भर्खरै :

यात्रा संस्मरण विश्व सम्पदा सूचीमा सूचिकृत अस्ट्रेलियाका जेल – २

 लक्ष्मण जोशी
अस्ट्रेलियामा जेलसारको लागि ठूलो सङ्ख्याका कैदीहरूको पहिलो खेपको जहाज (First Fleet) सन् १७८७ मा बेलायतबाट गएको थियो ।
कैदी, सामान, कर्मचारी बोकेको ११ वटा जहाजको त्यो पहिलो खेपको क्याप्टेन आर्थर फिलिप थिए । त्यो जहाज बेलायतबाट रियो डे जनेरियो (ब्राजिल), केपटाउन (दक्षिण अफ्रिका) र दक्षिणी सागर
(अन्टार्कटिका) हुँदै २५०–२५२ दिनमा बोटनी खाडी (अस्ट्रेलिया) पुगेको थियो । कतै ११ महिना लागेको लेखिएको छ । यात्राको क्रममा ११ जना शिशु जहाजमै जन्मेका थिए ।यात्राको क्रममा कैदीहरू बिरामी पर्ने र मर्नेको सङ्ख्या पनि धेरै हुन्थ्यो ।
अस्ट्रेलियामा कैदीहरू राख्ने जेल, कैदीहरूले बनाएका भवन, राजमार्ग, काम गराउने ठाउँ आदि कैदीसँग सम्बन्धित स्थलहरू (Convict Sites) ३००० भन्दा बढी रहेको बताइन्छ । कतिपय कैदीहरूलाई कोइला खानीलगायतमा सस्तो ज्यामीको रूपमा प्रयोग गरिएको थियो । विश्वको एक कुनाका कैदी अर्को कुनाका सश्रम कारागारहरूमा सारेर स्थानीय स्रोतको दोहन र कामदारको चरम शोषणबाट अस्ट्रेलियाको अपराध इतिहास (Convict History) अपूर्व बनेको छ ।
बेलायतमा कैदीहरू राख्ने ठाउँको अभाव भएपछि उपनिवेशमा सारिएका यस्ता कैदीहरूलाई कठोर श्रम र निर्मम यातना दिइन्थ्यो । पुरुष, महिला र केटाकेटी कसैलाई छोडिन्न थियो । कतिपय कैदी जघन्य अपराधी थिए भने सामान्य कसूरका पनि थिए । केटाकेटीहरूमा पनि कुनै सामान्य कसूरका थिए, कुनै ‘पापी’ (delinquents) भने कुनै आमा–बाबुसँगै ल्याइएका थिए । जेलसार गरिएका कैदीहरूमा युवा र नवयुवा वा किशोरहरूको जमात पनि ठूलो थियो ।
कैदीहरूलाई तोकिएको परिमाणमा रासन दिइन्थ्यो । तर, खाद्यान्न कमी हुँदा पटक–पटक रासन कटौती गरिन्थ्यो । तोकिएको परिमाणभन्दा एकतिहाइमात्र रासन दिएर कैदीहरूलाई निकै सास्ती दिएका थिए ।
अमेरिकामा जेलसार गरिएका कैदीहरूलाई त तोकिएका दलाल (एजेन्ट) हरूले दासझैँ बेचेका पनि थिए । यसरी कैदीहरूको जिम्मेवारीबाट पन्छिएर साम्राज्यवादी बेलायती सरकारले घोर अमानवीय काम गरेको थियो ।

अस्ट्रेलियामा कैदीहरू राख्ने जेल, कैदीहरूले बनाएका भवन, राजमार्ग, काम गराउने ठाउँ आदि कैदीसँग सम्बन्धित स्थलहरू (Convict Sites) ३००० भन्दा बढी रहेको बताइन्छ । कतिपय कैदीहरूलाई कोइला खानीलगायतमा सस्तो ज्यामीको रूपमा प्रयोग गरिएको थियो । विश्वको एक कुनाका कैदी अर्को कुनाका सश्रम कारागारहरूमा सारेर स्थानीय स्रोतको दोहन र कामदारको चरम शोषणबाट अस्ट्रेलियाको अपराध इतिहास (Convict History) अपूर्व बनेको छ ।

अस्ट्रेलियामा जेलसार गरिएकाहरूमा तत्कालीन बेलायती शासन र राजनीतिप्रति भिन्न मत राख्ने राजनीतिक बन्दीहरू पनि प्रशस्तै थिए ।
आजको अस्ट्रेलियाको निर्माणमा तिनै जेलसार गरिएका कैदीहरूको योगदान महत्वपूर्ण रहेको छ । त्यसैले अस्ट्रेलिया कैदीहरूले बनाएको राष्ट्र (contributions made by Australia’s convicts to building this nation) पनि भनिन्थ्यो । त्यस्तो संज्ञाबाट विगतमा लाज मानिन्थ्यो । तर, अचेल आप्mना पुर्खाको योगदानको रूपमा प्रशंसा र गर्व गर्छन् ।
जेलसार गरिएका कैदीहरूको सजाय भुक्तानपछि केही स्वदेश फर्के, धेरै अस्ट्रेलियामै बसोबास गरे ।
त्यही बस्ने पूर्व कैदीहरूले विभिन्न– व्यापार, खेती, नोकरी, साहित्य आदि क्षेत्रमा प्रगति गर्ने पनि थिए ।
संयुक्त अधिराज्य र अन्य युरोपेली देशबाट व्यापार–व्यवसाय गर्न अस्ट्रेलियामा आउनेहरू पनि थपिंदै गए । पूर्व कैदी र अन्यले खेतीको लागि राम्रो, उर्वर तथा व्यापार–व्यवसायको लागि उपयुक्त भूमि कब्जा गर्नथाले, जबरजस्ती खरिद गर्नथाले । यसबाट हजारौँ वर्षदेखि बसोबास गर्ने रैथानेहरू (Aborginals) नराम्रो र उजाड क्षेत्रमा धपाइए । युरोपेली मूलका मानिसहरूको सङ्ख्या बढ्दै गयो । यसक्रममा उपनिवेसी शासकहरूले अस्ट्रेलियाका रैथानेहरूमाथि घोर अत्याचार गरे, व्यापक हत्या गरे, सारमा बर्बर शासन गरेका थिए । आजका दिनमा पनि रैथानेहरूप्रति युरोपेली मूल वा गोरा शासकहरूबाट पक्षपात, विभेद र अन्याय गरेकोमा असन्तुष्टि व्यक्त भएको समाचार आउने गरेको छ ।
अस्ट्रेलियाका यी जेलहरू(convict sites)ल्यचायपिल्यचायपिवर्तमान विश्वको काला धब्बा हुन् । तर, इतिहासका साक्षी पनि हुन् । आप्mना पुर्खाको विगत इतिहासलाई जीवन्त राख्न अस्ट्रेलियाली सरकारले ती जेलहरूलाई राष्ट्रिय सम्पदामा सूचिकृत गरेको छ । तीमध्ये मुख्य भूमिका छ वटा र तास्मेनियाका पाँचवटा घटकलाई एक क्षेत्रको रूपमा सन् २०१० जुलाई ३१ मा युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत भएको छ ।
त्यसमा जेल, जेलका पदाधिकारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी बस्ने भवन र घरहरू, चर्च, चिहान, कोइला खानी, बाटो आदि पर्दछन् । ती ११ सम्पदा एक आपसमा कुनै झन्डै ५ हजार किमिसम्मको दूरीमा र समय ३ घण्टासम्मको फरकमा रहेका छन् । तीमध्ये नरफोक (Norfolk) टापु मुख्य भूमिबाट ३,४०० किमि दूरीमा रहेको छ ।
अस्ट्रेलियाको ती ११ वटा घटकहरू निम्न छन्–
1. Old Government House and Domain (Old Government House-New South Wales (NSW)
2. Hyde Park Barracks – NSW
3. Old Great North Road– NSW
4. Cockatoo Island convict Sites (Cockatoo Island) -NSW
5. Kingston and Arthur’s Vale Historic Area-Norfolk Island –  तास्मेनियामा
6. Brickendon and Woolmers Estate (Brickendon woolmers’)
7. Darlington Probation station (Darlingtlon)
8. Coal Mines Historic Site (Coal Mines)
9. Cascades Female factory (Cascades )
10. Port Arthur Historic Site (Port Arthur)
11. Fremantle Prison-Western Australia.
जेलसार गरिएका कैदीहरूप्रति कठोर व्यवहार गरिन्थ्यो । त्यसमा पनि नरफोक टापूको किङ्गस्टन जेल अति कठोर र क्रुर जेलमध्येको एक थियो ।
अस्ट्रेलियामा पठाइएका गभर्नर (बेलायती उपनिवेशी प्रशासक) हरू बस्ने गभर्नर निवास (Government House)  कैदीहरूले बनाएका थिए । त्यस्तै ग्रेट नर्थ रोड पनि कैदीहरूले बनाएका थिए । कोइला खानीमा विशेषगरि पोर्ट आर्थर जेलका कैदीहरू, महिला र केटाकेटीहरूलाई समेत जबरजस्ती काममा लगाइन्थ्यो । पोर्ट आर्थर जेल कडा सुरक्षाको जेल थियो । त्यस्तै पश्चिम अस्ट्रेलियाको फ्रिमान्टल जेल उच्च सुरक्षाको बन्दोबस्त भएको जेलमध्येको थियो जुन सन् १९९१ मा बन्द गरियो ।
अस्ट्रेलियामा निम्न अपराधका कैदीलाई जेलसार गरिन्थ्यो–
१. सानूतिनू (Petty) चोरी (१२ पेन्सभन्दा कम मूल्यको)
२. सेंधमार
३. रागमार्ग डकैती
४. कपडा–गरगहना चोरी
५. जनावर चोरी
६. सैन्य अपराध
७. वेश्यावृत्ति
८. ठगी
९. राजनीतिक विरोध
१०. कुटपीट
विश्वको एक कुनाबाट अर्काे कुनामा अर्थात् कालापानी पठाउने जस्तो सजाय ठूला अपराधका लागि मात्र थिएन । एउटा पाउरोटी चोरेको, घडी, छाता चोरेको, मैनबत्ती ठड्याउने भाँडो (Candlestick), टेबल पोश चोर्नेलाई समेत कालापानी अर्थात् अस्ट्रेलियामा जेलसार गरेका थिए । यसरी जेलसार गरिनेमा राजनीतिक बन्दीहरू पनि धेरै थिए । एक तथ्याङ्कअनुसार ४००० भन्दा बढी राजबन्दीहरू अस्ट्रेलिया पठाइएका थिए ।

तिनीहरूमा चार्टिस्ट आन्दोलनका प्रख्यात नेता जोन फ्रस्ट (John Frost) पनि एक थिए । त्यस्तै न्युजिल्याण्डका माओरि योद्धा होहेपा ते उमुरोआ, फ्रान्सेली राज्य क्रान्तिका ‘पहिलो पाँच स्कटिश सहिद’ का समर्थक, आयरल्यान्डमा बेलायती शासनको विरोध र विद्रोह गर्ने आइरिश विद्रोही नेताहरू, स्कटिस नेताहरू, बेलायतमा राजनीतिक र चुनाव प्रणालीमा सुधारको लागि आन्दोलन गर्नेहरू, मजदुर र किसानहरूको अवस्थामा सुधारको माग गर्नेहरू पनि थिए । त्यसमा कवि, लेखक, डाक्टर र अन्य पेशाका थिए । तिनीहरूमाथि सरकारविरुद्ध जनतालाई भड्काएको, राजद्रोह आदि र कतिलाई चोरी र ठगीजस्ता आरोप लगाएर पनि जेलसार गरिएको थियो । यसरी अङ्ग्रेज, आइरिश, स्कटिश, न्युजिल्यान्डवासीलगायतका झन्डै १ लाख ६५ हजार कैदीहरू अस्टे«लियामा जेलसार गरिएको थियो । यसरी पठाइएकामध्ये मृत्युदण्डको सट्टा अस्ट्रेलियामा जेलसार गरिएका ११ वर्षीय मेरी वेड (Mary Wade) सबभन्दा कान्छी कैदी र ९ वर्ष (पक्राउ पर्दा ८ वर्ष) का जोन हडसन (John Hudson) सबभन्दा कान्छा कैदी थिए । जेलसार गरिएका कान्छी कैदी मेरी वेड अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुद (Kevin Rudd) का पुर्खा बताइन्छ ।
जेलसार गरिएका कैदीहरूमध्ये भाग्नेहरू पनि थिए । विभिन्न जेलबाट भाग्नेहरूमध्ये धेरै मरे भने केही सफल पनि भएका थिए । भाग्ने पक्राउ परे वा भाग्ने प्रयासमै समातिएकालाई सिक्रीले बाँधेर राखी थप सजाय दिइन्थ्यो । तास्मेनियाको एक जेलबाट अर्काे जेलमा लगिएका कैदीहरूले एक डुङ्गा (Vessel) नै कब्जामा लिएर भागेका थिए । सबभन्दा पहिलो घटनाको रूपमा ब्रायन्ट दम्पत्तिको भगाइलाई लिइन्छ । अल्पसङ्ख्यक जातिकी बेलायती मेरी ब्रायन्टमाथि लुट, १२ पेन्स मूल्यको रेशमको टोपी (Silk bonnet) महिलाहरूको कपाल सुख्खा हुन नदिन टोपीजस्तो लगाउने पहिरन विशेष) र एक पाउन्ड ११ शिलिङ मूल्यको अन्य सामान चोरेको तीन अपराधमा सन् १७८६ मा झुन्ड्याएर मृत्युदण्डको सजाय दिइएको थियो । पछि अस्ट्रेलियामा सात वर्षको लागि जेलसार वा कालापानी पठाउने सजायमा परिणत भएको थियो । मेरी, तिनका पति विलियम ब्रायन्टलाई अन्य कैदीहरूकासाथ पहिलो खेपको जहाज (First Fleet) बाट १७८७ मा अस्ट्रेलिया पठाइएको थियो । उक्त दम्पत्ति र तिनका एक बच्चासहित अन्य सन् १७९१ मा जेलबाट भाग्न सफल भएका थिए । जेलबाट भागेको यो पहिलो सफल घटना थियो । त्यसबारे पुस्तकहरू लेखिएका छन्, धारावाहिक र नाटक बनाइएका छन् । त्यस्तै कैदीहरूलाई गरिने क्रुर व्यवहारबाट बच्न भागेका आइरिश कैदीको एक समूहको Van Diemen’s Land  नामको चलचित्र पनि बनेको छ ।
यस्तै विविध इतिहास भएका अस्टे«लियाका जेलहरूमध्ये हामीले तास्मेनियाको महिला जेल र पोर्ट आर्थर जेलको भ्रमण गरेका थियौं ।
तास्मेनिया
अस्ट्रेलियाको दक्षिणतर्फको प्रदेश अर्थात राज्य तास्मेनिया एउटा ठूलो टापू हो । यसको क्षेत्रफल ६८,४०१ वर्ग किमि छ । यहाँको जनसङ्ख्या करिब ५ लाख २० हजार छ ।यस टापूमा पाइला टेक्ने पहिलो युरोपेली डच अबेल जान्स्जुन तास्मान(Abel Janszoon Tasman) हुन् । हल्यान्ड
(नेदरल्यान्ड) का अन्वेषक र व्यापारी अबेल सन् १६४२ मा तास्मेनिया पुगेका थिए । उनी डच इस्ट इन्डिया कम्पनीको सेवार्थ यात्रामा गएका थिए । उनलाई गभर्नर जनरल अन्थुनिज भान डीमेन्स्लान्ट (Anthooniz Van Diemenslandt) ले यात्रामा पठाएका थिए । त्यसैले अबेलले तास्मेनियालाई भान डीमेन्स्लान्टको सम्मानमा ‘भान डीमेन्स् ल्यान्ड’(Van Diemen’s Land) नामाकरण गरे । तर, सन् १८५६ जनवरी १ मा यसलाई तास्मेनिया भनियो र यो नामले स्थायित्व प्राप्त ग¥यो ।
नेपालको झल्को
तास्मेनिया राज्यको राजधानी होबार्ट (Hobart) पुग्ने नेपालीहरू त्यहाँको भौागोलिक रचनाले नेपालमै पुगेको अनुभव गर्दछन् । अग्ला पहाडहरूका बेसीको प्रायः समथर जग्गामा सहर बसेको कारण त्यस्तो अनुभव भएको हो । अग्ला–होचा ठाउँहरूमा बस्ती भएकोले हाम्रो देशको इलाम सदरमुकाम या गोरखा सदरमुकाममा जस्तो साना–ठूला उकाली–ओराली जताततै छन् । एक ठाउँबाट अर्को ठाउँमा जाँदा कतै त बाटो ठाडै भिरालो छ । समुद्रको किनारमा बसेको सहर भए पनि यहाँ समथर जमिन कमै छ ।
तास्मेनियामा धेरै वर्षदेखि बसिरहेका एक नेपालीका अनुसार त्यहाँ अचेल नेपालीहरूको सङ्ख्या धेरै बढेको छ । उनी त्यहाँ जाँदा करिब २०–२५ जनामात्र नेपाली थिए । त्यसैले कुनै नेपाली त्यहाँ आउनु पूर्व जानकारी भए २–४ जना नेपाली साथीहरूसहित विमानस्थलसम्म गएर स्वागत गर्न जाने र डेराको बन्दोबस्त नभएसम्म आफैकहाँ राख्ने, काम खोजिदिने आदि गरी सहयोग पु¥याउने गर्थे । तर, अचेल होबार्टमा नेपालीहरू धेरै भेटिन्छन् । अस्ट्रेलियामा स्थायी बसोबास (PR) लिन गा¥हो हुँदै गएपछि नेपालीलगायत अरू देशका पनि धेरै पीआरको लागि तास्मेनिया आउन थालेका छन् । नेपालबाट विदेश पठाइएका भुटानी शरणार्थीहरू पनि धेरै आएका छन् । त्यसैले तास्मेनियाका बैङ्कजस्ता विभिन्न कार्यालयमा सेवाग्राहीको सहजताको लागि नेपाली भाषामा समेत सूचनापाटी राख्न थालिएको उनले बताए ।
अहिले यहाँ नेपाली र अन्य देशका मानिसहरूको सङ्ख्या धेरै भए पनि करिब दुई शताब्दी अघि बेलायतबाट जेलसार गरी ल्याइएका कैदीहरूको सङ्ख्या ठूलो थियो । एक तथ्याङ्कअनुसार करिब ७३ हजार कैदीहरू तास्मेनिया ल्याइएका थिए । त्यो सङ्ख्या अस्ट्रेलिया ल्याइएका कैदीहरूको कूल सङ्ख्याको ४० प्रतिशत थियो । महिला र किशोर कैदीहरूलाई पनि कठोर श्रम गराइन्थ्यो । दिनको १२ घण्टासम्म श्रम गराइन्थ्यो ।
क्यास्केड जेल
कैदीहरूलाई राखिएका जेलहरूमध्ये महिलाहरूले काम गर्ने जेल (Cascade Female Factory) हेर्न गएका थियौं । अङ्ग्रेजीमा दिइएको नामले कुनै जेलको अर्थ नदिए पनि यो महिला जेल सर्वसाधारणहरूको बस्तीकै बीचमा छ । बाटो छेउकै यो जेलमा प्रवेश गर्न प्रतिव्यक्ति ८ अस्टे«लियन डलर शुल्क तिर्नुपर्दछ । केटाकेटी (७ वर्ष माथि) लाई ५, त्यहाँका कर्मचारीको सहयोग लिए १८ र १२, नाटकीय प्रदर्शन(Dramatic performance) हेर्न वयस्कलाई २५ र केटाकेटीलाई १५ डलर पर्दछ । ठूलो अक्षरमा विश्व सम्पदा स्थल लेखिएको रिसेप्शनमा क्यास्केडका साथै अस्ट्रेलियाको अन्य सम्पदा स्थलका ब्रोसरहरू निःशुल्क वितरणमा राखिएका छन् भने विभिन्न लेखक र पर्यटकहरूद्वारा लिखित पुस्तकहरू बिक्रीमा राखिएका छन् । त्यहाँ विश्व सम्पदा संरक्षणको लागि इच्छुकहरूबाट चन्दा दिन अनुरोध लेखिएको सूचना पाटी पनि टाँगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *