सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
भक्तपुर, २८ माघ । चीनबाट फर्काइएका नेपालीलाई नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटीमा क्वारेन्टाइन स्थल राख्ने नेपाल सरकारको निर्णयको विरोधमा स्थानीय झन्डै ३५० जनाले हस्ताक्षर गरी मङ्गलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइयो ।
विरोधपत्रमा भनिएको छ, “छिमेकी देश चीनको उहानबाट सुरु भएको नोवेल कोरोना भाइरसविरुद्धको लडाइँमा चिनियाँ सरकार र जनतालाई यथासम्भव सफलता मिल्ने कामना गर्न चाहन्छु । चीन सरकारले कोरोना भाइरसका बिरामीहरूको उपचार गर्न दश दिनभित्र हजारौँ शैय्याका अस्पतालहरू तयार गरी सञ्चालनमा ल्याएको प्रशंसनीय छ, ती बिरामीहरूको रोग नियन्त्रण र उपचार गर्न सम्पूर्ण उपाय र स्रोत खर्चिरहेको पनि प्रशंसनीय छ, हजारौँ बिरामी पूर्णरूपमा उपचार गरेर घर फर्केको समाचार पनि प्रशंसनीय छ । चीन सरकारले चीनमा रहेका नेपालीहरूको स्वास्थ्यलगायत सम्पूर्ण सेवाको सुरक्षा जिम्मा लिएको पनि सकारात्मक पक्ष हो ।
यतिबेला नेपाल सरकारले उहानमा रहेका नेपालीहरूलाई नेपाल फर्काउने तयारी गरिरहेको छ । सरकारले उनीहरूलाई घनाबस्तीभित्र परेको भक्तपुरको नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्र खरिपाटीमा राख्ने गरी क्वारेन्टाइनस्थल बनाउन लागिएकोमा हाम्रो विरोध छ । उनीहरूको लागि क्वारेन्टाइनस्थल काठमाडौँ उपत्यकाबाहिर घनाबस्तीबाट टाढा राख्नु आवश्यक छ ।
८० लाखभन्दा बढी मानिस रहेको काठमाडौँ उपत्यकाको घना मानव बस्तीभित्र क्वारेन्टाइनस्थल बनाउनु उपयुक्त छैन । क्वारेन्टाइनस्थल काठमाडौं उपत्यकाबाहिर मानव बस्तीबाट टाढा राख्नु आवश्यक छ । क्वारेन्टाइनस्थलको मापदण्ड विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार निर्धारण गर्नु उपयुक्त हुनेछ ।
जनताको विरोध हुँदाहुँदै आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवले खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरण तालिम केन्द्रको स्थलगत निरीक्षण गर्नुको जनताको अभिमत विरोधी गतिविधि हो । तसर्थ, हामी स्थानीयवासीहरू चीनबाट फर्काइनेहरूको क्वारेन्टाइनस्थल भक्तपुरको खरिपाटीमा राख्न नहुने व्यहोरासहित सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष यो विरोधपत्र पेश गर्दछौँ । यस क्षेत्रका जनताको यो विरोधको आवाजलाई सरकारले सकारात्मकरूपमा लिएर भक्तपुरमा क्वारेन्टाइनस्थल नराख्ने अपेक्षा गर्दछौँ ।
Leave a Reply