शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
भक्तपुर, २५ साउन । शनिबार राति १०ः४० बजे भक्तपुरको सुर्यबिनायक न.पा. वडा नं. ८ जगातीमा भएको सवारी दुर्घटनामा परी एक जनाको निधन भएको छ । च्यामासिंहबाट जगातीचोक तर्फ जाँदै गरेको बा १९ च ३३८४ नं. को हात्ती गाडीले विपरित दिशातर्फबाट आउँदै गरेको बा ६६ प २८१० नं को मोटरसाइकल एक आपसमा जुध्दा भक्तपुर नपा कमलबिनायकका २९ वर्षका सुमन श्रेष्ठको निधन भएको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जानकारी दिएको छ ।
मोटरसाईकल चालक श्रेष्ठ गम्भीर घाईते भएको हुँदा तत्कालै उपचारका लागी भक्तपुर अस्पताल पठाईएकोमा उपचारकै क्रममा राति ११ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको । गाडी चालक रामेछाप जिल्ला, सुनापती गा.पा. ७ खनियापानी घर भई हाल जिल्ला काठमाण्डौ शंखमुल बस्ने वर्ष २१ को नारायण बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Leave a Reply