भर्खरै :

प्रधानमन्त्री मोदी प्रश्नको घेरामा

भारतीय प्रधानमन्त्री मोदीले असारको पहिलो हप्ताको सर्वदलीय बैठकमा ‘भारतको वास्तविक नियन्त्रण रेखा’ (एलएसी) मा कोही विदेशी नआएको र कुनै लडाइँ वा घटना पनि नभएको बताए पनि २० जना भारतीय सिपाहीलाई कसले मा¥यो वा कहाँ र कसरी मारिए भन्ने प्रश्नको उत्तर दिन उनी असमर्थ भए । तर, सेनाको गुप्त विषय खुला गर्न नहुनेबारे भारतका प्रचारमाध्यममा फरक–फरक अड्कलबाजी र समाचारहरू सुनिए ।
सम्भाव्यता के होला ? सत्य त्यही हो भने सम्भवतः भारतीय सिपाहीहरूलाई चीनको नियन्त्रण रेखाभित्र निर्माण गरिएको चिनियाँ चौकी वा पक्की संरचना भत्काउन रातको १ बजेअघि नै पठाइएको हुनुपर्छ, जहाँ चिनियाँ सिपाहीसँग हात हालाहाल वा भिडन्त भयो होला ¤ भिरालो र नयाँ क्षेत्रमा झगडा भएको हुँदा पहाडबाट खसेर वा हाम फाल्दा भारतीय सिपाहीहरू हताहत भएको अनुमान गर्न सकिन्छ ।
भारतीय प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा भारतीय जवानहरूसँग हात–हतियार नभएको बताएका थिए । हातहतियारविना २० जना सैनिक जवानहरू कसरी र कहाँ मारिए भन्ने प्रश्नको उत्तर दिन नसक्दा राजनैतिक दलका नेताहरू सबै आश्चर्यमा परे ¤ मोदीको यस्तो भनाइले अनेक अड्कलबाजी गर्नु स्वाभाविक थियो ।
भारतीय प्रचारमाध्यमले भारतीय सेनाका पराक्रमहरूको पुराना दृश्यहरू टेलिभिजनमा देखाए । तर, ती दृश्यहरू सिनेमाका हुन् वा साँच्चै भएका घटनाका हुन् भन्न सक्ने स्थिति देखिन्न । राती अनकन्टार ठाउँहरूमा अचानक भएका भिडन्तहरू कसरी दृश्यमा देखिए ¤? दर्शकहरूले शङ्का गर्नु स्वाभाविक हो ।
भारतीय प्रचारमाध्यमको बौद्धिक दरिद्रता
भारत एक प्राचीन देश हो । दर्शन, साहित्यलगायत अन्य धेरै क्षेत्रमा भारतको प्रशंसा विश्वव्यापी छ । तर, भारत र चीनबीचको सीमा विवाद तथा सीमामा भएका स–साना भिडन्तबारे भाजपाको प्रचारमाध्यमले गरेका प्रचार–युद्धको भाषा, प्रस्तुति सुन्दा र हेर्दा भारतले भारतीय सभ्यता र उच्चस्तरीय चिन्तन प्रणालीको प्रतिनिधित्व गर्न नसकेको प्रस्ट हुन्छ ।
२–४ वर्ष अघिदेखि नै भाजपाका नेताहरूको चीनसँगको सम्बन्ध जगजाहेर छ । भाजपा सरकारमा आएपछि भारतीय सञ्चारमाध्यमले चीनलाई गाली–गलौज र अमेरिकी साम्राज्यवादको तारिफ गर्न सुरू ग¥यो । जसरी सन् १९६२ को सीमा भिडन्तमा भारत सरकारले अमेरिकाबाट आर्थिक सहायता लिँदै गयो, त्यसरी नै भारत सरकारले चीनमाथि गालीको वर्षा ग¥यो, मानौँ भारतलाई २०० वर्ष उपनिवेश बेलायतले होइन चीनले बनाएको हो ।
भाजपाको सरकारले आज पुनः ट्रम्पको गुणगान र प्रशंसा सुरू गरेको छ । मानौँ, राम–कृष्ण, शिव–विष्णु नै अमेरिकी साम्राज्यवादका नायक हुन् ! अमेरिका र सारा संसारमा ट्रम्प र संरा अमेरिकाको विरोध भइरहँदा भारतमा उनीहरूकै भजन गाइरहेकोमा संसारका सचेत र प्रगतिशील जनता आश्चर्यमा छन् !
भारतीय सञ्चारमाध्यमलाई थाइवान (फार्मोसा), हङ्कङ् र तिब्बत चीनकै अङ्ग हुन् भन्ने थाहा छैन, जसरी विहार र केराला भारतकै अङ्ग हुन् ! अस्ट्रेलियाले त बेलायतकै माहारानीलाई आफ्नो राष्ट्रप्रमुख मान्छ । बेलायत संरा अमेरिकाकै एक प्रतिविम्ब हो ।
सन् १९६२ मा चीन र भारतबीच सीमा झगडा बेलायती साम्राज्यवादी ‘म्याकमोहन’ लाइनकै कारण भएको थियो । अहिले पनि ‘गलवन’ क्षेत्रमा सीमा विवाद भइरहेको छ । बेलायती यात्रु र बेलायती साम्राज्यवादी योङ इज्वैनका एक दोभाषीको नामबाट २०० वर्ष अगाडि ‘गलवन’ नाम राखिएको भारतीय प्रचारमाध्यम बताउँछन् । के आफ्नो क्षेत्रको पहाड, पर्वत, नदी, नाला, भन्ज्याङ् र समतल जग्गाको नाम आफ्नै भाषामा राख्न सकिँदैन ? बेलायती साम्राज्यवादले छरेको झगडाको बिउकै पछि लागेर सबै छिमेकीहरूसँग झगडा गर्नु कुन बुद्धिमानी हो ? बुझी नसक्नु छ !
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको होइन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *