कृत्रिम बौद्धिकताबारे तालिम सम्पन्न
- जेष्ठ १०, २०८३
हरेक वर्ष नयाँ साल आएजस्तैे २०७७ नयाँ साललाई स्वागत गरौँ ! हिजोका हाम्रा कमी–कमजोरी हटाऔँ र गर्न नभ्याएका राम्रा कामहरू यसवर्ष सकौँ – देश र जनताको निःस्वार्थरूपले सेवा गरौँ !
हिजोका वर्षहरूमा हामीले जानेर–नजानेर आफ्नो मात्रै हित हेरेर आ–आफ्ना पदलाई नसुहाउने र आ–आफ्नो गच्छेअनुसार देश अनि जनताको सेवामा कञ्जुसी ग¥यौँ होला, त्यस्तो परिस्थिति छ भने आजैदेखि सचेत भई आफ्नो व्यवहारमा सुधार गरौँ !
समाजमा कम आम्दानी भएका मानिस पनि छन् । तिनीहरूले आफ्नो धनले जनताको सेवा गर्न सकेनन् तर पानी बोकी जात्रा–पर्व र अनेक कार्यक्रमहरूमा सहभागीहरूलाई पानी खुवाई सेवा गरे, गर्दै छन् । स–साना कर्मचारी, शिक्षक, किसान, मजदुर र सीमित आम्दानी भएका पुरुष तथा महिला टोल र गाउँमा हुने सफाइआन्दोलनमा सहभागी हुन्छन्, बाटोमा इँटा छपाइ, पोखरीको सफाइ र मर्मत कार्यमा स्वयम्सेवक भई सहयोग गर्छन् तथा केहीले २–४ सय रुपैयाँको सहयोग गर्छन् ।
टोल–टोल र गाउँका पौवा–पाटी, ढुङ्गेधारा तथा मन्दिर र सत्तलको मर्मत एवम् पुनः निर्माणमा सहयोग गर्छन्, आ–आफ्ना पुस्ताले राखेका दत्तहरूलाई टोल–छिमेक, वार्ड समिति र नगरपालिकाले मर्मत एवम् पुनः निर्माण गर्दा २–४ लाख रुपियाँ चन्दा दिएर पनि सेवा गरेका धेरै उदाहरण छन् ।
तर, यही समाजमा महिनाको १०–१५ हजार तलब वा आम्दानी गर्ने दाजु–भाइले महिनामा २–४ सयदेखि १–२ हजार चन्दा दिएर आ–आफ्नो सङ्गठन र संस्थालाई सहयोग गर्छन् भने हाकिम भई टोपलेका, महिनाको ५०–६० हजार तलब भएका खाता–पिता व्यक्तिले महिनाको ५–७ सय मात्रै चन्दा दिएको थाहा पाएपछि सबै आश्चर्य मान्छन् ।
त्यस्ता हाकिम र नेताहरू आफ्ना कार्यालय एवम् संस्थाका साथीहरूको मुख पनि हेर्न सक्दैनन् र सकेसम्म कोठामै बसेर संस्थाको काम चलाउँछन् । शरम् र लाज लागेकै हो भने आफ्नो व्यवहारमा परिवर्तन ल्याएमात्रै अनुहारमा चमक देखापर्नेछ तथा आफ्नो सानो चित्त र पापबाट मुक्ति पाउनेछन् । त्यस्ता आमा–बाबुको प्रभाव केटाकेटीमा पर्ने र ती केटाकेटीले आफ्नो अभिभावकको एकदिन खुलेर विरोध गर्नेबारे कुनै शङ्का छैन । समाजमा देखिएको व्यावहारिक परिणाम यही हो ।
हिजो उपत्यकामा एउटा नगरपालिकाले यो ‘बन्दाबन्दी’ वा ‘लकडाउन’ को सिलसिलामा जनताको अप्ठेरोबारे सहयोग गर्न सरकारकोे एकद्वार प्रणालीको नीतिअनुसार स्थानीय तहमार्फत राहत सामग्री वितरण ग¥यो । झन्डै एक लाख जनता बसोबास गर्ने एक स्थानीय तहमा २ हजार २ सय ५३ परिवारले राहत साम्रगी प्राप्त गरे भने उपत्यकाकै अर्को नगरपालिकाको २ वटा वडामा २२ हजारभन्दा बढी राहत प्राप्त गर्नेहरूको सूची तयार गरे ।
शासक दलका कार्यकर्ताहरूले आफूलाई मत दिएको हरेक घरमा गई परिवार सङ्ख्या र नाम राहत सुचीमा लेखे तर सम्पन्न व्यक्तिहरूले समेत लज्जास्पद काम गर्दा टोलमा प्रश्न उठ्नु स्वाभाविक छ । ती घरभेटीहरू उत्तर दिन्छन् – पाँच तले घर भएर के गर्ने सिमेन्ट र इँटा खानु भएन बैङ्क अहिले बन्द छ !एउटा उखान छ– ‘राजाले तेल बाँड्दा ओढ्नेमा भएपनि थाप्नुपर्छ, पछि घरमा आएर निचोर्ने हो ।’
अब हामी जनताले समाज नसुहाउने पुराना उखान त्याग्नुपर्छ, बरु सक्नेले अरूलाई सहयोग गर्नु राम्रो हो । हामीले विदेशमा पुँजी लगानी गर्ने अरबपति र खरबपतिको सिको नगरौँ, हामी जनताले भित्री हृदयदेखि कोरोना भारइरस (कोभिड–१९) को महामारीको दुःखमा देश र जनताको निःस्वार्थरूपले सेवा गरौँ ¤ राजनैतिक कार्यकर्ताहरूले नै यसमा प्रतिबद्धता देखाउनु जरूरी छ ।
Leave a Reply