भर्खरै :

शाक्य र बज्राचार्यहरूको बच्चा जन्मँदा गरिने लोक संस्कारहरू

मानिसहरूले आफ्नो जीवनयापनको क्रममा विभिन्न व्यवहारहरू गर्दछन् । यस्ता व्यवहारहरू नै संस्कारहरू हुन् । सभ्यताको विकास क्रममा मानिसहरूले विभिन्न कालखण्डमा यस्ता व्यवहारहरू विभिन्न परिस्थिति तथा कारणले आफ्नो जीविनयापनको क्रममा गर्ने गर्दछन् । यस्तै व्यवहारहरू एकको अर्कोले सिक्दै जाने क्रममा संस्कारको रूपमा विकास भएको हो । यस्तो संस्कारले मानिसको जीवनलाई व्यवस्थित र सुसंस्कृत बनाउन निकै मद्दत गर्दछ । बाल बच्चा जन्मनुअघि देखि नै विभिन्न व्यवहारहरू गर्नुपर्दछ । बच्चा जन्मिसकेपछि नमरुञ्जेलसम्म विभिन्न व्यवहारहरू गर्नुपर्दछ । मानिस मरिसकेपछि पनि केही वर्षसम्म विभिन्न व्यवहारहरू गरिन्छ । यसरी गरिने व्यवहार नै संस्कार हो । संस्कारअन्तर्गत मानवले आर्जन गरेका यी समस्त कुराले आफ्नो वंश–परम्परा वा सामाजिक परम्पराबाट प्राप्त गर्दछ । मानिस सामाजिक प्राणी हो । उसको जीवन शैलीको निर्माणमा सामूहिक विश्वास, परम्परा, मूल्य मान्यताले संस्कारको रूप लिन्छन् । मानव जीवनसँग आबद्ध धर्म, दर्शन, चिन्तन, रचनात्मक आन्दोलन, आस्था, शिल्प, विश्वास, कला, सङ्गीत, नृत्य, आध्यात्मिक साधना, उपासना, चाडपर्व आदि सबै कुरा संस्कारभित्र पर्दछन् । संस्कार शब्दको अर्थ अङ्ग्रेजी भाषाको ऋगतिगचभ को पर्यायको रूपमा लिइएको छ । अङ्ग्रेजी भाषाको ऋगतिगचभ र च्ष्तगब िशब्दको नेपाली रूपान्तरण संस्कार हो । अङ्ग्रेजी भाषाको ऋगतिगचभ शब्द लेटिन भाषाको कलटुरा
(ऋगतिगचब) शब्दबाट आएको देखिन्छ । लेटिन भाषामा यसको अर्थ पशुपालन अर्थात् कृषि फर्म भने बुझिन्छ । ऋगतिगचभ शब्दको अर्थ त्यअगतिष्खबतभ हो । यसको अर्थ बीजारोपण हो । बीजारोपण गर्नु भनेको खराब चरित्रलाई परिष्कृत गरेर मानिसका परम्परागत सम्पूर्ण मूल्य र मान्यतालाई चम्किलो, उज्यालो र निखुट बनाई मस्तिष्कमा बीजारोपण गर्नु हो । कुनै निश्चित समूह वा राष्ट्रको परम्परा, कला, सामाजिक चलन नै संस्कार हो भनी शब्दकोषले परिभाषित गर्न खोजेको छ । हिन्दू नेवार तथा बौद्ध धर्मालम्बीहरूमा पनि फरक फरक लोक संस्कार रहेको छ । कतिपय लोक संस्कार मिल्दोजुल्दो पनि छ । बौद्ध धर्म अवलम्बन गर्ने शाक्य र बज्राचार्यहरूको जन्मदेखि मृत्युसम्म विभिन्न संस्कारहरू गर्नुपर्दछ । अझ बच्चा जन्मनुअघि र मानिस मरिसकेपछि पनि शाक्य र बज्राचार्यहरूमा विभिन्न संस्कार गर्ने गरिन्छ ।
शाक्य र बज्राचार्यहरूमा महिला गर्भवती भएको नौ महिनामा अर्थात् बच्चा पाउनुभन्दा केही दिनअघि माइती पक्षले दही चिउरा खुवाउने चलन छ । यसरी नौ महिनामा दही चिउरा खुवाएपछि त्यस गर्भवती महिला माइतीमा बस्नु वा सुत्नु हुँदैन । माइती पक्षले दही चिउरा खुवाएपछि घरबाट पनि दही चिउरा खुवाउने गरिन्छ । नौ महिना पूरा भएपछि बच्चाको जन्म हुन्छ । हिन्दू धर्मावलम्बी नेवारहरूमा दही चिउरा खुवाउने चलन थिएन । तर, वर्तमान समयमा हिन्दू नेवारहरूले पनि बच्चा जन्मनु केही दिनअगाडि दही चिउरा खुवाउने चलन सुरू गरेको पाइन्छ । महिलाले बच्चा पाएपछि बच्चा पाएको खबर माइती पक्षलाई दिन जाने चलन छ । यसरी खबर दिन जाँदा खबर दिन जाने मान्छेले घ्यू, चाकु लिएर जान्छ । यसरी जाने चलनलाई नै घ्यू चाकु कंक वानेगु भनिन्छ । यसरी जाने क्रममा छोरा भए चाकु एउटा, जाइफल एउटा र सुन्तला रङ्गको अविर अलिकति लाने गरिन्छ भन्ने छोरी पाएमा घ्यू, चाकु र अविर आधामात्र लाने गरिन्छ । यसरी लगेकै दिनमा माइती पक्षले त्यसमा जति ल्याएको हो त्यत्ति नै थपेर पठाउने चलन छ । शाक्य र बज्राचार्यहरूमा बच्चा पाएपछि देवता छुनु हुँदैन, जबसम्म बच्चाको न्वारान हँुदैन । शाक्य र र बज्राचार्यहरू छोरा पाएमा ६ दिन र छोरी पाएमा १२ दिनमा नै न्वारान अर्थात् मचाबु व्यङ्केगु (बच्चा जन्मेको चोख्याउने) गर्ने चलन छ । मचाबु व्यङ्केगु भनेको बच्चा जन्मेर घर र परिवार अशुद्धि भएकोले शुद्ध पार्ने चलन हो । न्वारान नगरेसम्म सुत्केरीले खाने थाल पनि छुट्टै राखेको हुन्छ । सुत्केरीले खाने थाल अरू थालमा छुन दिँदैन । सुत्केरीलाई न्वारान नभएसम्म परालमा सुताउने गरिन्छ । सुत्केरीको समयमा साना बच्चाहरूलाई छुनु हँुदैन । यसरी न्वारान नभएसम्म बच्चालाई छोएमा त्यस बच्चालाई रुञ्चे हुने धारणा छ । न्वारान गर्दा बिहानै सुत्केरीलाई नुहाउने चलन छ । उसको लुगा सबै फेरिदिने गरिन्छ । उसको खुट्टाको नङ काटेर शुद्ध बनाइन्छ । सुत्केरीले नुहाइसकेपछि सुतेको पराल बाली सुत्केरीलाई आगो ताप्न दिनुका साथै सुत्केरीले खाएको थाल र अरू उसले प्रयोग गरेका सामानहरू आगोले छुवाएर चोखो पारिन्छ । त्यसपछि बच्चालाई पनि नुहाएर पूजाको लागि तयार गरिन्छ । पूजाको लागि बाजेले नभई तेल दलिदिने बज्यैले सबै गर्छिन् गर्दछ । न्वारानको पूजामा बोचा बजी भनेर पातमा चिउरा, अदुवा, कालो भटमास, गुन्द्रुक, केराउको अचार
(कनासचा), मासु राखेर देवतालाई प्रसादको रूपमा चढाउनुको साथै मानिसलाई पनि प्रसादको रूपमा दिइन्छ । यो प्रसाद खाएमा पेट दुख्दैन भने जनविश्वास छ । यसरी न्वारान गर्दा माइती पक्षका सबैलाई भोज खुवाउनुपर्ने हुन्छ । तर, यो भोज खुवाउने चलन शाक्य वा बज्राचार्यमा भन्ने छैन । न्वारानको दिन बेलुका पूजा गर्ने चलन छ । बेलुका बज्यैले बच्चा र आमाको लागि गाजल बनाउने चलन पनि छ । बज्यैले चक्कुलाई दियोमा राखेर कालो बनाई गाजल बनाएर लगाइदिने गरिन्छ । यसरी न्वारानको काम सकिन्छ ।
हिन्दू संस्कारमा पनि घरमा बच्चा पाएपछि माइतीपट्टिकालाई बच्चा पाएको खबर पठाउने चलन रहेको छ । छोरीले बच्चा पाएको उपलक्ष्यमा माइतीपट्टिका परिवारलाई लमीमार्फत सगुन पठाउने चलनलाई ग्वय् लभं कंक छ्वोयगु (सुपारी सुकुमेल पठाउने) भनिन्छ । बच्चा पाएको सूचना पठाउन यसरी सगुन पठाउने चलन चलेको हो । बच्चा पाएको भोलिपल्ट वा मचाबु व्यङ्केगुु (बच्चा जन्मेको चोख्याउने) दिन पनि यसरी पठाउने गरिन्छ ।

बच्चा पाँच छ महिना पुगेपछि शाक्य वा बज्राचार्य परिवारमा बच्चाको पास्नी गर्ने चलन छ । पास्नी पनि छोरी भए पाँच महिनामा र छोरा भए ६ महिनामा गरिन्छ । शाक्य वा बज्राचार्य परिवारले पास्नी गर्दा गुरु राखेर पूजा गर्ने गरिन्छ । पास्नी गर्दा गुरुले पूजाको सामानको साथै बच्चाको लागि एउटा थालमा विभिन्न औजार, कापी कलम पनि राखेर पूजा गरिन्छ । पूजाको क्रममा बच्चालाई सामान छान्न लगाइन्छ । यसरी छान्न लगाउँदा जुन सामान उसले लिन्छ भविष्यमा त्यस बच्चाले त्यही काम वा पेशा अपनाउँछ भन्ने विश्वास छ ।

छोरीले छोरा पाएमा घ्यू अलिकति, चाकु दुई गोटा, भुइसीनं (टीका लगाउने एक प्रकारको केशरी), ग्वय् (सुपारी) दुई वटा पठाउने चलन छ भने छोरी पाएमा घ्यू अलिकति, चाकु एक गोटा र आधा, भुइसीनं, ग्वय् एक वटा र आधा पठाउने चलन छ । यस चलनले छोरीलाई दोस्रो दर्जामा नै राखेको देखिन्छ भने छोरा पाएमा कुल थाम्ने भएकोले पहिलो प्राथमिकता पाएको देखिन्छ । बच्चा जन्मेर नचोख्याएसम्म नेवारहरू कहीँ पनि भोज जाँदैनन्, देवताको पूजा पनि गर्दैनन् । यसरी चोख्याउने काम नसकेसम्म हिन्दू नेवार समाजमा अशुद्ध मानिन्छ, यसलाई ‘जयगुलि क्यंगु’ भनिन्छ । यस्तो बेलामा देवता छुन नहुने र भोज बोलाउन नहुने चलन पनि छ । यस्तो चलन हुनुमा अरू मानिसमा रोग नसरोस् भने वा अशुद्धि नहोस् भने विश्वासले पनि हुनसक्छ । हिन्दू नेवारहरूमा बच्चा जन्मेर अशुद्धि हुनु भनेको घरमा मानिस मर्दाभन्दा बढी अशुद्धि भएको मानिन्छ । सामान्यतया बच्चा जन्मेको चौथो दिनमा मचाबु व्यङ्केगे गर्ने चलन छ । विशेष परिस्थितिमा छैठौँ दिन वा आठौँ दिन वा बा¥हौँ दिनमा पनि मचाबु व्यङ्केगु गर्र्ने चलन छ । सुत्केरी भएको दशदेखि पन्ध्र दिनसम्ममा माइती पक्षबाट चिउरा खुवाउन आउने चलन शाक्य र बज्राचार्यहरूको रहेको छ । माइती खलक नजिक भए अलि छिटो चिउरा खुवाउन आउँछ भने टाढा भए अलि ढिला चिउरा खुवाउन आउने र त्यही दिन सुत्केरीलाई घर लिएर जाने चलन छ । त्यसपछि अरू आफन्तहरू चिउरा खुवाउन आउने चलन छ । चिउरा खुवाउन आउने समयमा अण्डा, मासु, जाँड वा दूध अनि मिठाइ लिएर आउने गरिन्छ । माइती नभएकालाई सुत्केरी भएको बेला एक दिन भए पनि आफ्नो घरबाट बाहिर लाने चलन भएकोले साथी भाइकहाँ भए पनि लाने चलन अद्यापि छ । माइत गएपछि श्रीमान् पन्ध्र दिनपछि चाकु वास (औषधि भएको चाकु) लिएर सुत्केरी हेर्न आउने गर्दछ । पैतालीस दिन भएपछि श्रीमान्को घरका मान्छेहरू सुत्केरीलाई लिएर जाने गर्दछन् ।
बच्चा पाँच छ महिना पुगेपछि शाक्य वा बज्राचार्य परिवारमा बच्चाको पास्नी गर्ने चलन छ । पास्नी पनि छोरी भए पाँच महिनामा र छोरा भए ६ महिनामा गरिन्छ । शाक्य वा बज्राचार्य परिवारले पास्नी गर्दा गुरु राखेर पूजा गर्ने गरिन्छ । पास्नी गर्दा गुरुले पूजाको सामानको साथै बच्चाको लागि एउटा थालमा विभिन्न औजार, कापी कलम पनि राखेर पूजा गरिन्छ । पूजाको क्रममा बच्चालाई सामान छान्न लगाइन्छ । यसरी छान्न लगाउँदा जुन सामान उसले लिन्छ भविष्यमा त्यस बच्चाले त्यही काम वा पेशा अपनाउँछ भन्ने विश्वास छ । त्यसपछि बच्चालाई सगुन दिने गरिन्छ । अनि भोजन गराइन्छ । त्यसपछि बच्चालाई आफ्नो लागाको गणेश मन्दिरमा लाने चलन छ । कसै कसैले पास्नीको समयमा दत्तात्रय मन्दिरमा लगेर दही चिउरा खुवाएर पास्नी गर्ने चलन छ । पास्नी गर्दा बच्चालाई सुनको मुन्द्रा र खुट्टामा बाला लगाइदिने चलन छ । हिन्दू संस्कारमा अन्नप्राशन पनि एक महत्वपूर्ण संस्कार हो । बच्चा पाँच÷छ महिना भएपछि आमाको दूधले नपुग्ने भएकोले बच्चालाई ठोस पदार्थ खुवाउने चलनलाई नै अन्नप्राशन भनिन्छ । बच्चाको उमेर पाँच÷छ महिना भएपछि बच्चालाई चिपं छिकेगु (पास्नी) गर्ने चलन ज्यापु जातिमा पनि रहेको छ । छोरी भएमा पाँच महिनामा र छोरा भएमा छ महिनामा चिपं थिकेगु (अन्नप्राशन, पास्नी) को चलन छ । कसै–कसैको तीन महिनामा नै चिपं छिकेगु चलन छ । बच्चा तीन महिना भएपछि यदि बीचमा नै कुनै चाडपर्व परी घरमा भोज आएमा त्यही भोज खुवाएर पनि चिपं छिकेगु चलन छ । यसरी बौद्ध धर्मका शाक्य र बज्राचार्यहरूको बच्चा जन्मँदा गरिने लोक संस्कारहरू हिन्दू नेवारहरूको भन्दा अलि फरक किसिमको रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *