छिमेकी देश जनवादी गणतन्त्र चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको भएको आज ६५ वर्ष प्रवेश गरेको छ । सन् १९५५ को अगस्ट १ मा तत्कालीन नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारबीच कूटनीतिक सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसको पाँच वर्षपछि सन् १९६० मा दुई देशले एक अर्को देशमा आफ्नो दूतावास स्थापना गरेका थिए ।
चीनसँग नेपालको सम्बन्ध इतिहासभन्दा पुरानो छ । चिनियाँ बौद्ध भिक्षु फासियानले नेपालको यात्रा गरेदेखि नेपाली बौद्धमार्गी बुद्धभद्र चीन गएर बौद्ध साहित्यको अनुवाद गरेको ऐतिहासिक घटनाले नेपाल र चीनबीचको प्राचीन सम्बन्ध प्रस्ट पार्छ । नेपाली छोरी भृकुटीको तिब्बती राजासँगको विवाह र कलाकार अरनिकोको चीन यात्राले दुई देशबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्ध झल्काउँछ । सन् १९४९ मा जनवादी गणतन्त्र चीन मुक्त भयो । त्यसको एक वर्षपछि सन् १९५० मा नेपालमा राणा शासन समाप्त भयो र प्रजातन्त्र स्थापना भयो । बेलायती उपनिवेशवाद दक्षिण एसियाबाट फर्केपछि यहाँको शक्ति सन्तुलनले नयाँ मोड लियो । भारतमा उदाएको नयाँ शासक वर्गले बेलायती उपनिवेशवादकै विरासतलाई निरन्तरता दिने बाटो समात्यो । भारतीय शासकहरू विशेषतः भारतका उत्तरी क्षेत्रमा रहेका तीन देशहरू नेपाल, भुटान र सिक्किमलाई भारतका अन्य अधिराज्यलाई जस्तै आफूमा समाहित गर्न चाह्यो । त्यस परिस्थितिमा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाले नेपालको सार्वभौमिकता रक्षामा निकै महत्वपूर्ण भूमिका खेल्यो । इतिहासको समीक्षा गर्दा चीनसँग कूटनीतिक सम्बन्ध नजोडिएको भए नेपालको सार्वभौमिकता आज अहिलेको भन्दा कमजोर हुने थियो । भारतले उत्तरका चार वटा देशमध्ये काश्मिर र सिक्किमको सार्वभौम अस्तित्व समाप्त गरिसकेको छ भने भुटानको परराष्ट्र र सुरक्षा मामिला भारतकै नियन्त्रणमा छ । नेपाल ती देशको तुलनामा अझै पनि बलियो सार्वभौमिकताका साथ संसारको मानचित्रमा उभिएको छ ।
कूटनीतिक सम्बन्ध स्थापना भएयता चीन नेपालको सधैँ असल छिमेकी रह्यो । ‘मर्दा पर्दा’को असल छिमेकीको रूपमा चीनले नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालको अर्थतन्त्रका ‘लाइफलाइन’को रूपमा रहेका धेरै पूर्वाधार निर्माणमा चीनले सहायता गर्दै आएको छ । आज पनि चीन नेपालकै सबभन्दा बढी परिमाणमा सहयोग गर्ने देश हो । कोभिड–१९ महामारीको समयमा अपरिहार्य स्वास्थ्य सामग्री सहायतामा चीन सबभन्दा अग्रपङ्क्तिमा देखियो ।

नेपाल र भारतबीचको सम्बन्धमा कुनै न कुनै समस्या निम्त्याएर ‘फुट गर र राज गर’को चिन्तन बोक्नेहरू पनि कमी छैनन् । यद्यपि यस्ता सबै प्रतिकूलता छिचोलेर नेपाली र चिनियाँ जनता दृढतापूर्वक दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रभावकारी बनाउन उद्यत्त छन् । समयले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता उजागर गरिरहेको छ । चीनको लागि नेपाल र नेपालको चीन आवश्यक हुने दिनहरू अझै नजिकिरहेको छ । नेपाल र चीनको मैत्री सम्बन्ध जिन्दावाद !

नेपालले पनि चीनलाई खाँचो पर्दा सहयोग गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घमा चीनलाई सदस्यता दिलाउनदेखि सार्कमा पर्यवेक्षक देशको रूपमा प्रवेश गराउन नेपालले मद्दत गरेको छ । तिब्बतमा विखण्डनकारी शक्तिका गतिविधि नियन्त्रणमा नेपालले मद्दत गर्दै आएको छ । नेपालले ‘एक चीन नीति’ लाई स्वीकार्दै नेपाली भूमि चीनविरूद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता कार्यान्वयन गर्दै आएको छ ।
चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गरेको छैन । नेपाली जनताको मतलाई चिनियाँ नेतृत्वले कदर गर्दै आएको छ । माओदेखि सीसम्मको चिनियाँ नेतृत्व यो नीतिमा अडिग देखिन्छ । त्यसकारण पनि नेपाली जनताबीच चीनको छवि एक असल छिमेकीको हो, जसले खाँचो पर्दा मद्दत गर्छ, तर भान्छामा पसेर आज यो तिहुन पकाउनुपर्छ भनी आदेश दिंदैन । तथापि, नेपाल र चीनबीचको सुमधुर सम्बन्ध भने कतिपय अन्तर्राष्ट्रिय शक्तिलाई पाच्य हुन सकेको छैन । नेपाल र भारतबीचको सम्बन्धमा कुनै न कुनै समस्या निम्त्याएर ‘फुट गर र राज गर’को चिन्तन बोक्नेहरू पनि कमी छैनन् । यद्यपि यस्ता सबै प्रतिकूलता छिचोलेर नेपाली र चिनियाँ जनता दृढतापूर्वक दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रभावकारी बनाउन उद्यत्त छन् । समयले दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता उजागर गरिरहेको छ । चीनको लागि नेपाल र नेपालको चीन आवश्यक हुने दिनहरू अझै नजिकिरहेको छ । नेपाल र चीनको मैत्री सम्बन्ध जिन्दावाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *