भर्खरै :

शासक दलको संरक्षणमा गुण्डा, प्रशासकहरू गोटी

 आरके श्रेष्ठ, चितवन
जिल्लामा सीडीओ, एसपीलगायत सरकारी कर्मचारीहरू सरुवा बढुवा भई आउँदा र जाँदा विशेषतः शासक राजनीतिक दलका प्रमुख तथा विभिन्न संयन्त्रका व्यक्तिहरूसँग भेटघाट हुने गर्दछ । सामान्यतया यस्ता भेटघाट आउँदा दिनमा हुने कामकारबाहीको विषयमा स्पष्ट हुन र काममा समन्वय गर्नहुन्छ ।
प्रत्येक पँजीवादी राजनीतिक दल र नेताहरूको पछाडि गुन्डा हुन्छ । यो कुरा दिनेश अधिकारी (चरी) भनी चिनिने गुन्डा नाइके प्रहरी इन्काउन्टरमा मर्दा केपी ओली स्वयम् पार्टीको झन्डा ओढाउन पुग्नु र कुमार लामा (घैटे) भन्ने डन प्रहरी इन्काउन्टरमा परेर उपचारको क्रममा मृत्युु हुदा काङ्ग्रेसका नेताहरू आन्दोलनमा उत्रेको घटनाबाट थाहा हुन्छ । हिजोका घटनाले वास्तविकता यही नै दर्शाउँछ ।
पँुजीवादी राजनीतिक दलहरूले आफ्नो जिल्लामा आएका प्रशासन कार्यालय प्रमुख कर्मचारीहरूसँग आफ्ना मान्छे र आफ्नो व्यवहारसँग स्पष्ट हुन र गर्नको निम्ति नै भेटघाट गरिन्छ । नेताहरूको यस्तो मनसायले आफ्ना छत्रछायामा हुर्के बढेका गुन्डाहरू चलमलाउन सहज वातावरण निर्माण हुने गर्दछ । परिणामतः हामीले डरलाग्दा घटनाहरू बेहोर्नु पर्दछ । विशेषतः ठेक्कापट्टा र ठूलठूला योजनाका टेन्डरहरूमा गुन्डाहरू प्रयोग हुने गर्दछ । ती टेन्डरहरू मन्त्रीसम्मले कमिसन पाउँछन् । विकास निर्माणको काम भने नगन्य मात्रामा हुन्छ ।
यसरी नेताहरूले अपाच्य व्यवहार देखाउँदा कार्यालयका भ्रष्ट कर्मचारीहरू पनि दिनदहाडै कालो धन थुपार्न तँछाडमछाड भएको अवस्था छ । साना तिना तहका गुन्डा र भ्रष्ट कर्मचारीहरू प्रहरी प्रशासनबाट समातिन्छन् भने ठुला तहका गुन्डा र भ्रष्ट कर्मचारीहरू नेताहरूको सुरक्षामा रहन्छन् । तिनीहरू सङ्गठितरूपमा नै आपराधिक गतिविधिमा रहन्छन् । प्रहरीले पक्रे तापनि चौकी नपुग्दै नेताको फोन र आदेशमा ठुला ओहोदाका गुन्डाहरू छुट्छन् ।
शुक्रबार धनुषामा भएको घटना संवेदनशील छ । यसरी गैरकानुनी काम, अन्यायको विरुद्ध बोल्नासाथ मृत्युवरण हुनुपर्दछ भने हाम्रो समाज कतातिर जाँदै छ ? भ्रष्ट राजनैतिक दल र नेताका आडभरोसामै यस्तो घट्ना हुनसक्दछ । दिनानुदिनको यस्तो प्रकारको घटनाले मानवीयतामै गम्भीर प्रश्न उठेको छ । मानवीयतामा नै ठेस पुग्ने कस्तो खालको लोकतन्त्र र गणतन्त्र हामीले स्थापित गर्यौँ ? के हाम्रा शासकहरूले लोकतन्त्र र गणतन्त्रमाथि नै लात मारिरहेका छन् ?
स्थानीय युवा दिलिप भनेर चिनिने ओमप्रकाश महतो रातको समयमा गिट्टी, बालुवा उत्खननमा रोक लगाएको औरही खोलामा टिपर र जेसीवी रोक्न जाँदा तस्करहरूको आक्रमणमा परेका थिए । तस्करहरूले पिटेर मरणासन्न बनाएपछि पनि दीपक महतोलाई टिपरको चक्काले किचेर मारे । गुण्डा, आतङ्कारी र तस्करीहरूको अगाडि आज प्रशासन निरीह छ ।
जनताको आँखा छलेर स्वयं शासक पार्टीहरू नै तस्करमा लागेको आजको अवस्था हो । अवैध ढª\uमा धनुषाको औरही खोलामा मात्र होइन त्यस्ता धेरै खोला नालाहरूमा नेता भनाउँदाकै मिलेमतोमा तस्करहरूले सार्वजनिक सम्पति दोहन गरेका छन् । राजनीतिकै आडभरोसामा समाजमा यस्ता कहालीलाग्दा घटनाहरू घटेका छन् । नेताहरू कमिसनमा डुबेका छन् भने कर्मचारी भ्रष्टाचारमा डुबेका छन् । यिनीहरूले देशलाई नै डुबाएको छ । गुन्डा प्रयोग गरी मान्छे मार्न लगाउने झन् ठूलो अपराधी हो । त्यसैले हाम्रा पँुजीवादी शासक पार्टीहरू नै सबभन्दा ठूलो अपराधी ठहरिन्छन् । राजनीतिको नाममा भ्रष्ट दलालहरूले देशलाई खोक्रो पारेका छन् । यिनीहरूलाई एकदिन जनताले न्यायिक कठघरामा उभ्याउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *