भर्खरै :

भक्तपुरका दुई जना बक्सर फाइनलमा

भक्तपुर, २१ फागुन । वीर गणेशमान सिंह बक्सिङ प्रतियोगिता प्रदेश ३ छनोट प्रतियोगितामा भक्तपुर नगरपालिकाका सनम गोसाईं (६९ के.जी.) र अस्मिता दुवाल (४५ के.जी.) फाइनलमा पुग्न सफल भएका छन् ।
बुधबार भएको सेमिफाइनल खेलअन्तर्गत महिलातर्फको ४८ के.जी. तौल समूहमा अस्मिता दुवाल (भक्तपुर) ले सरस्वती बोहरा (रामेछाप) लाई पराजित गर्न सफल भइन् ।
पुरूषतर्फ ५२ के.जी.मा मदनकृष्ण डंंगोल काठमाडौँले बुद्ध लामा मकवानपुर पराजित गरे । त्यस्तै ६५ केजीमा प्रशान्त लामा नुवाकोटले सविन राजक काठमाडौँलाई, शक्ति लामा सिन्धुपाल्चोकले अजय तामाङ्ग रामेछापलाई, ६० केजीतर्फ सुरोज महर्जन काभ्रेले विराज कार्की चितवनलाई, मौसम राना मगर काठमाडौँले अङ्कित शाही सिन्धुपाल्चोकलाई, ६४ केजीतर्फ शौरभ विमली नुवाकोटले सुमन श्रेष्ठ रामेछापलाई, आश्विन श्रेष्ठ काठमाडौँले विवेक गुरूङ चितवनलाई पराजित गरेका छन् ।
त्यस्तै ६९ केजीमा समन गोसाई भक्तपुरले आदर्श सिग्देल चितवनलाई हराई जित हासिल गरेका छन् । ७५ केजीमा कोशिश श्रेष्ठ सिन्धुपाल्चोकले सरियान्स प्रजापति रामेछापलाई पराजित गरी फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *