भर्खरै :

नेपालीसँग लालपुर्जा भएको भूमि भारतमा कसरी पर्छ ?

सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदी पश्चिम भारतको भूभाग हो । यो सन्धिअनुसार महाकाली नदी सिधै नेपालको हो । सन् १९२० मा नेपाल र बेलायती भारतबीच महाकाली नदीमा शारदा बाँध बनाउने सम्झौता भयो । त्यसबेला नेपालमा राणाशासन थियो । सन् १९४७ मा बेलायतबाट भारतमुक्त भयो । सन् १९५० मा नेपालमा राणाशासनको अन्त्य भयो ।
भारतले शारदा बाँध बनाउन महाकाली नदी पूर्वको नेपाली भूमि ४ हजार एकड कब्जा ग¥यो र त्यसवापत नेपालीलाई नेरु ५० हजार क्षतिपूर्ति दियो । शारदा बाँधको आयु ७० वर्ष भनिएको थियो । सन् १९९० मा शारदा बाँध बनाउन भारतले कब्जा गरेको नेपाली भूमि स्वतः नेपालको हुनुपर्ने थियो ।
भारतले एकतर्फीरूपमा नेपालमा पञ्चायत व्यवस्थाको अन्त्यतिर शारदा बाँधको उत्तरतर्फ महाकाली नदीमा टनकपुर बाँध बनायो । यो बाँधबारे नेपालमा विरोध भयो । सन् १९९० मा नेपालमा पञ्चायत व्यवस्थाको अन्त्य भयो । लगत्तै प्रधानमन्त्री भएका नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाले भारतसँग टनकपुर सम्झौता गरे । सुरुमा एमालेले त्यो सम्झौताको विरोध गरेको थियो । पछि पश्चिमबाट सुर्य उदाउने भन्दै एमालेले शारदा व्यारेज, टनकपुर बाँध र पञ्चेश्वर परियोजनासमेत जोडेर भारतसँग एकीकृत महाकाली सन्धि गर्न नेकाको सरकारलाई सहयोग ग¥यो ।
भारतले टनकपुर बाँधको पूर्वतर्फको तटबन्ध बनाउन नेपालको भूभाग ५७७ मिटर लम्बाई बराबरको २.९ हेक्टर कब्जा गरेको थियो । यसकारण हुनुपर्छ बीस वर्ष अगाडिसम्म टनकपुर बाँधको बीचमा नेपालको झण्डा पनि थियो । टनकपुर बाँध पुग्ने नेपालीले बाँध पूर्व नेपाली भूमिमा गाडी रोकेर जान पाउँथे । पछि भारतीय एसएसबी बाँधको पूर्व नेपाली भूमिमा कब्जा गर्न आयो । अहिले बाँधको पूर्वी तटबन्ध जोडिएको नेपाली भूमिमा भारतले सडक कालोपत्र गरी कब्जा गरेको छ । नेपालको ब्रम्हदेव बजारसमेत भारतले कब्जा गरिरहेको छ ।
ब्रम्हदेव बजारमा रहेको प्रहरी चौकीको दरबन्दी २३ छ । तर, त्यहाँ उपस्थिति भने ७ जनामात्र छन् । यसले एमाले, माओवादी र नेकाको सरकार सीमा सुरक्षामा सचेत नभएको र भारतीय विस्तारवादसामु लम्पसार परेको पुष्टि हुन्छ । टनकपुर बाँध पूर्व सीमा स्तम्भ छ । तर, सिमाङ्कन स्पष्ट नहुँदा भारतीय एसएसबीको अतिक्रमण बढ्दो छ । सिमाङ्कनको लागि खटिने नेपाली टोली भारतको अगाडि बोल्न सक्दैन । यसकारण, ब्रम्हदेव बजार नै भारततर्फ पर्ने गरी सिमाङ्कन हुनेमा स्थानीय जनता त्रसित छन् ।
महाकाली नदीको पूर्वपट्टि कञ्चनपुरको दक्षिण क्षेत्रमा दुई वर्षअघि भारतीय एसएसबीले सीमा अतिक्रमण गर्दै स्थानीय नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको थियो । विसं २०२२ सालमा नापी टोलीले गरेको नापीअनुसार लालपुर्जा पाएका बेलौरीका नेपालीहरूको भूमि अहिले भारततर्फ परेको छ, साढे दुई किमि दुरीमा रहने मुख्य सीमास्तम्भको बीचमा अहिले सहायक सीमा स्तम्भ राखिँदा नेपाली नापी टोलीले भारतसामु बोल्न सकेन र कैलाली र कञ्चनपुरमा मात्रै एक सय विघा भूमि भारततर्फ परेको स्थानीयको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *