भर्खरै :

आठौँ सुर्खेत सम्मेलन सम्पन्न, साम्प्रदायिक भावना त्यागौँ, पार्टी अनुशासन पालना गरौँ

वीरेन्द्रनगर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ सुर्खेत जिल्ला सम्मेलन आइतबार सम्पन्न भयो । सम्मेलनको बन्द सत्रबाट हरिबहादुर बोहराको अध्यक्षतामा १७ सदस्यीय नेमकिपा सुर्खेत जिल्ला समिति गठन भएको छ ।
नयाँ समितिलाई सपथ गराउँदै नेमकिपाका सचिव प्रेम सुवालले संसारको मजदुर आन्दोलन र कम्युनिस्ट आन्दोलनबाट कार्यकर्ताहरूले शिक्षा लिनुपर्छ भन्नुभयो ।
साम्प्रदायिकता भावना त्यागेर पार्टी अनुशासनलाई जिम्मेवारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “पार्टीले अघि बढाउने हरेक आन्दोलनमा पार्टी कार्यकर्ताहरू सक्रियतापूर्वक सहभागी हुनुपर्छ । आम्दानीको आधारमा पार्टीलाई सहयोग गर्नु कार्यकर्ताको कर्तव्य हो ।”
एनजीओ र आईएनजीओमा सदस्य हुन र सहकारी तथा बैङ्कको सञ्चालक समितिमा सदस्य हुन पार्टीको अनिवार्य स्वीकृति लिनुपर्ने चर्चा गर्दै उहाँले पार्टी प्रकाशनबारे नियमित अध्ययन र अन्तरक्रियामा कार्यकर्ताहरू सधैँ अग्रसर हुनुपर्छ भन्नुभयो ।
बन्द सत्रमा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पार्टी कार्यकर्ताहरूले पार्टी निर्देशनअनुसार देशमा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहनुपर्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले अमेरिकी साम्राज्यवादले हतियारको व्यापार गरी संसारमा आतङ्क फैलाउने दुष्कार्य गरिरहेको छ भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट बचाउने जिम्मा नेमकिपा हो, उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू र इन्जिनियर समाजका नरेश खत्रीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *