मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
चीनबाट सुरू भएको कोभिड–१९ भाइरसको सङ्क्रमण अहिले चालीसभन्दा बढी देशमा फैलिसकेको छ । दक्षिण कोरिया, इरान, जापान, इटालीलगायतका देश चीनपछि सबभन्दा बढी प्रभावित बनेका छन् । सबै देशले आफ्नो भूमिमा यो प्राणघातक भाइरस फैलिन नदिन विशेष सावधानी अपनाउन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनले विशेषतः कमजोर स्वास्थ्य प्रणाली भएका देशमा यो भाइरस फैलिएर हुनसक्ने सम्भावित क्षतिबारे चिन्ता र चासो व्यक्त गरिरहेको छ । स्वास्थ्य प्रणालीमा अब्बल मानिएका देशमा समेत यो भाइरसले यत्रो नरसंहार मच्चायो भने फितलो स्वास्थ्य प्रणाली भएका नेपालजस्ता देशमा यसको सङ्क्रमण भयावह हुने छ ।
कोभिड–१९ भाइरस फैलिने उच्च जोखिम भएका देशमा नेपाल एघारौँ नम्बरमा पर्छ भने सबभन्दा कमजोर पूर्वतयारी भएका देशमध्ये नेपाल तेस्रो नम्बरमा पर्छ । यसको अर्थ नेपालमा उचित सावधानी र पूर्वतयारी गर्न नसके कुनै पनि बेला कोभिड–१९ को सङ्क्रमण नेपाल पस्नसक्छ । डेङ्गुको सङ्क्रमण रोकथाम गर्नसमेत नेपाललाई हम्मेहम्मे परेको थियो भने कदाचित कोभिड–१९ को सङ्क्रमण फैलिए नेपाली जनताले निकै दुःख सामना गर्नुपर्नेछ । तसर्थ नेपाल सरकारले यो रोगको सङ्क्रमण नेपाल पस्न नदिन सबै सावधानी र पूर्वतयारी गर्न जरुरी छ । विशेषतः नेपालीहरूको धेरै आवतजावत हुने देशहरू चीन, दक्षिण कोरिया, जापान र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को सङ्क्रमण फैलिएबाट नेपालले अझ बढी सजगता अपनाउन जरुरी छ ।
विडम्बना ¤ नेपाल सरकारले विदेशसँग सबभन्दा पहिलो सम्पर्क हुने ठाउँहरू–अन्तर्राष्ट्रिय विमानस्थल र सिमाना नाकाहरूमा अझ पनि उचित खालको प्राविधिक बन्दोबस्त गरेको छैन । कोभिड–१९ को सङ्क्रमण फैलिएका देशहरूबाट फर्केका स्वदेशी तथा विदेशी नागरिकहरूको उचित स्वास्थ्य परीक्षण भइरहेको छैन । छिमेकी देश भारतले नेपाल हुँदै आफ्नो भूमिमा प्रवेश गर्ने हवाई तथा थल यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गरिसकेको छ । छिमेकीले थालेको यस्तो सावधानीका कदमबाट नेपालले अझै सिक्न सकेको छैन ।
कदाचित सङ्क्रमण फैलिए रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले पूर्वाधार र जनशक्ति तयारी अवस्थामा राख्न ध्यान दिनुपर्छ । उहानमा दसौँ हजार स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताको दक्षता र दिनरातको मिहिनेतका कारण आज त्यहाँको अवस्थामा केही सुधार आएको छ । उनीहरूले अस्पतालमा शैय्या नपुगेर खेलमैदान, रङ्गशाला, कलेज र विद्यालयका भवनसमेत प्रयोग गरेका थिए । त्यत्तिले पनि नपुग्दा साता दिनभित्र दुई वटा अस्पताल निर्माण गरेका थिए । त्यस्तो आपत्कालीन अवस्थाको निम्ति नेपालसँग जनशक्ति र पूर्वाधार पुग्दो छ वा छैन, यो विषयमा सरकारका जिम्मेवार निकायले ध्यान दिन जरुरी छ ।
नेपालमा रोग पस्न नदिने भरमग्दुर व्यवस्था गरौँ । सबै नाकाबाट भित्र पस्ने र बाहिर जाने मानिसको आवश्यक पूर्ण स्वास्थ्य परीक्षणको बन्दोबस्त गरौँ । भारतसँगको खुला सिमानाको कारण यो काम त्यत्ति सहज त पक्कै छैन । तथापि, अहिले नै त्यस विषयमा गम्भीर बन्नुको विकल्प पनि छैन । सबै स्वास्थ्यकर्मी र हाल अध्ययनरत वा तालिम लिइरहेका विद्यार्थीलाई पनि यसको निम्ति तयारी अवस्थामा राख्न जरुरी छ । महिला स्वयंसेविकाहरूलाई यसबारे जानकारी दिने र तयारी अवस्थामा राखिनुपर्छ । चीनमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताले हासिल गरेका अनुभवबाट नेपालले पनि सिक्न सक्छन् । सरकारले कुनै पनि अस्पताललाई खाली गरी यो रोगको सङ्क्रमितलाई मात्र राख्ने व्यवस्था गर्ने विषयमा पूर्वतयारी गरिरहेको बताइन्छ । देशका सबै प्रमुख सहरमा सरकारले त्यस्तो व्यवस्थाको निम्ति पहल गर्न आवश्यक छ । मास्क, स्वास्थ्यकर्मीको लागि विशेष पोशाक, औषधि आदि आवश्यक सामग्रीको जोहोमा ध्यान दिन जरुरी छ ।
नेपालका सञ्चार क्षेत्रले खेल्नुपर्ने र खेल्नसक्ने भूमिकाबारे पनि आवश्यक तयारी गर्नुपर्छ । पूर्वतयारी रोग रोकथाम र नियन्त्रणको सबभन्दा प्रमुख र प्रारम्भिक काम हो । सरकारले गर्ने यो तयारी सङ्क्रमण नफैलिए पनि खेर जानेछैन । भविष्यमा आउनसक्ने कुनै पनि खाले महामारी नियन्त्रणको लागि यो अनुभव अमूल्य हुनेछ ।
Leave a Reply