दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि हुँदा सरकार किन मौन ?
- भाद्र ८, २०८३
देशका कुना–कन्दरा, गाउँ–ठाउँ जहाँ स्थायी–अस्थायी शिक्षक जान मानेका छैनन् र जान सकेका छैनन् । शिक्षक अभाव भएका यस्ता दुर्गम ठाउँमा गएर देशमा निकै कम जनशक्ति भएका विषयहरू इन्जिनियरिङ, कृषि–विज्ञान, कानुन, विज्ञान, गणित र अङ्ग्रेजी आदि विषयहरू पढाएर उर्वर र ऊर्जाशील उमेर राज्यको सेवामा खर्चेर फेरि पनि अस्थायी करार राहतलाई जस्तै म्याद थप–थप गरी लामो समय स्वयंसेवा गर्नु परेमा वा गराएमा उहाँहरूलाई त्यतिकै बिदा गर्नु परे उहाँहरूप्रति अन्याय होला ¤ त्यसैले कम्तीमा प्रत्येक ६–६ महिनामा लाइसेन्स परीक्षा र प्रत्येक ६–६ महिनामै आयोगले खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षककै नियुक्ति गर्नुपर्छ ।
शिवराम बोहजू फेसबुकबाट
शिक्षामन्त्री उल्टो दिशातिर हिँडिरहनु भएको छ । हिजो अस्थायी शिक्षकलाई बिदाइ गर्ने नाममा नाटक मन्चन गरियो । आज फेरि अस्थायी शिक्षकलाई पुनः निरन्तरता दिंदै छ र समस्यालाई गाँठो पारिदैछ । विद्यालयमा एकै प्रकारका शिक्षक हुनुपर्छ भन्ने कुरामा सबैको एकमत हुँदाहुँदै पनि विद्यालयमा कार्यकर्ता भर्ति गर्ने कुत्सित राजनीतिक स्वार्थका कारण शिक्षा क्षेत्र प्रताडित भएको छ । कामना छ शिक्षा मन्त्रीलाई सद्बुद्धि आओस् ।
– नवराज पौडेल, फेसबुकबाट
Leave a Reply