भर्खरै :

मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन

ललितपुर, १९ साउन । रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो । विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्ष्य देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै जानकारी भइनसकेको गुठी संस्थान शाखा कार्यालयका प्रमुख राजन भुजुले बताउनुभयो ।
लोकेश्वरको रथ पुल्चोकबाट तानेर पहिलोपटक गाःबहाल, गाःबहालबाट तानेर मङ्गलबजार, मङ्गलबजारबाट तानेर सुन्धारा, सुन्धाराबाट तानेर लगनखेल, लगनखेलबाट रथ तानेर जावलाखेल लाने चलन रहेको थियो । यस वर्ष एकै दिनमा रथ तानेर जावलाखेल पु¥याउने कुरा पनि अघि बढिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
लिच्छवी राजा वरदेवले विसं ८०० मा पुल्चोकमा रथ बनाउन सुरु गराएका थिए । किंवदन्तीअनुसार नेपालमा एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि विसं ५४४ देखि ५५६ सम्म १२ वर्ष उनले यसैको झोकमा नवनागलाई आशन बनाए बस्दा अनिकाल र खडेरी भयो । यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *