नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेकपा नेता तथा माओवादी सशस्त्र विद्रोहका ‘कमान्डर’ पुष्पकमल दाहालले माघ १ गते राजधानीमा आयोजित एक खुला सभामा कथित जनयुद्धमा मारिएका सत्र हजारमध्ये ५ हजारको जिम्मा लिन आफू तयार भएको बताए । उनले बाँकी १२ हजारको जिम्मा भने तत्कालीन सरकारहरूले लिनुपर्ने जिकिर गरे । दस वर्षको सशस्त्र विद्रोहमा सत्र हजार मानिस मारिएको आँकडा छ ।
दाहालको यस्तो गैरजिम्मेवार र हचुवा अभिव्यक्तिले सशस्त्र द्वन्द्वकालमा दुवै पक्षबाट मारिएका र बेपत्ता पारिएकाको परिवार र आफन्तलाई पक्कै चोट पुगेको छ । केही समयअघि अर्को एउटा कार्यक्रममा ‘अब माओवादी भन्ने पार्टी नै छैन’ भनी बेपत्ता र मारिएका व्यक्तिको जिम्मेवारी नलिने मनसायको गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । दाहाल ‘कमान्डर’ रहेको सशस्त्र विद्रोहले नेपाली समाजमा के फाइदा भयो वा घाटा भयो, त्यो छलफलको अलग विषय हो । तर, द्वन्द्वकालमा मारिएका मानिसको जिम्मेवारीमा समेत भागबन्डा सद्दे दिमागको अभिव्यक्ति कदापि हुनसक्दैन ।
दाहालले सशस्त्र विद्रोहमा मारिएका दुवै पक्षका परिवार र आफन्तबाट आफू असुरक्षित महसुस गरेका छन् । उनको निवासमा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी तैनाथ गर्नुको कारण त्यहीँ हो । उनलाई विगतमा सशस्त्र द्वन्द्वताका भएका हत्या हिंसाको बदला कुनै पनि बेला कसैले पनि लिनसक्ने भयले सधैँ सताउने गरेको छ । अझ माओवादी विद्रोहलाई आत्मसमर्पण गरेको दृष्टिकोण बोकेको र आफ्नो जीवन बर्बाद गरिदिएको आक्रोश पालेका पूर्वमाओवादी लडाकुको डर पनि उनमा देखिन्छ । उनले विभिन्न कार्यक्रममा दिने स्पष्टोक्ति किसिमका अभिव्यक्तले यस्तो छनक पाउन सकिन्छ । उनी सधैँ आफ्नो ‘निर्दोषिता’ पुष्टि गर्ने खालका कुरा बोलिरहेका हुन्छन् । सशस्त्र विद्रोहताका माओवादी पक्षबाट मारिएकामध्ये जनजातिको सङ्ख्या धेरै भएको वास्तविकतालाई ध्यानमा राखेर दाहालले थारु, मगरलगायत विभिन्न जनजातिले माघ १ माघीको अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा यसो बोलेका हुन् । जनजाति र आदिवासीको रगतमा टेकेर जसरी आफू सत्ताको उचाइमा पुगेका छन्, तिनै जनताले रसातलतिर धकेलिदिने पो हुन् भन्ने पीरले सताउने गरेको उनका यस्तो अभिव्यक्तिले सड्ढेत गर्छ ।
सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको गठन प्रक्रियाले अझै पनि पूर्णता पाउन सकेको छैन । दाहाललगायत माओवादी विद्रोहका नेताहरू जबसम्म आफू पूर्णतः सुरक्षित भएकोमा विश्वस्त हुँदैन, तबसम्म यो प्रक्रियालाई सत्तामा आफ्नो पहुँचको दुरुपयोग गर्दै रोक्ने छन् ।
दाहालभित्र लुकेको अव्यक्त भयको कारण उनी ‘चोरको खुट्टा काट’ भन्दा खुट्टा उचाल्ने खालका अभिव्यक्ति दिइरहेका हुन्छन् । माघ १ को उनको अभिव्यक्ति यसैको शिलशिला हो । उनको यो अभिव्यक्तिले एकातिर उनले सशस्त्र द्वन्द्वको उपलब्धि र उपादेयता पुष्टि गर्न सकेका छैनन् भने अर्कोतिर आफ्नो रगतले भिजेको हात सबैलाई देखाउँदै हिँडेका छन् । सिद्धान्तच्युत भएपछि नेताहरू सबैतिर चुक्दै जान्छन् । दाहाल आज त्यही नियति भोग्दै छन् । न उनीसँग सिद्धान्तनिष्ठता छ, न आफ्नो औचित्य पुष्टिको आधार नै । नेकपाभित्र आफ्नो भाग ओगट्दै बस्नुलाई नै दाहालले आफ्नो उपलब्धि मान्नुपर्ने अवस्था छ ।
Leave a Reply