भर्खरै :

सरकार ! सत्य के हो, जवाफ देऊ

मङ्गलबार आयोजित सञ्चारकर्मी भेटघाटमा वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दिक्षितले सरकारले कोभिड–१९ को परीक्षण नै नगरी सङ्क्रमण नभएको दाबी गर्नु जनताप्रति धोखा भएको बताउनुभयो । उहाँले नेपाल सरकारले परीक्षणको लागि परीक्षण सामग्री (टेस्ट किट्स)को व्यवस्था नगरेको आरोप लगाउनुभयो । उहाँले सरकारसँग भएका परीक्षण सामग्री भीआईपीको लागि मात्र सुरक्षित राखिएको बताउनुभयो । जनजीविकाका विभिन्न विषयमा बोलिरहने चिकित्सक दिक्षितका यी दाबीमा कति सत्यता छ, सरकारले प्रस्ट पार्न जरुरी छ । के वास्तवमै नेपालमा रोगको परीक्षण नगरिएकैले सङ्क्रमण नफैलिएको भान पारिएको हो ? विभिन्न सञ्चारमाध्यमले अस्पतालमा कोरोना भाइरस हो कि भनी उपचारका लागि आएका ‘मौसमी रुघाखोकीका बिरामी’को सङ्ख्या बढेको समाचार प्रकाशित गरेका छन् । ती मानिसलाई वास्तवमा मौसमी रुघाखोकीमात्र नै लागेको हो वा कोरोना भाइरसको परीक्षण गर्न सम्भव नभएकोले रुघाखोकी भनी घर फर्काइएको हो ?

केही दिनअघि कोभिड–१९ को प्रतिरोधमा लड्ने नाममा प्रधानमन्त्री कार्यालयमा स्प्रे गरियो । तर, सरकारले जनता बस्ने बस्ती, गाउँ, गल्लीमा स्प्रे छर्ने विषयमा केही तदारुकता देखाइरहेको छैन । सरकारले केही गरिरहेको भान पार्नमात्र यस्ता गतिविधि गर्नुले खासमा प्राणघातक महामारीजन्य कोभिड–१९ नियन्त्रण र रोकथाम गर्नसक्दैन ।
सरकारले आइसोलेसन शैय्या बढाउने निर्णय गर्नु उचित निर्णय हो । तर, काठमाडौँ उपत्यकालाई मात्र मध्यनजर राखेर सरकारले गरेको निर्णयले कुनै पनि सहर वा गाउँमा फैलिन सक्ने महामारी नियन्त्रणमा सरकारको ध्यान मनग्य पुगेको देखिंदैन । उपत्यकाको जनसङ्ख्याको लागि एक हजार आइसोलेसन शैय्या अपुग छ । आकस्मिक र अस्थायी अस्पतालको बन्दोबस्त गर्न सकिने ठाउँको पहिचान र तयारी पनि थालिनुपर्छ ।

१४ मार्चमा ‘हफपोस्ट’ नामको अनलाइन पत्रिकामा प्रकाशित एक समाचारअनुसार छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी न्यून हुनुको कारण न्यून परीक्षण भएर हुनसक्ने आशङ्का व्यक्त गरिएको छ । भारतीय विज्ञहरूले परीक्षण नै थोरै सङ्ख्यामा गरिएको हुनाले न्यून सङ्ख्यामा बिरामी भएको हुनसक्ने तर यथार्थमा सङ्क्रमितको सङ्ख्या अहिले भनिएको भन्दा धेरै बढी हुनसक्ने बताएका छन् । भारतमा हालसम्म कोभिड–१९ भाइरसको सङ्क्रमणका कारण मर्नेको सङ्ख्या ३ र सङ्क्रमितको सङ्ख्या १२५ मात्र छ । एक अर्ब २० करोडभन्दा बढी जनसङ्ख्या भएको देश भारतमा यति न्यून सङ्क्रमित हुनसक्ने विज्ञहरूको भनाइ हो । विज्ञ चिकित्सकहरूका यी धारणालाई हलुकारूपमा लिनु घातक हुनसक्छ ।
संसारका धेरै कोभिड–१९ प्रभावित देशमा बिरामीमा एकै चोटि रोगको लक्षण देखिने नगरेको अनुभव छ । त्यसकारण रोगका कुनै लक्षण नदेखिएको मानिस पनि यो रोगबाट सङ्क्रमित हुनसक्छ । तर, अस्पतालमा रुघाखोकी र ज्वरोको बिरामीलाई कोरोनाको परीक्षण सामग्री नभएकोले सामान्य मौसमी रुघाखोकी भनेर फिर्ता पठाउँदा कोभिड–१९ को सङ्क्रमण अझ व्यापकरूपमा फैलिन सक्ने सम्भावना बढी हुन्छ । यस्तो लापरबाहीले कालान्तरमा धेरै ठूलो धोखा हुनसक्छ ।
सीमा नाकामा हेल्थ डेस्क राख्ने सरकारको निर्णय झाराटार्ने काममात्र भएको छ । भारतसँगको खुला सिमानाका कारण मानिसको आवतजावतमा कुनै नियन्त्रण र कडाइ छैन । एउटा टेबुल र दुई कुसीमा दुई मानिस बसेर हेल्थ डेस्क स्थापना भएको मान्न सकिन्न । उनीहरूले पारिबाट आएका सबै मानिसको स्वास्थ्य अवस्थाको राम्ररी परीक्षण गरिरहेका छैनन् ।
केही दिनअघि कोभिड–१९ को प्रतिरोधमा लड्ने नाममा प्रधानमन्त्री कार्यालयमा स्प्रे गरियो । तर, सरकारले जनता बस्ने बस्ती, गाउँ, गल्लीमा स्प्रे छर्ने विषयमा केही तदारुकता देखाइरहेको छैन । सरकारले केही गरिरहेको भान पार्नमात्र यस्ता गतिविधि गर्नुले खासमा प्राणघातक महामारीजन्य कोभिड–१९ नियन्त्रण र रोकथाम गर्नसक्दैन ।
सरकारले आइसोलेसन शैय्या बढाउने निर्णय गर्नु उचित निर्णय हो । तर, काठमाडौँ उपत्यकालाई मात्र मध्यनजर राखेर सरकारले गरेको निर्णयले कुनै पनि सहर वा गाउँमा फैलिन सक्ने महामारी नियन्त्रणमा सरकारको ध्यान मनग्य पुगेको देखिंदैन । उपत्यकाको जनसङ्ख्याको लागि एक हजार आइसोलेसन शैय्या अपुग छ । आकस्मिक र अस्थायी अस्पतालको बन्दोबस्त गर्न सकिने ठाउँको पहिचान र तयारी पनि थालिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *