछ । हेमोग्लोबिन तत्वले फोक्सोबाट अक्सिजन ग्यास सबै कोषसम्म ओसार्ने काम गर्छ । कार्वन मोनोअक्साइड ग्यास हेमोग्लोविनसँग रासायनिक प्रतिक्रिया गरी अर्कै रसायनमा रुपान्तर भएपछि शरीरमा हेमोग्लोविनको मात्रा घट्न पुग्छ । अक्सिजन बोक्ने हेमोग्लोविन कम भएपछि शरीरका अङ्गप्रत्यङ्गलाई चाहिने अक्सिजनको मात्रा पनि पुग्दैन र मानिसको मृत्यु हुन्छ ।
त्यसैले रोगी, बुढाबुढी, सुत्केरीको कोठा न्यानो पार्न भनी लामो समय दाउरा, कोइला आदि चिज बाल्दा होस पु¥याउनु जरुरी छ । कोठामा हावा आवतजावत हुने वातावरण बनाउनु जरुरी छ । त्यसको लागि झ्यालको भेन्टिलेसन वा झ्यालको एक अंश खुला राख्नु आवश्यक छ । सुत्नुअघि आगो निभाउनु सबभन्दा राम्रो विकल्प हुनसक्छ । धुवाँमा निस्सासिएर कसैको अकाल मृत्यु भएको खबर सुन्न नपरोस् ।
Leave a Reply